७ आश्विन २०८१ सोमबार
image/svg+xml

टहरोमा आगलागी हुँदा एकै परिवारका ३ जनाको मृत्यु

पातलो अग्लो शरीर गाउँगाउँ डुलेर माग्दै, मजदुरी गरेर गुजारा गर्ने पुर्चौडी नगरपालिका–५, सलकाटैका ४५ वर्षीय करे लुहार उनकी श्रीमती ४० वर्षीया बिन्नरा र ८ वर्षीय छोरा मजोज बुधबार बेलुका खाना खाएर सुते। पुर्चौडी नगरपालिका–७, गिरिजाबगर छेउको टहरोमा आगलागी हुँदा तीनै जना सदाको लागि कहिलै नउठने गरेर सुते।

ट्याक्टर दुर्घटना हुँदा एकको मृत्यु, दुई घाइते

रुकुम (पूर्व)मा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने दुई जना गम्भीर घाइते भएका छन्। जिल्लाको पुथा उत्तरगंगा गाउँपालिका ७ को देउखालाबाट सिस्ने गाउँपालिका ५ रुकुमकोटतर्फ आउँदै गरेको रा १ त २५९२ नम्बरको ट्याक्टर सानीभेरी नदीमा खसेको प्रहरीले जानकारी दिएको छ।

हृदयघातका कारण मतगणना स्थलमै गयो कांग्रेस नेताको ज्यान

भारतमा लोकसभा निर्वाचनको मतगणना चलिरहदा मतगणनास्थलमा एक कांग्रेस नेताको हृदयघातका कारण ज्यान गएको छ। मतगणनाको अपडेट आउन थालेपछि सीहोर जिल्लाका कांग्रेस अध्यक्ष रतन सिंह ठाकुरलाई हृदयघात भयो।

प्रहरीको गोली लागेका विप्लव कार्यकर्ताको मृत्यु

खुट्टामा गोली लागेको उनलाई थप उपचारको लागि धरानस्थित विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएकोमा उपचारको क्रममा बाटैमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय भोजपुरका इन्सपेक्टर पाण्डव राजवंसीले बताए।

खेतमाथिको झाडीमा आगो लगाउँदा जलेर मृत्यु

शहीद लखन गाउँपालिका वडा नम्बर ७ बुङ्कोट स्थित खाब्दीखोला भन्ने ठाउँमा खेत माथिको झाडीमा आगो लगाउँदा मंगलबार साँझ एक वृद्धको ज्यान गएको छ।

पर्सा निकुञ्जभित्र जवानको शंकास्पद मृत्यु

पर्सा राष्ट्रिय निकुञ्जभित्रको नेपाली सेनाको श्रीबारा दल गणमा कार्यरत एकजना सिपाहीको शंकास्पद मृत्यु भएको छ।

सिरियामा हवाई आक्रमण दश सर्वसाधारण मारिए

सिरियाको उत्तरपश्चिमी प्रान्त इद्लिबमा रुसको नेतृत्वमा सिरियाली शासकले गरेको हवाई आक्रमणमा परी कम्तीका १० सर्वासधारण मारिएका छन्।

सडक दुर्घटनामा १८ जनाको मृत्यु

धादिङ, बैतडी, उदयपुर र कैलालीमा आइतबार भएका सडक दुर्घटनामा १८ जनाको ज्यान गएको छ। धादिङ बस दुर्घटनाान नौ, बैतडी जिप दुर्घटनामा तीन, उदयपुर टिपर दुर्घटनामा दुई र कैलालीमा भएका फरकफरक दुर्घटनामा चारजनाको मृत्यु भएको हो। ती दुर्घटनामा २७ जना घाइते भएका छन्।

टिप्पर दुर्घटनामा २ को मृत्यु, चालक सकुशल

उदयपुरमा आइतबार विहान भएको टिप्पर दुर्घटनामा परी सहचालकसहित दुईजनाको मृत्यु भएको छ। सिराहाको मिर्चयादेखि ओखलढुंगा जोड्ने सिद्धिचरचण लोकमार्गको कटारी–घुर्मी खण्डमा विहान भएको दुर्घटनामा सहचालक र अर्का एकजनाको घट्नास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय कटारीलाई उद्धृत गर्दै जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु, ३ घाइते

बैतडीकाे देहिमाण्डौंबाट नागार्जुन जाँदै गरेको ग१ज ४९२१ नम्बरको जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्। आइतबार बिहान साढे ११ बजे दशरथचन्द नगरपालिका–११, नानीगाडमा जिप दुर्घटना भएको जिल्ला प्रहरी प्रमुख डिएसपी नेत्रमणी गिरीले बताए।

त्रिशूलीमा बस खसेर मृत्यु हुने ५ मध्ये तीनको सनाखत

झापाको कांकडभिट्टाबाट काठमाडौँतर्फ आउँदै गरेको यात्रुबस धादिङमा आज बिहान दुर्घटना हुँदा चार जनाको घटनास्थलमै मृत्यु भएको भने एक जनाको उपचारका लागि लैजाँदै गर्दा बाटोमा मृत्यु भएको छ । दुर्घटनामा २९ घाइते भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय गजुरीका प्रमुख प्रहरी निरीक्षक हेमराज घिमिरेले जानकारी दिए।

छुट्टाछुट्टै दुर्घटनामा ३ जनाको मृत्यु

उनले चलाएको यूपी ३१ एस ५१७० नम्बरको भारतीय मोटरसाइकल खक्रौलाबाट टीकापुरतर्फ आइरहेको बा १६ च ४७१० नम्बरको जीपमा ठोक्किएको हाे।

डुबेर २ जनाको मृत्यु

रुपन्देहीको सैनामैनामा शनिबार छुटाछुट्टै स्थानमा पौडी खेल्दा डुबेर दुई जनाको मृत्यु भएको छ। गर्मी छल्न भन्दै साथीहरुसँग पौडी खेल्न गएका सैनामैना ८ का ३२ बर्षिय डोल बहादुर खप्तरी मगरको काली रहमा डुबेर मृत्यु भएको हो। दिउँसो ३ बजेतिर मगर पौडी खेल्न काली रह पुगेको प्रहरीले जनाएको छ। यसैगरी शनिबार नै सैनामैना सालझन्डीमा एक युवाको इङगुरिया खोलामा पौडी खेल्दा डुबेर मृत्यु भएको छ।

भैँसी चराइरहेका बाबुछाेरालाई जिपले १३ मिटर परसम्म घिसारेपछि...

नवलपुर–मलङ्गवा सडकखण्ड अन्तर्गत सर्लाहीको हरिपुर नगरपालिका–४, हरैयामा शनिबार साँझ जीपकाे ठक्करबाट बाबु छोराको मृत्यु भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्