७ आश्विन २०८१ सोमबार
image/svg+xml

बसले स्कुटी ठक्कर दिँदा एकको मृत्यु

यात्रुबाहक बसको ठक्करबाट धरानमा आज एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा धरान– ८ का हेमन्त गुरुङग रहेको सुनसरीका प्रहरी नायव उपरीक्षक विनोद घिमिरेले जानकारी दिए ।

मुसाबाट सर्ने टाइफसले कैलालीमा ४ जनाको मृत्यु

स्क्रव टाइफसको संक्रमणले सेती अञ्चल अस्पतालमा ४ जनाको मृत्यु भएको छ। मुसाबाट किर्नाले टोकेर मान्छेमा सार्ने स्क्रव टाइफसको संक्रमण कैलालीमा यो वर्ष अत्याधिक देखिएको छ। सेती अञ्चल अस्पताल मेडिकल वार्ड इन्चार्ज एशोदा ढकालका अनुसार स्क्रव टाइफसबाट ९६ जना प्रभावित भएका छन भने ४ जनाको मृत्यु भइसकेको छ।

ट्रकको ठक्करबाट बसमा सवार ३ को मृत्यु, १३ घाइते

पूर्व पश्चिम राजमार्गको मिर्चैया-६ मा बुधबार राती ट्रकले यात्रु बस लाई ठक्कर दिदाँ बसमा सवार ३ जनाको मृत्यु भएको छ । बसमा सवार १३ जना घाइते भएका छन्।

माेटर साइकल दुर्घटनामा प्रहरी जवानको मृत्यु

जिल्ला प्रहरी कार्यालय कैलालीमा कार्यरत प्रहरी जवान जगदीस बडूको मोटरसाइकल दुर्घटनामा गएराति मृत्युभएको छ । कैलालीको गोदावरीबाट धनगढी तर्फ आउँदै गरेको से २ प ५७७१ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक दिलीपसिंह भण्डारीले बताए।

साउदी राजकुमारलाई मृत्युदण्ड

साउदी अरबका राजकुमारलाई मृत्यदण्डको सजायँ दिइएको छ। साउदी गृहमन्त्रालयका अनुसार तीन बर्ष पहिले राजधानी रियादमा एक व्याक्तिको हत्या गरेको आरोपमा राजकुमार तुर्की विन सउद अल कविरलाई रियादमा मृत्यदण्डको सजायँ दिइएको हो।

जापानमा नेपालीको मृत्यु, लास ल्याउन परिवारलाई सकस

जापानमा मृत्यु भएका श्रीमान्‌को शव नेपाल ल्याउन गरिएका प्रयास असफल भएपछि मिरुल–३ रोल्पाकी प्रेमकुमारी घर्तिमगर सदरमुकाम लिवाङ आइपुगेकी छिन्। गत असोज २ गते जापानमा प्रेमकुमारीका श्रीमान् शिवराज रोकामगरको निधन भएको थियो।

ट्रकले किच्दा हजुरआमा र नातिनीको मृत्यु

कोहलपुर- कोहलपुरको मदनचोकमा मिनि ट्रकले किच्दा मंगलबार विहान हजुरआमा र नातिनीको मृत्यु भएको छ।

दक्षिण सुडानमा सेना र विद्रोहीबीच भिडन्त, साठीको मृत्यु

मालाकाल- दक्षिण सुडानमा सरकारी सेना र विपक्षी दलका लडाकूबीच भएको भिडन्तमा साताको अन्त्यतिर कम्तिमा ६० जनाको मृत्यु भएको सुडानी पिपुल्स लिबरेसन आर्मी (एसपीएलए) का प्रवक्ता ब्रिगेडिएर जनरल लुल रुवाई कोआङकले सोमबार बताएका छन्।

जीपको ठक्करबाट थापाको मृत्यु

उदयपुर- कटारीदेखि काठमाडौं जाँदै गरेको यात्रुबाहक जिपको ठक्करबाट सोमबार यहाँ एक मोटरसाईकल चालकको मृत्यु भएको छ।

ब्राजिलको एक कारागारमा झडप, २५ जना कैदीको मृत्यु

ब्राजिलको उत्तरी भागमा रहेको एक कारागारमा कैदीबीच झडप हुँदा २५ जना कैदीको मृत्यु भएको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन्।

इन्डोनेसियामा पुल भाच्चिँदा ८ जनाको मृत्यु

इन्डोनेसियाको बालीमा रहेको एक पुल भाच्चिँदा ८ जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन्। बालीमा रहेको एक रिसोर्ट नजिकै रहेको दुई साना द्विप जोड्ने पुल भाच्चिँदा ८ जनाको मृत्यु भएको र अन्य ३० जना घाइते भएको इन्डोनेशियाली अधिकारीहरुले जनाएका छन्।

बसको ठक्करबाट दुईको मृत्यु

पूर्व-पश्चिम राजमार्गअन्तर्गत झापाको कनकाई नगरपालिका–२ स्थित जुके कल्भर्टमा आज बिहान भएको सडक दुर्घटनामा परी दुईजनाको घटनास्थलमा नै मृत्यु भएको छ।

दुई सातामा राजधानीमा ९ जनाको मृत्यु

यसपटकको दसैंमा उपत्यकामा सवारी दुर्घटनामा ज्यान गुमाउनेको संख्या बढेको छ। घटस्थापनादेखि पूर्णिमासम्मको १५ दिनमा सवारी दुर्घटनामा नौजनाको ज्यान गएको छ। गत वर्ष दसैं अवधिमा उपत्यकामा सवारी दुर्घटनाबाट सातजनाको मृत्यु भएको थियो।

दसैंको अवधिमा भएका दुर्घटनामा २१ जनाको मृत्यु

इटहरी- दसैको सप्तमीको दिन मादकपदार्थ सेवन गरि (असोज २२ गते राति) तिब्र गतिमा मोटरसाइकल कुदाउँदा कोसी राजमार्ग अन्तर्गत सुनसरीको इटहरी वडा नं. २४ मा एकै परिवारका दाजुभाईको घटनास्थलमै मृत्यु हुन पुग्यो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्