८ आश्विन २०८१ मंगलबार
image/svg+xml

अध्यादेश फिर्ता लिन सरकारसंग कानुन व्यवसायीको आग्रह

सरकारले सोमबार जारी गरेका अध्यादेशहरु असंवैधानिक भएको निषर्कसहित संवैधानिक कानुन व्यवसायी मञ्च (क्ल्याफ) को मंगलबार बसेको बैठकले दुवै अध्यादेश तत्काल फिर्ता गर्न सरकारसंग आग्रह गरेको छ।

चर्को भाडा असुल्दै तरकारीसंगै यात्रु ओसार्छन् व्यवसायीहरू

भारतबाट तरकारी ढुवानी गर्ने गाडीहरूले नागरिकहरू ओसार्न थालेका छन्। भारतमा अलपत्र परेका नागरिकहरूलाई महंगो भाडा असुलेर तरकारी ढुवानी गर्ने गाडीहरूले दाङ भित्र्याउने गरेको स्थानीय प्रशासनले जानकारी दिएको छ। तरकारीसंगै भारतमा रहेका नेपालीहरूलाई समेत जिल्ला भित्र्याएको पाईएपछि जिल्लामा कोरोना संक्रमणको त्रास झनै बढेको छ। तरकारी ढुवानी गर्ने गाडीहरूले व्यक्तिहरू समेत ओसार्न थालेपछि तुलसीपुरमा दुईवटा पसल बन्द गरिएको छ, भने व्यक्ति ओसार्ने गरेको एउटा गाडी समेत नियन्त्रणमा लिईएको छ। यसैगरि दुईजना पसल सञ्चालक र गाडीका चालक तथा सहचालक गरि दुईजनालाई आइसोलेसनमा राखिएको छ।

अर्थतन्त्र चलायमान बनाउन सवारी साधन

अर्काको व्यवसायमा काम गर्दागर्दै विसं २०४९ सालमा आफ्नै मेसिनरी व्यवसाय सुरु गरेका साविक राजघाट गाविस वडा नं २ मोरङमा जन्मिएका कृष्णप्रसाद दुलाल अहिले अटोमोबाइल्स डिलर्स एसोसिएसन अफ नेपाल (नाडा) का अध्यक्ष छन् । मेसिनरी हुँदै २०५८ सालमा लुब्रिकेन्ट उद्योग सञ्चालन गरेका दुलाल पिएलओ लुब्रिकेन्ट्सका निर्देशक हुन् । पिएलओ ग्रुप अहिले हस्पिटालिटी क्षेत्रमा पनि लगानी गरिरहेको छ ।

निर्माण व्यवसाय विकास परिषदले सातै प्रदेशलाई १३ लाखको दरले रकम उपलब्ध गराउने

निर्माण व्यवसाय विकास परिषदले कोरोना भाइरस कोभिड १९ को रोकथाम तथा नियन्त्रणको लागि सातवटै प्रदेशलाई १३ लाखको दरले ९१ लाख रुपैयाँ प्रदान गर्ने भएको छ।

काम अघि नबढे अर्बाैं जोखिममा : व्यवसायी

नेपाल निर्माण व्यवसायी महासंघले लकडाउनले रोकिएको पुल तथा नदी नियन्त्रणको काम तत्काल अघि नबढे व्यवसायीको अर्बाैं रुपैयाँ जोखिममा पर्ने भन्दै काम गर्ने वातावरण बनाइदिन सरकारसँग अनुरोध गरेको छ।

‘लकडाउन’मा खटिएका प्रहरीलाई यातायात व्यवसायीको सहयोग

खोटाङ यातायात प्रालि खोटाङले ‘लकडाउन’का क्रममा ड्युटीमा खटिएका प्रहरीलाई फास्टफुड तथा सरसफाईका सामग्री प्रदान गरेको छ। कोरोना भाइरस (कोभिड–१९) को संक्रमण रोकथाम तथा नियन्त्रणका लागि आव्हान गरिएको ‘लकडाउन’लाई सफल बनाउनका लागि खटिएका प्रहरीलाई प्रालिले ३५ हजार बराबरको पानी, बिस्कुट, चाउचाउ, जुस, सावुन, स्यानिटाइजर लगायतका सामग्री प्रदान गरेको हो।

पुल तथा नदी नियन्त्रणको काम तत्कालै अघि नबढे व्यवसायीको अर्बाै रकम जोखिममा

नेपाल निर्माण व्यवसायी महासंघले कोरोना भाइरसको नियन्त्रण तथा रोकथामको लागि गरिएको लकडाउनको कारणले रोकिएको पुल तथा नदी नियन्त्रणको काम तत्कालै अघि नबढे व्यवसायीको अर्बाै रुपैयाँ जोखिममा पर्ने जनाएको छ। लकडाउनको कारणले पुल तथा नदी नियन्त्रण कार्य प्रभावित भएकाले तत्कालै निर्माणको वातावरण बनाइदिन सरकारसँग अनुरोध गरेका छन्।

सबैभन्दा लामो हनिमून

अनामनगरस्थित, फोटोग्राफर श्रीधर पौडेलको स्टुडियो पुग्दा अपराह्नको साढे तीन बज्नै लागेको थियो । फोटो खिच्न नायक तथा व्यवसायी संजोग कोइराला चिटिक्क परेको कपडामा सजिइसकेका थिए भने उनकी पत्नी वर्षा राउत हेयर मेकअपमा व्यस्त थिइन् ।

बिक्री हुन छोडेपछि आफन्त तथा छिमेकीलाई सित्तैमा दिन थाले

खोटाङका पोल्ट्री व्यवसायी ‘लकडाउन’को मारमा परेका छन्। कोरोना भाइरस ९कोभिड–१९)को रोकथाम तथा नियन्त्रणका लागि लागू गरिएको ‘लकडाउन’का कारण अण्डा तथा ब्रोइलर कुखुराको मासुले बजार नपाउँदा जिल्लाका पोल्ट्री व्यवसायी मारमा परेका हुन्।

अत्यावश्यकबाहेक सुर्खेतका अन्य व्यवसाय बन्द

सुर्खेतमा चैत १० गतेदेखि अत्यावश्यक पसलबाहेक अरु बन्द हुने भएका छन्। आइतबार सुर्खेत उद्योग वाणिज्य संघ र वस्तुगत समितिको संयुक्त बैठकले उक्त निर्णय गरेको हो।

अग्रवालद्वारा खण्डन

व्यवसायी ललितकुमार अग्रवालले हिमालयन टेलिभिजन नेटवर्क प्रालिले आफ्नो नाम जोडेर निकालेको विज्ञापनको खण्डन गरेका छन्।

सहकारीआदर्श र वास्तविकता

सदस्य हितमा सदस्यहरूको पुँजी सदस्यमाथि नै लगानी गरेर धेरै ब्याज लिनु र उच्च स्प्रेड दर राख्नु न व्यावहारिक हो न न्यायसंगत नै।

खरिद ऐन संशोधन गर्दा महासंघको प्रतिनिधित्व माग

नेपाल निर्माण व्यवसायी महासंघले सार्वजनिक खरिद ऐन संशोधन गर्ने क्रममा महासंघको अनिवार्य प्रतिनिधित्वका लागि आग्रह गरेको छ।

उद्योग व्यवसाय गर्नै गाह्रो भयो : व्यवसायी

सामान वा वस्तु आयात गर्दा भन्सारमा लिइने अग्रिम आयकर अव्यवहारिक भएको भन्दै रूपन्देहीका उद्योगी व्यवसायीले उक्त आयकर खारेज गर्न माग गरेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्