पनामा लिक्समा प्रधानमन्त्री शरिफ दोषी ठहर, प्रधानमन्त्री पद गयो
पाकिस्तानको सर्वोच्च अदालतले प्रधानमन्त्री नवाज शरिफलाई पनामा लिक्समा दोषी भएको ठहर गरेको छ। यो निर्णयसँगै शरिफ प्रधानमन्त्री पदका लागि अयोग्य ठहरिएका छन्।
पाकिस्तानको सर्वोच्च अदालतले प्रधानमन्त्री नवाज शरिफलाई पनामा लिक्समा दोषी भएको ठहर गरेको छ। यो निर्णयसँगै शरिफ प्रधानमन्त्री पदका लागि अयोग्य ठहरिएका छन्।
नवनियुक्त कानून, न्याय तथा संसदीय मामिलामन्त्री यज्ञबहादुर थापाले संविधान कार्यान्वयन गर्ने तथा विधिको शासनको रक्षा गर्ने महत्वपूर्ण कार्य पूरा गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
जनैपूर्णिमा पर्वको अवसरमा रसुवाको गोसाइँकुण्डमा लाग्ने मेलामा सहभागी हुन नुवाकोट हुँदै जाने दुई पदमार्ग व्यवस्थितरुपमा सञ्चालनमा आएका छन्। काठमाडौँको सुन्दरीजल र नुवाकोटको समुन्द्रटार हुँदै गोसाइँकुण्ड जाने दुई पदमार्गमा तीर्थयात्रीका लागि आवश्यक व्यवस्थासहित सञ्चालनमा ल्याएको होटल व्यवसायीले बताएका छन्।
भारतसँग केही समयअघिदेखि विवाद परिरहेको सीमा क्षेत्रमा थप सेना खटाउने चेतावनी चीनले दिएको छ ।
नेपाल प्रहरीमा एआइजीको रिक्त दरबन्दीअनुसार बढुवा गर्दा 'आफ्ना' छुट्ने भएपछि ३ पदबाट बढाएर ११ पुर्याएको सरकारले पुनः २ पद थप्ने तयारी गरेको छ। ११ पद पुर्याएर बढुवा सिफारिससूची सार्वजनिक गरे पनि 'आफ्ना' छुटेकाले थप्न दबाब आएपछि सत्ताधारी २ प्रमुख दल नेपाली कांग्रेस र माओवादी केन्द्र एआइजीको दरबन्दी १३ पुर्याउन सहमत भएका हुन्।
नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ। नेपाल आयल निगमले तोकेको नयाँ मूल्य अनुसार पेट्रोल प्रति लिटर १ सय, डिजल प्रतिलिटर ७६ र मट्टिलेल प्रति लिटर ७६ रुपैँया पर्ने छ। नयाँ मूल्य शुक्रबार राति १२ बजेदेखि लागु हुने छ। निगमले पेट्रोल, डिजल र मट्टितेलमा १ रुपैयाँ ५० पैसा घटाएको हो।
सरकारले नयाँ व्यवस्था नभएसम्म स्थानीय तहमा कर्मचारीको बढुवा र पदपूर्तिमा रोक लगाएको छ।
रौतहटमा प्रहरीले विस्फोटक पदार्थसहित दुई जनालाई पक्राउ गरेको छ । विस्फोटक पदार्थसहित दुई जना गेस्ट हाउसमा बसिरहेको भन्ने सूचनाको आधारमा प्रहरीले चन्द्रपुर नगरपालिका रहेको सुदर्शन होटलबाट ३० थान जिलेटिन, २२ थान डिटोनेटर र चार फिट फ्यूज सहित सञ्चारकर्मी र अर्का एकलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख एसपी यज्ञविनोद पोख्रेलले बताएका छन् ।
‘बन्दुकको नालबाटै' सत्ता हत्याउने अभ्यास गर्दै तत्कालीन नेकपा (माओवादी) ले दुई दशकअघि देशमा सशस्त्र युद्ध थाल्यो। ११ वर्षमै देशले ठूलो धनजनको क्षति बेहोर्नुपरेपछि २०६३ सालमा माओवादी पनि शान्ति स्थापनातिरै लम्कियो।
युवा संघका अध्यक्ष राजव पहारीले सरकारले वितरण गरेको पदकले गरिमा घटाएको बताएका छन्।
काठमाडौं महानगरपालिकामा निर्वाचित भएका मेयर र उपमेयरको पदबहाली आज अपरान्ह ३ बजे हुने भएको छ। मेयरमा विजयी भएका विद्या सुन्दर शाक्य र उपमेयरमा विजयी भएका हरिप्रभा खड्गीले आज ३ बजेबाट महानगरको बागडोर सम्हाल्न लागेका हुन्।
स्पष्ट मापदण्ड निर्धारणबिनै सरकारले दसौं गणतन्त्र दिवसका अवसरमा प्रदान गरेका मानपदवी, अलंकार र पदक विवादमा परेका छन् । पुरस्कार सिफारिस समितिका सदस्य, उनीहरूका आफन्त, प्रधानमन्त्री तथा मन्त्रीनिकटलाई विभिन्न मानपदवी, अलंकार पदक सिफारिस भएपछि त्यसको विरोध भएको हो ।
४ नम्बर प्रदेशअन्तर्गत स्थानीय तहका उच्च पदमा दलित न्यून छन्। यहाँका एक महानगरपालिका, २६ नगरपालिका र ५८ गाउँपालिका दलित समुदायबाट एक प्रमुख र ६ उपप्रमुखमा विजयी भएका छन्।
प्रधानमन्त्री पुष्पकमल दाहाल पुत्र प्रकाशलाई सरकारले गणतन्त्र दिवस अवसरमा सुप्रवल जनसेवाश्री प्रदानको निर्णय गरेको छ। दशौं गणतन्त्र दिवस अवसरमा राष्ट्रलाई विभिन्न कोणबाट सेवा पुर्याएर मान पदवी पाउनेको सूचिमा प्रकाशको नाम सुप्रवल जनसेवाश्री पदक पाउनेको सूचिमा १०९ औं स्थानमा परेको हो।
ललितपुर पाटन क्षेत्रलाई पुरानो र ऐतिहासिक सहर मानिन्छ । नेपाल भाषामा ‘यलः’ भनिने यो स्थान बरदेवले स्थापना गरेको इतिहासविद् बताउँछन् । अनुपम कला र संस्कृतिले धनी ललितपुर सहरबीच ऐतिहासिक प्राचीन पाटन दरबार क्षेत्र छ ।