१४ आश्विन २०८१ सोमबार
image/svg+xml

सेयर बजारमा झन्डै ५० बिन्दुको वृद्धि

सेयर बजार मापक नेप्से झन्डै ५० बिन्दुले बढेको छ। बुधबार कारोबार रकम पनि एक अर्ब नाघेको छ। बुधबार नेप्से ४८.७६ बिन्दुको वृद्धिबाट १७३० अंकमाथि पुगेको छ। एकै दिन १ सय ४२ कम्पनीको सेयर कारोबार भएको छ।

हकप्रद–आइपिओका लागि रकम जोहो गर्दा बजार खस्कियो

लगानीकर्ताले हकप्रद र प्रारम्भिक निष्कासन (आइपिओ) हुने सेयरका लागि रकम जोहो गर्न थाल्दा सेयर बजार खस्किएको छ। बैंक तथा वित्तीय संस्थाले चुक्ता पुँजी बढाउन नगदको सट्टा हकप्रद सेयर जारी गर्न थालेपछि लगानीकर्ताले उक्त सेयर खरिदका लागि धमाधम सेयर बिक्री गर्न थालेका हुन्।

फेन्सी सामानमा चरम कालोबजारी

व्यापारीले कति नाफा राखेर सामान बेच्छन् होला? १०, २०, ५०, १००, ५०० वा हजार प्रतिशत?होइन, फेन्सी सामान बेच्ने व्यापारीले ५ हजार प्रतिशत नाफा राखेर उपभोक्ता लुट्ने गरेको तथ्य फेला परेको छ। कालोबजारी र महँगी नियन्त्रण गर्न आपूर्ति मन्त्रालयको नेतृत्वमा सुरु भएको बजार अनुगमनका क्रममाचरम कालोबजारी गर्दै ५ हजार प्रतिशतसम्म नाफा लिएको फेला परेको हो।

नेपाली बजारमा भारतीय आकर्षण बढ्दो

नेपाल घुम्ने भारतीय पर्यटकका लागि सुन्धाराको चाइनाटाउन आकर्षक क्षेत्र बन्दै गएको छ। सस्तो, आकर्षक र गुणस्तरीय सामग्री पाइने भएकाले पनि उनीहरु नेपालबाट फर्किदाँ विभिन्न उपहार सामग्री खरिद गर्न आउने गरेको व्यापारीहरु बताउँछन्।

बजारका राजाको बेहाल

बजार शास्त्रको सिद्धान्तअनुसार उपभोक्ता राजा हो। यी राजारूपी उपभोक्तालाई संसारभरिको बजारले उच्चकोटीको व्यवहार गर्छ। तिनीहरू कुनै अर्थमा पनि नउतर्सिऊन् भन्नेतर्फ बजार व्यवस्थाका गुरुहरू सक्रिय हुन्छन्। तिनलाई आकर्षित गर्न एकसेएक रणनीति तयार पारिन्छ।

बजारमा पाइने १० प्रतिशत खाद्य वस्तु खान अयाेग्य

बजारमा बिक्री–वितरण हुने दैनिक उपभोग्य वस्तु मध्ये १० प्रतिशत अखाद्य भेटिएका छन्। खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले संकलन गरेको नमुना परीक्षण गर्दा यस्तो भेटिएको हो। विभागले २ हजार १ सय २० नमुना संकलन गरेर गरिएको परीक्षणमा २ सय २ नमुना अखाद्य पुष्टि भएको विभागले जनाएको छ।

कालोबजारी रोक्न प्रधानमन्त्रीको निर्देशन

मूल्यवृद्धि नियन्त्रण गर्न प्रधानमन्त्री पुष्पकमल दाहालले निर्देशन दिएका छन्। बजारमा बढ्दो मूल्य वृद्धिप्रति चासो देखाउँदै प्रधानमन्त्रीले यस्तो निर्देशन दिएका हुने। सोमबार आपूर्तिमन्त्री दीपक बोहोरा, सचिव श्रीधर सापकोटा सहित सुरक्षा निकायका प्रमुखलाई प्रधानमन्त्री कार्यालय बोलाएर परिणाम आई उपभोक्ताले राहतको अनुभूति हुने गरी तत्काल कदम चाल्न निर्देशन दिएका थिए।

सवारी बजार छिर्ने, साताभित्र सहमति खोजिने

–इलाम नगरपालिकाले सवारी साधनको पार्किङ शुल्क बढाएको भन्दै आन्दोलनमा उत्रिएका व्यवसायीको मागबारे आउँदो ७ दिनभित्र समाधान खोज्ने सहमति भएको छ। शनिबार सदरमुकाममा भएको छलफलमा सवारीका साधन इलाम बजार प्रवेश खुला गर्ने र ७ दिनसम्म नगरले सवारीलाई पार्किङ शुल्क नलिने सहमतिसमेत भएको छ।

बजारमा ग्यास छेलोखेलो

राजधानीका ग्यासबिक्रेता अचेल फुर्सदमा छन्। किनकि, उनीहरुका पसलमा ग्यास छ, किनिलाने उपभोक्ता आउँदैनन्। अभावका बेला उपभोक्ताले सकीनसकी चाहिनेभन्दा बढी सिलिन्डर सञ्चित गर्दा अहिले बजारमा ग्यास फालाफाल भएको हो। आयात घटाउँदा पनि ग्यास किन्ने उपभोक्ता नपाएर बिक्रेता हैरान छन्।

कालाबजारीलाई कडा कारबाही गर्छाैंः मन्त्री बाेहरा

काठमाडौं– नवनियुक्त आपूर्तिमन्त्री दीपक बोहराले कालाबजारीलाई तत्काल कडाभन्दा कडा कारबाही गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

महङ्गी र कालोबजारी रोक्न प्रधानमन्त्रीको निर्देशन

प्रधानमन्त्री पुष्पकमल दाहालले महंगी, कालोबजारी र अनियन्त्रित बजार अनुमगन गर्न मातहतका निकायलाई निर्देशन दिएको बताएका छन्।

प्रत्येक दिन सेयर बजारमा नयाँ रेकर्ड

काठमाडौं– सेयर बजारले प्रत्येक दिन नयाँ रेकर्ड बनाउन थालेको छ । प्रत्येक दिन ४ घन्टा कारोेबार हुनुपर्नेमा मंगलबार भने उच्च अंकले बढेर नयाँ रेकर्ड बनाउँदै आधा घन्टामात्रै कारोबार भएर बन्द हुन पुग्यो।

बजारले नपत्याएका अर्थ मन्त्री

श्रावण महिनाको दोस्रो हप्ता। नेपाल स्टक एक्सचेन्जमा दर्ता भएका सबै कम्पनीको गत आर्थिक वर्षको नाफा/नोक्सानको विवरण प्रकाशित हुने प्रमुख समय। स्टक एक्सचेन्जमा दरो उपस्थिति जनाएको बैंक तथा वित्तीय क्षेत्रले अत्यन्त उत्साहजनक नतिजा प्रकाशित गर्दै गरेको र सेयरधनीहरु यो वर्ष धेरै लाभांश पाउनेमा ढुक्क भइरहको समय।

दोस्रो साता पनि सेयर बजार खस्कियो

आइतबार कारोबारको सुरुमा निरन्तर उकालो लागेको सेयर बजार बन्द हुने समयमा ओर्लिएको छ। ३७ अंकसम्म उक्लिएको बजार मापक नेप्से कारोबरको अन्त्यमा करिब ४ अंक तल झर्न पुगेको हो।

बिजुली बेच्ने लक्ष्य- भर छैन भारतीय बजारको

सरकारले उच्च प्राथमिकता दिएर सस्तोमा बिजुली उत्पादन गर्न नसक्ने हो भने भारतीय बजारमा बेच्ने योजना व्यर्थ हुने देखिएको छ। भारतीय बजारमा मूल्य निरन्तर ओरालो लागेका कारण यस्तो सम्भावना कम हुँदै गएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्