९ आश्विन २०८१ बुधबार
image/svg+xml

चरन क्षेत्र नहुँदा भेडा व्यवसायी समस्यामा

गाउँबाट एकसाता लगाएर उक्त ठाउँमा भेडाबाख्रा लिएर भेडापालक गएका छन्। टाढा टाढा मात्रै वन जङ्गल छ।

खरिद नियमावली पूर्ण संशोधन नगरे सरकार ढल्ने उपाध्यक्ष सेठीको चेतावनी

निर्माण व्यवसायी महासंघका उपाध्यक्ष टेकबहादुर सेठीले व्यवसायीहरुको माग सम्बोधन नभए सरकार ढल्न सक्ने चेतावनी दिएका छन्। शुक्रबार निर्माण व्यवसायी संघ डडेल्धुराको ११ औँ साधारणसभा एवं आठौं अधिवेशनका लागि  आएका उनले खरिद नियमावलीको पूर्ण संशोधन नभए सरकार ढल्न सक्ने चेतावनी दिएका हुन्।

ठूला–साना व्यापारीबीच भेदभाव नहोस्

सिन्धुपाल्चोकको तातोपानी नाकासम्वद्ध कन्टेनर व्यवसायीसँग नेपाल ट्रक कन्टेनर ढुवानी सेवा लिमिटेडले छलफल गरेको छ । काठमाडौंमा बिहीबार दुई पक्षबीच नाकामा ढुवानीलाई कसरी सहज र सरल बनाउने विषयमा छलफल भएको हो ।

कन्टेनर दिँदा ठूला–साना व्यापारीमा भेदभाव नहोस्

सिन्धुपाल्चोकको तातोपानी नाकासम्वद्ध कन्टेनर व्यवसायीहरुसँग छलफल गरिएको छ। बिहिबार काठमाडौंमा नेपाल ट्रक कन्टेनर ढुवानी सेवा लिमिटेडले सो नाकामा कसरी ढुवानीलाई सहज र सरल बनाउने विषयमा छलफल गरेको हो।

विदेशः बाध्यता कि ‘फेसन’ ?

विभिन्न पेसा तथा व्यवसाय गरेर स्वतन्त्र र इज्जतपूर्वक बा“च्ने आधार हाम्रै देशमा छन्। तर हामी कहिल्यै सकारात्मक हुन सकेनौँ। आफ्नै देशभित्र अलिकति पनि दुःख गर्न, धैर्य गर्न र लगनशील हुन कहिल्यै जानेनौँ।

पाँच करोडसम्मको ठेक्कालाई सहजीकरण गरः महासंघ

नेपाल निर्माण व्यवसायी महासंघले पाँच करोड रुपैयाँसम्मको ठेक्कामा बिनायोग्यता प्रतिस्पर्धा गर्न पाउनुपर्ने माग राखेको छ। महासंघले मंगलबार पत्रकार सम्मेलन गरी यस्तो माग अघि सारेको हो।

निर्माण व्यवसायीद्धारा आन्दोलनको कार्यक्रम फिर्ता

नेपाल निर्माण व्यवसायी महासंघले आन्दोलनको सम्पूर्ण कार्यक्रम फिर्ता लिएको छ। महासंघले मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गरी जेठ २३ गते सरकारले आफूहरुको मुख्य माग सम्बोधन हुने गरी सार्वजनिक खरिद नियमावली संशोधन गरेपछि आन्दोलनको सबै कार्यक्रम फिर्ता लिइएको जानकारी गराएको हो।

‘८० प्रतिशत माग पूरा, अब काममा फर्कन्छौं’

सरकारले निर्माण व्यवसायीको माग सम्बोधन गर्दै सार्वजनिक खरिद नियमावली संशोधन गरेपछि व्यवसायीहरु आन्दोलनको कार्यक्रम स्थगित गरेर काममा फर्किने भएका छन् । ठेक्का लिएर वर्षाैंसम्म काम नगर्ने निर्माण व्यवसायीको प्रवृत्तिबाट आजित भएको सरकारले लापरबाही गर्ने व्यवसायीलाई कारबाही गर्ने खालको नियमावली ल्याएसँगै व्यवसायी संगठित रुपमा आन्दोलनमा उत्रिएका थिए।नेपाल निर्माण व्यवसायी महासंघको नेतृत्वमा चर्काे विरोध भएसँगै खरिद नियमावली एक महिनामै पुनः संशोधन गरेर सरकारले उनीहरुको माग पूरा गरेको हो ।

व्यवसायी संघको चुनाव असार २७ गते, महासचिव गेलाललाई सोधियो स्पष्टिकरण

नेपाल रोजगार वैदेशिक रोजगार व्यवसायी संघको निर्वाचन आगामी असार २७ गते हुने भएको छ।

भक्तपुरमा आउने पर्यटकको बसाई लम्ब्याउनु पर्नेमा जोड

भक्तपुरका उद्योगी व्यवसायी तथा व्यापारीहरुले भक्तपुरमा आउने पर्यटकहरुको बसाई लम्वाउन कार्यक्रम बनाउनुपर्नेमा जोड दिएका छन्।

रुग्ण ठेक्काको भविष्य के ?

यो नियमावलीले ठेक्का व्यवस्थितभन्दा भद्रगोल गराउने सुनिश्चित छ। सरकारले आफ्नो गल्ती तत्कालै सम्बोधन गर्नुपर्ने देखिन्छ।

साउन एकदेखि निर्माण ठप्पः महासंघ

नेपाल निर्माण व्यवसायी महासंघको राष्ट्रिय भेलाले सरकारले असार मसान्तसम्म सार्वजनिक खरिद नियमावलीको प्रावधान संशोधन नगरेको खण्डमा साउन १ गतेदेखि निर्माण कार्य ठप्प पार्ने चेतावनी दिएको छ।

काठमाडौंमा निर्माण व्यवसायी महासंघको विरोध र्‍याली

नेपाल निर्माण व्यवसायी महासंघले सार्वजनिक खरिद नियमावली छैठौ संशोधनको विरोधमा राजधानीमा विरोध र्‍याली निकालेको छ। सरकारले आयोजना ठेक्का समयअवधिको ५० प्रतिशत भन्दा बढी म्याद थप गर्न नपाउने व्यवस्थासहित नियमावली संशोधन गरेपछि व्यवसायी त्यसको विरोधमा उत्रिएका हुन्।

निर्यातमा अनुदान दिन माग

नेपालमा उत्पादित वस्तु विदेश निर्यात गर्दा अनुदानको व्यवस्था गर्न विराटनगरका उद्योगी व्यवसायीले माग गरेका छन्।

व्यवसायी प्रभाकर राणाको निधन

उद्योगी प्रभाकर समशेर राणाको निधन भएको छ। ८४ वर्षिय राणाको अमेरिकामा निधन भएको हो। सोल्टी होटलका संस्थापक राणाको अमेरिकामा उपचार भइरहेको थियो। उपचारकै क्रममा उनको निधन भएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्