निर्माण व्यवसायी आन्दोलनमा जाने
नेपाल निर्माण व्यवसायी महासंघको राष्ट्रिय भेलाले सरकारले माग पूरा नगरेसम्म दबाबमूलक आन्दोलन गर्नुपर्ने निर्णय गरेको छ। भेलाले बैंक क्रेडिटलाइन र ठेक्काको म्याद थप लगायत माग पूरा नहुँदासम्म सशक्त आन्दोलन गर्ने निर्णय गरेको हो।