१५ मंसिर २०८१ शनिबार
image/svg+xml

बजेट नहुँदा दर्जनौ योजना अलपत्र

रोल्पा र प्युठानका विभिन्न सडक निर्माणको जिम्मा पाएको सडक डिभिजन कार्यालय चकचकेले बजेट नभएका कारण ‘काम रोक्नु’ भनेर ठेकेदारलाई मौखिक जानकारी गराएपछि निर्माण व्यवसायीसँगै योजनाहरू पनि अलपत्र परेका छन।

निर्माण व्यवसायीको रकम चाँडै भुक्तानीगर्छौं : मन्त्रीमहासेठ

भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले निर्माण व्यवसायीका बाँकी रकम चाँडै भुक्तान गरिने बताएका छन् । मंगलबार नेपाल निर्माण व्यवसायी महासंघको प्रतिनिधिमण्डलसँगको भेटमा मन्त्रीमहासेठले प्रक्रिया पुर्याएर व्यवसायीको रकम भुक्तानी गर्ने बताएका हुन्।

भरपर्दाे अनुसन्धान नभएकाे भन्दै परिवारले शव बुझ्न मानेन

घोराहीमा हत्या गरिएका हार्डवेयर व्यवसायी नन्दबहादुर घर्ती मगरको परिवारले भरपर्दो अनुसन्धान हुन नसकेको भन्दै अझै शव बुझ्न मानेको छैन। बिहीबार बेलुका हत्या भएलगत्तै एक जनालाई पक्राउ गरिए पनि घटनामा अन्यको समेत संलग्नता हुन सक्ने भन्दै पीडित परिवारले शव बुझ्न नमानेको हो।

दाङमा एक व्यवसायीको हत्या

दाङमा एक व्यवसायीकाे हत्या भएकाे छ। घोराही उपमहानगरपालिका १३ को सेवा खोला पुन नजीक विहिबार राति एक व्यवसायीको हत्या भएको हाे।

‘दाता लगानीका ठेक्कामा भाग लिन दिइएन’

नेपाल निर्माण व्यवसायी महासंघले एसियाली विकास बैंक (एडिबी) लगायत दातृ निकायको लगानीमा सञ्चालन हुने ठूला परियोजनाको ठेक्कामा स्वदेशी निर्माण व्यवसायीलाई सहभागी हुनबाट वञ्चित गराएकोमा आपत्ति जनाएको छ।

२८ बर्षे पुष्प व्यवसायी भन्छन : धन्न विदेश गएनछु

गरे के सम्भव छैन र ? आजकल नेपालमा पनि फूल प्रयोगकर्ताहरु बढेका छन  प्रयोगकर्ता बढेसंगै व्यवसायीहरुमा हर्षोल्लास छाएको छ।

टानमा मजदुरको नामबाट व्यवसायीको तालाबन्दी

ट्रेकिङ एजेन्सिज एसोसियसन अफ नेपाल (टान) ले सोमबार पदयात्राको क्रममा मृत्यु भएका पर्यटन मजदुरका परिवारलाई रकम हस्तान्तरण गर्दै गर्दा टानमा ताला लागेको छ। पर्यटन बोर्डमा १२ जना मृतकका परिवारलाई पाँच लाखका दरले रकम हस्तान्तरण गर्दै गर्दा उता मजदुरको नाममा पर्यटन व्यवसायीले नै टानमा ताला लगाएका हुन्।

कार्यक्षेत्र कामदारमैत्री बनाउने सरकार र व्यवसायीको प्रतिबद्धता

सरकार र सरोकारवाला निकायले काम गर्ने स्थल कामदारमैत्री बनाउने साझा प्रतिवद्धता जनाएका छन्। कार्यक्षेत्र स्वस्थ र सुरक्षित बनाउन विषेश कार्ययोजना ल्याएर अघि बढ्ने उनीहरुले साझा प्रतिबद्धता जनाएका हुन्।

‘नेपाल अब आर्थिक समृद्धिको यात्रामा’

नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले राजनीतिक स्थायित्वसँगै नेपाल आर्थिक समृद्धिको यात्रातर्फ उन्मुख भएको बताएका छन्।

पर्यटन व्यवसायी आन्दोलनको तयारीमा

पदयात्रा रुटहरुमा स्थानीय तहले धमधम शुल्क थप र वृद्धि गर्न थालेपछि पर्यटन व्यवसायीहरु आन्दोलनमा उत्रिने तयारी थालेका छन्।

कारबाहीको सट्टा म्याद थपको तयारी

गण्डकी प्रदेश सरकारले जारी गरेको क्रसर उद्योगको मापदण्डलाई व्यवसायीले नटेरेपछि उनीहरुलाई मापदण्ड लागू गर्न फेरि तीन महिने म्याद दिने तयारी गरिएको छ । हाल सञ्चालनमा रहेका उद्योगहरुलाई मापदण्डमा ल्याउन सरकारले असोज मसान्तसम्मको समय दिएको थियो ।

स्वरोजगार कोषको कर्जा नतिर्नेलाई कारबाहीको तयारी

युवा तथा साना व्यवसायी स्वरोजगार कोषले भाका नाघेका ऋणीलाई कानूनी कारवाही थाल्ने चेतावनी दिएको छ।

मिश्रित समाजमा दशहरा

‘दसैंको मूलमन्त्र हो असत्यमाथि सत्यको विजय । त्यो मूल मन्त्र हराएको छ ।’ समाजसेवीको रुपमा नगरमा प्रतिष्ठा अर्जेका वीरगञ्जका सुपरिचित व्यवसायी बिहारी लाठका छोरा गणेशप्रसाद लाठमा समाजसँग जोडिने प्रवृत्ति बुबाबाट सरेको छ ।

व्यवसायीको १४ करोड डुबाउँदै आयल निगम

हेटौंडा उपमहानगरपालिका वडा नम्बर ३, मकवानपुरका आशिष पौडेलले २०७४ असारमा ६० लाख रुपैयाँ लगानी गरेर नेपाल आयल निगमको इन्धन ढुवानी गर्ने ट्यांकर किने । निगमले क्यालिब्रेसन र इपी कोट जाँचेर ठिक छ भनेको उक्त ट्यांकरले इन्धन ढुवानी गर्ने अवसर नपाउँदा १५ महिनादेखि पौडेलेको घरअगाडि खडा छ।

चिनी ६५ मा दिन व्यवसायी तयार

चिनी उत्पादकहरुले नजिकिँदै गरेको चाडपर्वलाई भनेर आफ्नो ‘उत्पादन लागत’मै चिनी उपलब्ध गराउने भएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्