९ आश्विन २०८१ बुधबार
image/svg+xml

प्रतिफल सवा चार प्रतिशत मात्र

खुला बजार अर्थतन्त्र अपनाएको मुलुकमा राज्य व्यापार, व्यवसाय गर्न नहुने आवाज आइरहेका बेला सरकारले यस क्षेत्रमा प्रत्येक वर्ष लगानी बढाउँदै लगेको छ। सरकारले लगानी बढाए पनि त्यसको प्रतिफल भने पाँच प्रतिशतभन्दा माथि पुग्न सकेको छैन। जब कि बैंक तथा वित्तीय संस्थामा निक्षेप राख्दा पनि १० प्रतिशतभन्दा बढी प्रतिफल पाइन्छ।

सबै सरकारी ठेक्का बहिष्कार

सार्वजनिक खरिद नियमावलीको पछिल्लो संशोधनले काम गर्ने वातावरण बिगारेको भन्दै निर्माण व्यवसायीले सरकारी ठेक्का बहिष्कार गर्ने निर्णय गरेका छन्। व्यवसायीको छाता संगठन नेपाल निर्माण व्यवसायी महासंघको जेठ १४ मा बसेको बैठकले सबै सरकारी ठेक्का बुधबारदेखि बहिष्कार गर्ने निर्णय गरेको हो। महासंघका महासचिव रोशन दाहालले खरिद नियमावलीले नयाँ ठेक्का लिन सक्ने वातावरण नबनाएकाले सरकारी ठेक्का बहिष्कार गर्ने निर्णय गरिएको जानकारी दिए। सरकारले गत वैशाख ३० मा खरिद नियमावली संशोधन गरी राजपत्रमा प्रकाशित गरेको थियो।

अलैंची किसानलाई तालिम

अलैंचीमा लाग्ने रोग नियन्त्रण गर्दै व्यवसायीकरणका लागि खोटाङको केपिलासगढी गाउँपालिकाले अलैंचीमा लाग्ने रोग तथा नियन्त्रण सम्वन्धी तालिम सञ्चालन गरेको छ। केही वर्षयता रोगका कारण किसानको अलैंची बगान सखाप हुन थालेपछि गाउँपालिकाले अलैंचीलाई रोगबाट बचाउने उपायबारे जानकारी दिन दुईदिने तालिम आयोजना गरेको हो।

रसुवागढी भन्सारमा असार १ बाट ब्रोकर मोडल

रसुवागढी भन्सार कार्यालयमा आउँदो असार १ गतेदेखि आसिकुडा वर्ल्ड सिस्टमको ब्रोकर मोडल सञ्चालनमा आउने भएको छ। भन्सार जाँचपास प्रक्रियालाई अन्तर्राष्ट्रिय मान्यता र मापदण्ड अनुरूप बनाउने तथा आसिकुडा वल्र्ड सिस्टम पूर्ण कार्यान्वयनमा ल्याउन ब्रोकर मोडल सञ्चालनमा ल्याउन लागिएको प्रमुख भन्सार अधिकृत पुण्यविक्रम खड्काले बताए।

प्रावधान नसच्याए उपकरण सडकमा

सरकारले नियमावली संशोधन गर्दा आयोजनाको निर्माणमा लापरवाही गर्ने व्यवसायीलाई कस्ने किसिमका प्रावधान राखेको छ। यिनै प्रावधानप्रति निर्माण व्यवसायीले विरोध जनाएका हुन्।

कालो सूचीमा परेका व्यक्तिले खोलेको अर्काे कम्पनीलाई ठेक्का दिन महासंघको माग

निर्माण व्यवसायीहरुलाई कामै गर्न नदिने गरी आएको सो प्रावधान एक हप्ताभित्र खारेज नभए निर्माणका सम्पूर्ण कामकार्वाही ठप्प पारेर सरकारविरुद्ध कडा आन्दोलनमा जान बाध्य हुने चेतावनी समेत दिएको छ।

'माग पुरा नभए विदेश जाने रोक्छौ'

वैदेशिक रोजगार व्यवसायी संघले सरकारसमक्ष व्यवसायसँग सरोकार राख्ने पाँच माग राख्दै पुरा नभए विदेश कामदार नपठाउने चेतावनी दिएको छ। संघले रोकिएको मलेसिया रोजगारी सुरु गर्नुपर्ने, म्यानपावरको धरौटीमा ब्याज पाउनुपर्ने, मर्जर हुने म्यानपावरलाई उपयुक्त सुविधा दिनुपर्ने, कामदार मागपत्र प्रमाणीकरणलाई सहज बनाउनुपर्ने तथा कामदारको सेवा शुल्क दक्षिण एसियाली मुलुकका म्यानपावरले लिने सरहको हुनुपर्ने माग राखेको हो।

यातायात समितिलाई पाँच दिनभित्र कम्पनी दर्ता गरिसक्न आग्रह

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले पाँच दिनभित्र आफ्ना समितिलाई कम्पनीमा दर्ता गरिसक्न आग्रह गरेको छ।

टिकौलीको ढाट हटाउन आगजनी

प्रहरी बिट र ढाट नजिकै भएका कारण प्रहरीले तत्काल आगो नियन्त्रणमा लिएका थिए। आगो नियन्त्रणमा लिने प्रयास गर्दा प्रहरी सहायक निरीक्षक कल्पना खड्का घाइते भएकी छन्।

विदेशी लगानीकर्तालाई नेपाल आउन आग्रह

पुँजी र वित्तीय क्षेत्रमा नेपालमा थुप्रै अवसर रहेको भन्दै अर्थमन्त्री खतिवडाले नेपालमा पर्यटन व्यवसाय पनि निकै फाइदाजनक रहेको जानकारी गराए।

१४ विभिन्न निकायको सेवा अब एकै ठाउँबाट

उद्योगी व्यवसायीको लामो समयदेखिको माग सम्बोधन गर्दै सरकारले उद्योग दर्तादेखि बहिर्गमनसम्मको सम्पूर्ण सेवा एकै ठाउँबाट दिने गरी ‘एकल बिन्दु सेवा केन्द्र’ सञ्चालनमा ल्याएको छ। यसअघि उद्योगी तथा लगानीकर्ताले सेवा लिन विभिन्न निकायमा धाउनुपर्ने झन्झटिलो प्रक्रिया थियो। सरकारले बुधबारदेखि १४ वटा निकायमा धाउनुपर्ने प्रक्रियालाई एउटै ठाउँ बनाएको हो।

किन हुन्छ पश्चाताप ?

केही प्रतिशत मानिसमात्र होलान्, पश्चातापरहित जीवन बाँचेका। नत्र सबैजसो व्यक्ति जीवनमा केही न केही कुरामा पश्चाताप महसुस गरिरहकेकै हुन्छन्। नोकरी, व्यवसाय, सम्बन्ध, शिक्षा, विवाह, धर्म आदि कुनै न कुनै विषयमा कुनै क्षणमा आफूले चाहेअनुसार गर्न नसकेकाले पश्चातापमा रहेको उनीहरू बताउने गर्छन्। जीवनलाई पनि परिकल्पना गरेका कुनै आयोजनाजस्तै ठान्दै यसका उद्देश्य र लक्ष्य के हुन् भनेर खोज्न र विचार गर्न थाल्छौँ हामी। प्रत्येक मनुष्यलाई जीवनमा पटक–पटक, मेरो उद्देश्य के हो ? म कहाँ पुग्नुपर्ने हो ? के हुन् जीवनका उपलब्धि ? आदि प्रश्नले सताउने गर्छन्।

राजधानीका होटलबाट १२५ जना पक्राउ

महिला प्रहरीलाई सादा पोशाकमा उक्त क्षेत्रमा परिचालन गरेको थियो। पक्राउ परेकालाई म्याद थप गरी अनुसन्धान गरिरहेको परिसरले जनाएको छ।

पन्ध्र दिनभित्र कुलेखानी तेस्रोको परीक्षण सकिने

निर्माण व्यवसायीको अवरोध र सामान आपूर्तिमा भएको ढिलाइका कारण विगत दश वर्षदेखि निर्माणाधीन कुलेखानी तेस्रो जलविद्युत् आयोजनाले आगामी १५ दिन भित्र संरचना र उपकरणको परीक्षण सम्पन्न गर्ने भएको छ। नेपाल विद्युत् प्राधिकरणले मकवानपुरमा निर्माण गरिरहेको १४ मेगावाट क्षमताको सो आयोजनाको संरचना तथा उपकरण परीक्षण गर्ने समयसीमा तय गरिएको छ।

सवा करोड ठगेको आरोपमा होटलबाटै भारतीय पक्राउ

नेपालमा प्रतिबन्धित नेटवर्किङ व्यवसाय प्रवद्र्धन गर्न आएका १२ भारतीय नागरिक एक करोड २३ लाख रुपैयाँ ठगी गरेको आरोपमा पक्राउ परेका छन्। काठमाडौंको याक एन्ड यती होटलको रिगल हल बुक गरेर तीन दिनदेखि भारतको साइन ग्रुप नामक नेटवर्किङ प्रदायक संस्थाले आयोजना गरेको तालिमस्थलबाट उनहिरू पक्राउ परेका हुन्। पक्राउ पर्ने भारतीय नागरिकबाट नेपाली ठगिएको भन्दै महानगरीय प्रहरी परिसर काठमाडांैमा उजुरीसमेत परेको छ। शनिबारकै दिन भए पनि उनीहरूको उजुरी दर्ता गरी पक्राउ परेको व्यक्तिहरूसँग सोधपुछ गरिरहेको परिसर प्रमुख एसएसपी उत्तम सुवेदीले बताए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्