७ आश्विन २०८१ सोमबार
image/svg+xml
समाज

भिरबाट लडेर वृद्धको मृत्यु

फलेवास- पर्वतको आर्थर डाँडाखर्क गाविसमा भिरबाट लडेर बिहीबार बिहान एक वृद्धको ज्यान गएको छ । छिमेकी स्याङ्जाको बाङ्गसिङ्ग देउराली–५ का ६० वर्षीय रिठे विकको पर्वतको आर्थर डाँडाखर्क–९ स्यानीस्वाँराको भिरबाट लडेर ज्यान गएको हो ।

स्यानीस्वाँरास्थित आरनमा हँसिया लिएर आएका विकको बिहीबार बिहान १० बजेको समयमा भिरबाट खसेर मृत्यु भएको प्रहरीले जनाएको छ । चिप्लो भिरको बाटोमा हिँडेका वृद्धको एक्कासि करिब सय मिटर तल खसेर घटनास्थलमा नै मृत्यु भएको प्रहरीले जनाएको छ । रासस

प्रकाशित: २८ आश्विन २०७३ ०३:०९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App