९ आश्विन २०८१ बुधबार
image/svg+xml

भक्तपुर चेम्बरमा न्हुछेरत्न चुनिए

चेम्बर अफ कमर्स भक्तपुरको अध्यक्षमा न्हुछेरत्न मानन्धर चुनिएका छन्। मानन्धरको नेतृत्वमा ९ सदस्यीय समिति गठन भएको हो। शनिबार भक्तपुरमा गरिएको पदस्थापना तथा शुभकामना आदानप्रदान कार्यक्रममा नवगठित समितिका पदाधिकारीहरुको नामावली सार्वजनिक गरिएको हो।

युवाहरुले रोजगारी पाए मात्र समृद्ध नेपाल बन्छ : नेता महत

प्रेस युनियन नुवाकोटले शुक्रबार विदुरमा आयोजना गरेको पत्रकार भेटभाटमा सहमहामन्त्री महतले सरकारले लिएको सुखी नेपाली समृद्ध नेपालको नारालाई कार्यान्वयन गर्न सरकारी पक्षबाट कुनै पहल नभएको आरोप लगाएका छन्।

ट्याक्सी व्यवसायीद्वारा भाडा समायोजन गर्न सरकारलाई दबाब

शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले ७ वर्षयता यति धेरै मूल्यवृद्धि हुँदा पनि सरकारले ट्याक्सी भाडादर समायोजन नगरेको भन्दै आपत्ति जनाए।

ट्रंक लाइन लिने व्यवसायीको छानबिन गर्दै प्राधिकरण, अटेर गर्नेको लाइन काटिने

नेपाल विद्युत् प्राधिकरणले विगतमा विशेष प्रयोजनका लागि भनेर उद्योगी, व्यवसायीले लिएका ६७ वटा ट्रंक लाइनको एक–एक गरी अध्ययन गरी यथार्थ पत्ता लगाउने भएको छ। उद्योगी, व्यवसायीले प्राधिरकणले प्रयोग नै नगरेको बिजुलीको महसुल तिर्न ताकेता गरेको भन्दै आपत्ति प्रकट गरेका छन्।

भूमाफियाकाे जगजगीः वकिलले नै झुक्याएर जग्गा पास गरे

पछिल्लो समय भूमाफिया निकै सक्रिय भएका छन्। कानूनीराजको नै उपहास हुने गरी भूमाफिया सक्रिय भइरहँदा बाँके पनि अछुतो रहन सकेन। भूमाफिया र मालपोत कर्मचारीको मिलेमतोमा सरकारी जग्गा व्यक्तिका नाममा नामसारीका खबर सार्वजनिक भइरहेका बेला बाँकेमा एक कानून व्यवसायीले झुक्याएर एक महिलाको जग्गा आफ्नो नाममा दर्ता गराएको तथ्य खुलेको छ।

व्यवसायजन्य तथा र स्वास्थ्य सुरक्षा हुनुपर्ने

सरकार, रोजगारदाता र श्रमिक मिलेर मात्र मर्यादित, व्यवस्थित, व्यवसायिक, सुरक्षित र स्वस्थ्य कार्यस्थल निर्माण गर्न सकिने एक कार्यक्रमका सहभागीहरुले बताएका छन्।

चार करोडमा नर्सरी

यहाँका एक युवकले चार करोड लगानीमा नर्सरी व्यवसाय सञ्चालन गरेका छन्। खजुरा–४, एफ गाउँका देवेन्द्र अधिकारी (२८) ले कोहलपुर–८, बाबानगरमा उक्त नर्सरी सञ्चालन गरेका हुन्।

रिद्धी सिद्धि सिमेन्टको भेटघाट

रिद्धि सिद्धि सिमेन्टले भर्खरै मात्र बजारमा ल्याएको ओपिसी सिमेन्टबारे प्राविधिक ज्ञान प्रदान गर्ने उद्देश्यले निर्माण व्यवसायीसँग छलफल तथा भेटघाट गरेको छ। वैशाख १५ गते पोखरामा निर्माण व्यवसायीसँग भेटघाट गरेको कम्पनीले जनाएको छ।

धम्कीपूर्ण फोनका कारण निर्माण व्यवसायी त्रसित

नेपाल निर्माण व्यवसायी महासंघले निर्माण व्यवसायीमाथि धम्कीपूर्ण फोन आइरहेको भन्दै सरकारको ध्यानाकर्षण गराएको छ।

नेपालमा लगानी गर्न चिनियाँ व्यवसायीसँग राष्ट्रपतिको आग्रह

चीनको राजकीय भ्रमणमा रहेकी राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार बिहान बेइजिङमा चिनियाँ व्यवसायीहरुको एक भेलालाई सम्बोधन गरेकी छन्। चिनियाँ वाणिज्य सेयर बजारसँग चीनका लागि नेपाली दूताबासले संयुक्तरूपमा आयोजना गरेको कार्यक्रम ‘नेपाल–चाइना आर्थिक तथा व्यापारिक मञ्च–२०१९, लगानीका अवसर र आर्थिक सहकार्य’ लाई सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले ढुक्क भएर नेपालमा लगानी गर्न चिनियाँ लगानीकर्तालाई अनुरोध गरेकी हुन्।

जागरण अभियानमा कांग्रेसले कानून व्यवसायी खटाउने

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले राष्ट्रिय जागरण अभियानमा कानून व्यवसायी खटाउने निर्णय गरेको छ। कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठकले बैशाख २५ गतेदेखि सुरुहुने हिमाल, पहाड, तराई–मधेस राष्ट्रिय जागरण अभियानलाई बढीभन्दा बढी मर्यादित, अनुशासित एवं व्यवस्थित गर्न कानून व्यवसायी खटाउने निर्णय गरेको सचिव प्रेम केसीले जानकारी दिएका छन्।

'पेट्रोलियमको कमिसन बढाऊ'

पेट्रोलियम पदार्थको कारोबार (बिक्री) गरेबापत पाउने कमिसनबाट व्यवसाय सञ्चालन गर्न कठिन भएको भन्दै पेट्रोलियम व्यवसायीले कमिसन बढाउन माग गरेका छन्।

ठेकेदारले काम नगर्दा मध्य भोटेकोसी समस्यामा

आगामी असारदेखि विद्युत् उत्पादन गर्ने लक्ष्य राखिएको मध्य भोटेकोसी जलविद्युत् आयोजना निर्माण व्यवसायीको लापरबाहीका कारण समस्यामा परेको छ।

चार हजार चार ७६ विद्यालय पुनर्निर्माण

२०७२ को भूकम्पले क्षति पु-याएका चार हजार चार सय ७६ विद्यालयको पुनर्निर्माण कार्य सम्पन्न भएको छ। तीमध्ये विद्यालय व्यवस्थापन समितिमार्फत तीन पाँच सय ८३, निर्माण व्यवसायीमार्फत एक सय ३५ र गैरसरकारी संस्थामार्फत सात सय ५८ सम्पन्न भएको केन्द्रीय आयोजना कार्यान्वयन एकाइ (शिक्षा)ले जनाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्