उदयपुर- कटारीदेखि काठमाडौं जाँदै गरेको यात्रुबाहक जिपको ठक्करबाट सोमबार यहाँ एक मोटरसाईकल चालकको मृत्यु भएको छ। जिल्लाको पश्चिमी कटारी नगरपालिका २ बेलसोत नजिकै चुरे मन्दिरछेउमा बा १५ स ८५९८ नम्बरको बोलेरो जीपको ठक्करबाट कटारी ७ का पुस्करकुमार थापाको मृत्यु भएको बेलसोत प्रहरी चौकीले जनाएको छ।
बेलसोत प्रहरी चौकी इन्चार्ज इन्स्पेक्टर विक्रम लामाका अनुसार घट्ना दिउँसो ३:४० बजेको हो। मिर्चयादेखि कटारीतर्फ आउँदै गरेको को १० प ८२०२ नम्बरको मोटरसाईकललाई कटारीदेखि काठमाडौंतर्फ हिडेको बोलेरोले ठक्कर दिँदा ५० वर्षीय थापाको घट्नास्थलमै मृत्यु भएको इन्स्पेक्टर लामाले बताए।
मृतकको लास पोष्टमार्टमका लागि कटारी अस्पताल पठाइएको छ भने जीप प्रहरी नियन्त्रणमा राखिएको छ। जीप चालक नरबहादुर दमाई फरार रहेकाले उनको खोजी भईरहेको इन्स्पेक्टर लामाले बताएका छन्।
प्रकाशित: १ कार्तिक २०७३ १२:३० सोमबार