९ आश्विन २०८१ बुधबार
image/svg+xml
अर्थ

रिद्धी सिद्धि सिमेन्टको भेटघाट

काठमाडौं – रिद्धि सिद्धि सिमेन्टले भर्खरै मात्र बजारमा ल्याएको ओपिसी सिमेन्टबारे प्राविधिक ज्ञान प्रदान गर्ने उद्देश्यले निर्माण व्यवसायीसँग छलफल तथा भेटघाट गरेको छ। वैशाख १५ गते पोखरामा निर्माण व्यवसायीसँग भेटघाट गरेको कम्पनीले जनाएको छ।

कार्यक्रममा उपस्थित निर्माण व्यवसायीलाई रिद्धि सिद्धी सिमेन्टको प्रयोग तथा यसको विशेषतासम्बन्धी जानकारी कम्पनीका गण्डकी प्रदेश प्रतिनिधि पवनराज बरालले दिएका थिए।

कार्यक्रममा रिद्धि सिद्धि सिमेन्टका ब्रान्ड म्यानेजर अनुज महतले यसले प्रयोगमा ल्याएको प्रविधिले नेपाली सिमेन्ट बजारमा नयाँ किसिमको आयाम खडा गर्ने दाबी गरे। भेटघाटमा दुई सय ५० भन्दा बढीको उपस्थिति रहेको बताइएको छ।

प्रकाशित: १९ वैशाख २०७६ ०२:२२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App