७ आश्विन २०८१ सोमबार
image/svg+xml
राजनीति

प्रधान सेनापति र फ्रान्सका राजदूतबीच भेट

प्रधान सेनापति अशोकराज सिग्देल र नेपालका लागि फ्रान्सका राजदूत भर्जिनी कर्टेभलबीच जङ्गी अड्डामा शिष्टाचार भेटवाताए भएको छ।

त्यस्तै, आजै प्रधान सेनापति र नेपालका लागि संयुक्त अरब इमिरेट्सका राजदूत अब्दुल्ला सईद मुबारक जारवान अल शम्सीबीच पनि जङ्गी अड्डामा शिष्टाचार भेटवार्ता भएको थियो।

उक्त भेटवार्तामा आपसीहित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको नेपाली सेनाले जनाएको छ। यस किसिमको भेटघाटले दुई देशबीच रही आएको सम्बन्ध थप सुमधुर एवं प्रगाढ बनाउन मद्दत पुग्ने नेपाली सेनाको विश्वास छ।

प्रकाशित: ७ आश्विन २०८१ १९:२६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App