१४ मंसिर २०८१ शुक्रबार
image/svg+xml

लोकतान्त्रिक समूहको प्रश्नः ‘उहाँहरुको मन्त्री हुँदा पनि किन व्यवसायीले दुःख पाए?’

वैदेशिक रोजगार व्यवसायीहरुको छाता संस्था नेपाल वैदेशिक रोजगार व्यवसायी संघको २७ औं वार्षिक साधारण सभा तथा निर्वाचन यहीं असोज ७ गते हुँदैछ। निर्वाचनको मिति नजिकिंदै जाँदा संघको नेतृत्व लिन दुई प्यानल चुनावी मैदानमा छन्।

वैदेशिक रोजगार व्यवसायी निर्वाचनः लोकतान्त्रिक समूहको उम्मेदवारी घोषणा

नेपाल वैदेशिक रोजगार व्यवसायी संघको निर्वाचनका लागि लोकतान्त्रिक समूहको उम्मेदवारी घोषणा गरिएको छ। आज यहाँ आयोजित कार्यक्रममा नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी फोरमका तर्फबाट अध्यक्षमा विष्णुप्रसाद गैरेको उम्मेदवारी घोषणा गरिएको हो।

प्रभावशाली होटल व्यवसायीको सूचीमा राहुल चौधरी

भारतको प्रतिष्ठित म्यागेजिन ‘होटेलियर’ले लगातार दोस्रो वर्ष ‘सिजी होटेल्स एन्ड रिसोर्ट’का कार्यकारी निर्देशक राहुल चौधरीलाई शक्तिशाली ३५ व्यवसायीको सूचीमा राखेको छ। राहुलले चौधरी ग्रुप (सिजी)को आतिथ्य सत्कार (हस्पिटालिटी) व्यवसायको नेतृत्व गर्छन्।

कानुन व्यवसायी महिलाका चुनौती

देश संघीयतामा गइसकेपछि पछिल्लो समय कानुनी शिक्षाप्रति आकर्षण बढ्दै गएको छ। कानुन अध्ययन तथा अध्यापन विशेष किसिमको विधा हो। यसले समाज अध्ययनमा जोड दिन्छ। समाज परिवर्तनमा कानुन व्यवसायीको ठूलो भूमिका हुन्छ। कानुन व्ययसायीले पीडितका तर्फबाट बहस–पैरवी गर्छ। कानुन अध्ययन सरल छैन। राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कानुन पढ्नुपर्ने हुन्छ।

इमान्दारिताका साथ काम गर्न नेकपा निकट ठेकेदारलाई प्रचण्डको आग्रह

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले इमान्दारिताका साथ विकास, निर्माणको काममा जुट्न पार्टी निकट निर्माण व्यवसायीहरुलाई आग्रह गरेका छन्।

आयुर्वेद विज्ञानलाई गति दिनुपर्ने व्यवसायीको माग

उदयपुरमा कार्यरत आयुर्वेद औषधि व्यवसायीहरूले मुलुकको समृद्धिका लागि स्थानीय जडीबुटीको उपयोग, प्रशोधन गरी देशको अर्थतन्त्र बलियो बनाउनुपर्ने माग गरेका छन्।

नेपालमा लगानी गर्छौं : जापानी व्यवसायी

दुई तिहाइको बलियो सरकार बनेर लगानीको वातावरण बनेको भने पनि गत वर्ष प्रत्यक्ष वैदेशिक लगानी बढ्न सकेको छैन। स्वदेशी र विदेशी दुवै लगानीकर्ताको मनोबल उच्च नभएकै बेला जापानी उद्योगी–व्यवसायीले लगानीका क्षेत्रबारे सोधखोज गरेका छन्।

दोलखाका १२ व्यवसायी भारत भ्रमणमा

दोलखाका १२ व्यवसायी भारतको नयाँ दिल्ली र गोवा सहरको अवलोकन भ्रमणमा निस्केका छन्। दोलखा उद्योग वाणिज्य संघका अध्यक्ष ईन्द्रबहादुर श्रेष्ठको नेतृत्वमा दोलखा जिल्लाका १२ व्यवसायी शनिबार भारत भ्रमणमा निस्केका हुन्।

चिनियाँ व्यवसायीलाई उपराष्ट्रपतिकाे आग्रह : लगानीको पर्याप्त प्रतिफल पाइन्छ, ढुक्क भएर पूँजी परिचालन गर्नुस्

उपराष्ट्रपति नन्दबहादुर पुनले उद्यमका निम्ति उर्वर र लगानीको पर्याप्त प्रतिफल दिने देश नेपालमा ढुक्क भएर पूँजी परिचालन गर्न चिनियाँ व्यवसायीहरूलाई आह्वान गरेका छन्।

म्यानपावरको संख्या उस्तै

सरकारले वैदेशिक रोजगार व्यवसायीलाई धरौटी बढाउन दिएको अन्तिम समय बुधबार (आज) सकिँदैछ । अन्तिम एक कार्य दिन बाँकी रहँदासम्म अधिकांश म्यानपावर व्यवसायी सरकारले भने अनुसार धरौटी बढाउन सफल भएका छन्।

निर्माण व्यवसायी महासंघद्वारा सचिवको ध्यानाकर्षण

नेपाल निर्माण व्यवसायी महासंघको एक प्रतिनिधि टोलीले मंगलबार सार्वजनिक खरिद अनुगमन कार्यालयका सचिव मोहनकृष्ण सापकोटासँग भेटवार्ता गरेर ध्यानाकर्षण गराएका छन्।

‘धुलैधुलोको फोटो अन्तर्राष्ट्रियकरण नगरौं’

सरकारले ‘नेपाल भ्रमण वर्ष’ मनाउँदै सन् २०२० मा २० लाख विदेशी पर्यटक नेपाल भित्र्याउने लक्ष्य राखेको छ। तर, आवश्यक पूर्वाधार र प्याकेज नहुँदा सरकारी लक्ष्यअनुसार पर्यटक नआउने व्यवसायीले गुनासो गरिरहँदा पर्यटनमन्त्री योगेश भट्टराईले भने अनावश्यक प्रचारप्रसार नगर्न व्यवसायीलाई सुझाएका छन्।

‘खरिद नियमावलीअनुसार बैंक क्रेडिट लाइनको सुविधा माग’

नेपाल निर्माण व्यवसायी महासंघले सार्वजनिक खरिद अनुगमन कार्यालयले निर्धारण गरेको ढाँचामा बैंक क्रेडिट लाइन (बैंकले यति पैसा उपलब्ध गराउँछु भनी दिने पत्र)को सुविधा उपलब्ध हुनुपर्ने माग गरेको छ।

मूल्यसूची नै राख्दैनन् व्यवसायी

यहाँका व्यवसायीहरुले पसलमा मूल्यसूची नै नराखेको पाइएको छ। तुलसीपुर उपमहानगरपालिकाले सोमबार गरेको बजार अनुगमनका क्रममा यस्तो भेटिएको हो।

'खरिद नियमावली अनुसार म्याद थप नहुँदा व्यवसायी मर्कामा'

नेपाल निर्माण व्यवसायी महासंघले सरकारले सार्वजनिक खरिद नियमावलीको आठौं संसोधन अनुसार पुराना आयोजनाको म्याद थप नगर्दा व्यवसायी मर्कामा परेको जनाएका छन्। महासंघले आइतबार प्रेस विज्ञप्ती जारी गरेर सरकारले नियमावलीमा उल्लेख भएबमोजिम पुराना आयोजनाको म्याद थप नगर्दा व्यवसायी अन्योलमा परेको गुनासो गरेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्