२० आश्विन २०८१ आइतबार
image/svg+xml

अन्सारीको हत्यालाई गम्भिररुपमा लिएको छु : गृहमन्त्री

गृहमन्त्री रामबहादुर थापाले सुनसरीमा अज्ञात समूहले आज हत्या गरेका खुर्शिद अन्सारीको घटनालाई आफूले गम्भिर रुपमा लिएको बताएका छन्।

निर्माण व्यवसायीको एकाधिकार अस्वीकार्य : प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकको समृद्धिका लागि निर्माण र उत्पादन कार्य सँगसँगै अगाडि बढाउनुपर्ने भएकाले कुनै प्रकारको एकाधिकार (कार्टेलिङ) स्वीकार्य नहुने बताएका छन्।

मुख्यमन्त्रीबाटै बहिष्कार

संविधान दिवस मनाउन प्रदेश २ का प्रमुख सचिव, विभिन्न मन्त्रालयका सचिव तथा कर्मचारी, प्रमुख जिल्ला अधिकारीलगायत प्रहरी तथा स्थानीय सरकारका कर्मचारी बुधबार बिहानै मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय परिसरमा पुगे।

समृद्ध नेपालको नारा पूरा गर्न चीनको सहयोग रहने

चीनको औपचारिक भ्रमणमा रहेका  उपराष्ट्रपति नन्दबहादुर पुन र चीनका उपप्रधानमन्त्री हु छुन्ह्वाबीच शिष्टाचार भेट भएको छ। उपराष्ट्रपतिसँग चीनका उपप्रधानमन्त्री हुले सरकारी अतिथि गृहमा करिब एक घण्टा लामो शिष्टाचार भेट गरेका हुन्।

संविधान दिवस : अंगरक्षकसहित विरोध जुलुसमा मन्त्री

संविधान जारी भएको दिनलाई कालो दिनको रुपमा मनाउने निर्णय गरेको राष्ट्रिय जनता पार्टी नेपालले बुधबार सिरहा सदरमुकामसहितका बजारमा कालो झण्डासहित बृहत प्रदर्शन गरेको छ।

संघीयता ठिक कि बेठिक भन्ने प्रश्न अब रहेन : प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले संघीयता ठिक कि बेठिक भन्ने प्रश्न अव नरहेको बताएका छन्। तेस्रो संविधान दिवसको अवसरमा सैनिक मञ्च टुंडिखेलमा आयोजिक समारोहलाई सम्वोधन गर्दै प्रधानमन्त्री ओलीले संघीयता कार्यान्वयन भएन संघीयता असफल हुन लाग्यो भन्ने कुरालाई एक्सनले जवाफ दिइसकेको बताए।

‘राजनीतिको भारीले त्रिभुवन विश्वविद्यालय थाक्याे’

त्रिभुवन विश्वविद्यालयका कुलपति एवं प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वविद्यालयलाई उत्कृष्ट शैक्षिक केन्द्र बनाउन विश्वविद्यालयका पदाधिकारी अघि बढ्नुपर्ने बताएका छन्।

प्रधानमन्त्री ओलीसंँग विशेष अन्तर्वार्ता : संविधानको बिरुवा फल्ने बेला आयो

संविधानसभाबाट नेपालको संविधान जारी भई विभिन्न तहको निर्वाचन भइसकेपछि विकास र समृद्धिको लक्ष्यसहित नयाँ सरकार गठन भएको आजै सात महिना पुगेको छ। लामो समयको सङ्घर्षबाट जनताले प्राप्त गरेको सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्दै सुशासन र विकासका जनआकाङ्क्षालाई सम्बोधन गर्नु सरकारका लागि चुनौतीको विषय रहिआएको छ।

कर्णाली प्रदेशका मुख्यमन्त्री चीन जाँदै

कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीसहितको टोली बुधबारदेखि चार दिने चीन भ्रमणमा जाँदैछ। कर्णाली प्रदेशसँग सीमा जोडिएको चीनको सिचुवान प्रान्तीय सरकारको निमन्त्रणामा उपराष्ट्रपति नन्दकिशोर पुन, कर्णालीका मुख्यमन्त्री शाही, आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालालगायतको टोली चीन जान लागेको हो।

प्रधानमन्त्री ओली शनिबार अमेरिका जाँदै

प्रधानमन्त्री केपी शर्मा ओली यही असोज ६ गते ( शनिबार) अमेरिका प्रस्थान गर्ने भएका छन्। अमेरिकामा हुने संयुक्त राष्ट्रसंघको ७३ औं महासभामा भाग लिन ओली उच्चस्तरीय टोली सहित त्यसतर्फ जान लागेका हुन् ।

ईन्टरनेटको गलत प्रयोगले महिला हिंसा बढ्याे : गृहमन्त्री थापा

गृहमन्त्री रामबहादुर थापाले मदिरा, लागुपदार्थ र ईन्टरनेटको गलत प्रयोगका कारण महिला हिंसा र बलात्कारको घटना बढ्दै गएको बताएका छन्।

निर्मलाका हत्यारा पत्ता लगाउन माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापन पत्र

कञ्चनपुरकी १३ बर्षिया किशोरी निर्मला पन्तको हत्यारा पत्ता लगाउन माग गर्दै बाँकेका नेतृ एवम् अधिकारकर्मीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापन पत्र पठाएका छन्। प्रमुख जिल्ला अधिकारी मदन भुजेलमार्फत उनीहरुले सोमबार प्रधानमन्त्री ओलीलाई ज्ञापन पत्र पठाएका हुन्। निर्मला पन्तका हत्यारालाई चाडोभन्दा चाडो पत्ता लगाउनुपर्ने उनीहरुको माग छ।

गोविन्दाले भेटे प्रधानमन्त्री

नेपाल भ्रमणमा रहेका बलिउड अभिनेता गोविन्दाले प्रधानमन्त्री कपी ओलीसँग भेट गरेका छन्। ‘एलजी फिल्म अवार्ड २०७५’ मा सहभागी हुन नेपाल आएका उनले सोमबार बिहान बालुवाटार पुगेर प्रधानमन्त्री ओलीलाई भेटेका हुन्। आजै स्वदेश फर्कने कार्यक्रम रहेका उनले पशुपतिनाथको समेत दर्शन गरेका थिए।

मन्त्रीको अनुगमन मोह

मन्त्रीहरूलाई काम देखाउन दबाब छ। त्यसका निम्ति उनीहरू आफैं ‘फिल्ड’ मा खटिएको देखिन्छ । मन्त्री आफैं लागेपछि काम नहुने भन्ने छैन।

जब मैदानमा उत्रियाे उर्जामन्त्रीकाे जाेडी (फाेटाे फिचर)

रोल्पा सदरमुकामस्थित कवर्ड हलमा पूर्वसभामुख ओनसरी घर्तीसंगै मन्त्री वर्षमान पुनले कार्यक्रमको उद्घाटन खेल खेलेका थिए। उर्जा मन्त्री बर्षमान पुन र रोल्पा नगरपालिकाका प्रमुख पूर्ण केसीको विरुद्धमा पूर्वसभामुख ओनसरी घर्ती र जिल्ला समन्वय समितिका प्रमुख राजबहादुर बुढा भिडेका थिए। श्रीमान श्रीमती फरक फरक टिमबाट ब्याडमिन्टन खेलिरहेकाे दृश्य राेचक थियाे। याे दृश्यले हलमा खुसीयाली छाएको थियो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्