१० मंसिर २०८१ सोमबार
image/svg+xml

देश नियन्त्रणबाट बाहिर जाने चेतावनी

राप्रपाका अध्यक्ष कमल थापाले राष्ट्रिय एकता र मुलुकको अखण्डताका लागि दलहरुका नेतृत्व एकताबद्ध हुन नसके देश नियन्त्रणबाट बाहिर जाने आशङ्का गरेका छन्।

संशाेधन प्रस्तावकाे विपक्षमा मतदान गर्ने रायमाझीकाे चेतावनी

संविधान संशोधन प्रस्ताव पारित हुने कुनै सम्भावना नरहेको बताउदै उनले भने, ‘ यो प्रस्ताव पारित गराउने दुई तिहाई पुग्दैन, यदि यो प्रस्ताव संसदमा गयो भने म यस प्रस्तावको विपक्षमा मतदान गर्छु, माओवादी कांग्रेसकै कतिपय सांसदहरूले साथ दिदैनन्, पाँच नम्बर प्रदेशका कुनैपनि जनप्रतिनिधिले मतदान गर्दैनन्।’

एमालेका कार्यक्रम विथोल्ने मोर्चाको चेतावनी

संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा पर्साले नेकपा एमालेका औपचारिक कार्यक्रम पर्सामा गर्न नदिने निर्णय गरेको छ। वीरगन्जको मुर्ली बगैचामा बसेको मोर्चाको बैठकले मधेसीको माग पुरा गर्न एमाले बाधक भएको भन्दै जिल्लामा औपचारिक कार्यक्रम गर्न नदिने बताएको हो।

विष्टलाई राजीनामा दिन चेतावनी

युवा तथा खेलकुद मन्त्री दलजित श्रीपालीले राष्ट्रिय खेलकुद परिषद (राखेप) मा राजनीतिभइरहेको रतत्काल रोक्न नसके सदस्यसचिव केशवकुमार विष्टलाई राजीनामा दिन चेतावनी दिएका छन्।

पाँच नम्बर प्रदेश टुक्र्याउने कुरा स्वीकार्य नहुने नेताहरुको चेतावनी

प्रमुख सत्तारुढ दल नेपाली काँग्रेसकी नेतृ पम्फा भुसालले विवाद नभएको ५ नम्बर प्रदेशलाई टुक्र्याउने कुरा स्विकार्य नभएको बताएकी छन्। शनिबार रिपोर्टर्स क्लबले आयोजना गरेको साक्षात्कारमा नेतृ भुसालले विवाद नै नभएको ५ नम्बर प्रदेशमा विवाद उत्पन्न गराएकोमा आक्रोश पोख्दै भनिन्, ‘५ नम्बर प्रदेशमा विवाद नै छैन, विवाद नभएको ठाउँमा अनावश्यक विवाद किन गर्न खोजिएको हो? ,

संविधान संशोधन प्रस्तावको प्रतिवाद गर्ने एमाले चेतावनी

संसदमा संविधान संशोधन प्रस्ताव दर्ता गराए नेकपा एमालेले त्यसको प्रतिवाद गर्ने भएको छ। नेकपा एमालेले स्थायी कमिटी बैठकले आफ्नो पार्टीको असहमतिका बाबजुद जबर्जस्ती त्यसो गर्न खोजिए त्यसको सशक्त प्रतिवाद हुने चेतावनी दिएको छ।

टिचिङका रेजिडेन्टको ओपिडी हड्ताल, आन्दोलन चर्काउने चेतावनी

चिकित्सा शिक्षा सुधारका माग राख्दै १२ दिनदेखि अनशनमा बसेका वरिष्ठ चिकित्सक डा. गोविन्द केसीका माग र उनको स्वास्थ्यप्रति सरकारले कुनै चासो नदिएपछि डाक्टर आक्रोशित देखिएका छन् । उनीहरुले सरकारविरुद्ध आन्दोलन चर्काउने चेतावनी दिएका छन् ।

तराई अलग पार्दै प्रदेश टुक्र्याइए आन्दोलनको चेतावनी

सरकारले ५ नम्बर प्रदेशका पहाडी जिल्लालाई टुक्र्याएर ४ र ६ प्रदेशमा लैजाने गरी संविधान संशोधनको प्रस्ताव संसद्मा पेस गर्ने तयारी गरेको भन्दै ५ नम्बर प्रदेशका पहाडी जिल्लाका नागरिक आन्दोलित बनेका छन्। आफूहरूलाई हालको ५ नम्बर प्रदेशमै राखिनुपर्ने माग गर्दै पाँचवटा पहाडी जिल्ला आन्दोलित बनेका हुन्।

५ नम्बर प्रदेशबाट छुट्टिनु परे कडा आन्दोलनकाे चेतावनी

सरकारले ५ नंं. प्रदेशका पहाडी जिल्लालाई टुक्राएर ४ नं. प्रदेश र ६ नं. प्रदेशमा लैजाने गरी संविधान संशोधनको प्रस्ताव संसदमा पेश गर्ने तयारी गरेको भन्दै ५ नं. प्रदेशका पहाडी जिल्लाका नागरिक आन्दोलित बनेका छन्।

'सर्वसम्मत' पदाधिकारी नमान्ने प्रतिनिधिको चेतावनी

नेपाली कांग्रेसको भ्रातृ संगठन तरुण दलको नेतृत्व 'सर्वसम्मति' बाट चयन गर्ने नाममा भोट माग्ने र दिने अधिकार नखोस्न महाधिवेशन प्रतिनिधिहरूले कांग्रेस शीर्ष नेतृत्वलाई आग्रह गरेका छन्। शीर्ष नेताहरूले 'सर्वसम्मति' का नाममा होटेल वा रेस्टुरामा तयार पारेको 'लिस्ट' आफूहरूलाई अमान्य हुने चेतावनी उनीहरूले दिएका छन्।

प्रधानमन्त्री माथि गठबन्धनको शंका चुलियो, आन्दोलनको चेतावनी

कात्तिक मसान्तभित्र संविधान संशोधन प्रस्ताव दर्ता गराउने बताएको सरकारले हालसम्म पनि कुनै पक्रिया सुरु नगरेको भन्दै संघीय गठबन्धनले अब ‘नकुर्ने’ चेतावनी दिएको छ।

छड्के जाँचमा मन्त्री पुग्दा कर्मचारी गयल, ‘एक्सन’ लिने चेतावनी

उद्योग विभाग र कम्पनी रजिस्ट्रारको कार्यालयका सेवाग्राहीबाट गुनासा आएपछि उद्योगमन्त्री नवीन्द्रराज जोशीले ती कार्यालयमा अनुगमन गरेका छन् ।

अंगीकृतको नाममा संशोधन तुहाए दाहाल सरकार ढल्ने फोरम नेता यादवको चेतावनी

संघीय समाजवादी फोरम नेपालकी नेतृ रेखा यादवले अंगीकृत नागरिकताको विरोध देखाएर संविधान संशोधन तुहाउन खोजिए वर्तमान सरकारलाई कसैले जोगाउन नसक्ने चेतावनी दिएकी छन् ।

सभामुखद्वारा ‘थाउजेन्ड बिग बुद्ध’ शिलान्यास, कारवाही गर्ने वनकाे चेतावनी

पर्यटन विकास गर्ने नाममा धरान उपमहानगरपालिकाको अगुवाईमा सर्दु जलाधार क्षेत्रसँगै राष्ट्रिय वन क्षेत्र अतिक्रमण गरी थाउजेन्ड बिग बुद्ध बनाउन शुरु गरिएको छ। जिल्ला वन कार्यालय सुनसरीले राष्ट्रिय वन क्षेत्रमा वन ऐन ०४९ विपरीत भौतिक संरचना निर्माण कार्य नगर्न भनी दिएको सुझाव र चेतावनीसमेतलाई वेवास्ता गर्दै उपमहानगरपालिकाले निर्माण कार्य थालेको हो ।

पाँच नम्बर प्रदेश टुक्र्याए भयावह अवस्था आउने एमाले चेतावनी

सरकारले पाँच नम्बर प्रदेशलाई विभाजन गर्ने गरी संविधान संशोधन प्रस्ताव तयार पारेको भन्दै प्रमुख प्रतिपक्ष एमालेले आपत्ति जनाएको छ। सोमबार र मंगलबार बुटबलमा चलेको एमाले पाँच नम्बर प्रदेशको पहिलो बैठकले पाँच नम्बर प्रदेश विभाजन गरे त्यसले गम्भीर रुप लिने चेतावनी दिएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्