९ मंसिर २०८१ आइतबार
image/svg+xml
समाज

मदिराले मातिएका शर्माकाे नालामा डुबेर मृत्यु

पर्सा- तीन फिट गहिरो नालामा डुबेर गएराति वीरगन्जमा एक ३० वर्षीय युवकको मृत्यु भएको छ । अत्यधिक मदिरा सेवन गरेका वीरगन्ज उपमहानगरपालिका वडा नं ६ गणेशमान चोक निवासी ३० वर्षीय गोपाल शर्माको नालामा डुबेर मृत्यु भएको हो ।

 
वीरगन्जको महावीर मन्दिर नजिकैको तीन फिट गहिरो नालामा लडेका शर्मा अत्यधिक मदिरा सेवनका कारण बाहिर निस्किन नस्दा नालाको पानीमै डुबेर मृत्यु भएको वडा प्रहरी कार्यालय बिर्ताका इन्चार्ज प्रहरी निरीक्षक जीवलाल जुडालीले जानकारी दिए ।

नालामा डुबेरको शव बटुवाले देखेपछि आज बिहान प्रहरीलाई जानकारी भएको हो । मृतक शर्माको शव परीक्षणका लागि वीरगन्जको नारायणी उपक्षेत्रीय अस्पतालमा राखिएको प्रहरीले बताएको छ । रासस

प्रकाशित: २७ आश्विन २०७३ ०६:२२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App