१० मंसिर २०८१ सोमबार
image/svg+xml

राष्ट्रपति निर्वाचनमा मतदान गर्ने मतदाताको हत्या गर्ने आइएसको चेतावनी

इस्लामिक स्टेट आइएसले अमेरिकी राष्ट्रपतीय निर्वाचनमा मतदान गर्ने मतदाताको हत्या गर्ने चेतावनी दिएको छ। गत शनिबार अर्को आतंकवादी समूह अल कायदाले राष्ट्रपतिको निर्वाचनको दिन न्युवोर्क, टेक्सस र भर्जिनियालगायतका राज्यमा आक्रमणको चेतावनी दिएको भोलिपल्ट आइएसले मतदाताको नै हत्या गर्ने चेतावनी दिएको हो।

समानन्तर कमिटी गठन गर्ने तरुण दल असन्तुष्ट पक्षको चेतावनी

नेपाल तरुण दल असन्तुष्ट पक्षले संस्थापन पक्षले एकलौटी ढंगले यही कातिक २७, २८, २९ गते चौथो महाधिवेशनको मिति तय गरेको भन्दै आफूहरुले उठाएका माग सम्बोधन नभए समानन्तर कमिटी गठन गर्ने चेतावनी दिएको छ ।

चुनावको एक दिन पहिला अमेरिकामा आतंकवादी आक्रमण हुने चेतावनी

अन्तर्राष्ट्रिय आतंकवादी संगठन अल कायदाले अमेरिकामा ठूलो आक्रमण गर्ने तयारी गरेको खुलासा भएको छ। अमेरिकी गुप्तचर विभाग (एफविआई) ले न्युयोर्क, टेक्सस र भर्जिनियाको स्थानीय प्रशासनलाई सो समबन्धी चेतावनी दिएको अन्तर्राष्ट्रिय संचारमाध्यमले जनाएका छन्।

भारतीय राजदूतलाई पदीय मर्यादा नभुल्न युवा संघको चेतावनी

एमाले भातृ संगठन युवा संघले निलम्बित अख्तियार प्रमुख लोकमान सिंह जोगाउन भारतीय राजदूतले गरिरहेको चलखेलप्रति आपत्ति जनाएको छ। कार्कीविरुद्ध संसदमा महाअभियोग प्रस्ताव दर्ता भइसकेको अवस्थामा विदेशी चलखेल हुनु अनावश्यक रहेको संघले जनाएको छ।

सरकारलाई दिएको समर्थन फिर्ता लिने मोर्चाको चेतावनी

मन्त्रिमण्डल बाहिर रहेर सरकारको समर्थन गरेको संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले तिहार अघि संविधान संशोधन प्रस्ताव संसदमा दर्ता नगरिए सरकारलाई दिएको समर्थन फिर्ता लिने चेतावनी दिएको छ। प्रधानमन्त्री पुष्पकमल दाहालको भनाइ सकारात्मक भएपनि व्यवहार शंकास्पद रहेको भन्दै मोर्चामा अधैर्यता बढेको छ।

रायको चेतावनी- ‘हामी हारेका छैनौं, थाकेका पनि छैनौं, यसलाई कमजोरी नठानियोस्’

मधेसी मोर्चाका नेता रामनरेश रायले संविधान संशोधन नगराइकन सेनाको आडमा जबरजस्ती चुनाव गराइए आफूहरुले त्यसलाई कुनै हालतमा सफल हुन नदिने चेतावनी दिएका छन्।

भारतलाई पाकिस्तानको चेतावनी- खोक्रो धम्कीबाट डराउँदैनौं

भारतसँगको तनाव उत्कर्षमा पुगेका बेला पाकिस्तानी प्रधानमन्त्री नवाज शरीफले राष्ट्रिय सुरक्षा कमिटीको बैठक बोलाएर भारतलाई धेरै धम्कीपूर्ण भाषा प्रयोग नगर्न चेतावनी दिएका छन्। स्थल सेना प्रमुख तथा गुप्तचर निकाय आइएसआइका प्रमुख सहभागी बैठकमा प्रधानमन्त्री शरीफले भारतको धम्की र उत्ताउतोपनादेखि डराउन आवश्यक नभएको बताएको अन्तर्राष्ट्रिय संचारमाध्यमले जनाएका छन्।

अन्तर्राष्ट्रिय सम्बन्धमा खेँलाची नगर्न नेम्वाङकाे चेतावनी

पूर्वसभामुख सुवास नेम्वाङले अन्तर्राष्ट्रिय सम्बन्धमा खेँलाची नगर्न सराेकारवाला सबैलार्इ चेतावनी दिएका छन्। अन्तर्राष्ट्रिय विषयमा नेपालको दृष्टिकोण साझा हुनुपर्ने उनकाे भनाइ छ ।

दिवासपना नदेख्न भारतलाई पाकिस्तानको चेतावनी

पाकिस्तानी सेनाले भारतलाई पाकिस्तानमाथि आक्रमण गरेको दिवासपना नदेख्न चेतावनी दिएको छ। पाकिस्तानी सेनाका सूचना विभागका निर्देशक आसिम सलिमले भारतले पाकिस्तानमाथि सर्जिकल स्ट्रइक्स गरेको झुटो दाबी गर्दै विश्वलाई अन्धकारमा पार्न खोजेको आरोप लगाए।

स्वरोजगार कोषको कर्जा नतिर्नेलाई चेतावनीपत्र

युवा स्वरोजगार कोषको कर्जा लिएर भुक्तानी नगर्ने खोटाङका ११ ऋणीलाई अन्तिम चेतावनीपत्र पठाइएको छ। युवा तथा साना व्यवसायी स्वरोजगार कोष जिल्ला संयोजन तथा अनुगमन समितिले कोषको कर्जा लिएर हालसम्म साँवा र ब्याज फिर्ता नगर्ने ऋणीलाई पत्र पठाएको हो।

भारतालाई पाकिस्तानको चेतावनी–बाह्य हस्तक्षेपसँग जुध्न पाकिस्तान सक्षम

भारतसँगको तनाव उत्कर्षमा पुगेका बेला पाकिस्तानका प्रधानमन्त्री नवाज शरिफले आफ्नो देश कुनै आतंकवादी आक्रमण र बाह्य हस्तक्षेपसँग जुध्न सक्षम रहेको बताएका छन्। बुधबार उच्चस्तरीय सुरक्षा बैठकमा भाग दिएपछि संचारकर्मीसँग कुरा गर्दै प्रधानमन्त्री शरिफले जस्तो सुकै परिस्थितिको समना गर्न पाकिस्तान तयार रहेको बताएका हुन्।

पाकिस्तानलाई नेपाल र भुटान जस्तो कमजोर नसोच्न भारतलाई मुशर्रफको चेतावनी

पाकिस्तानका पूर्व राष्ट्रपति परवेज मुश्र्रफले पाकिस्तानलाई नेपाल र भुटान जस्तो कमजोर नसोच्न भारतलाई चेतावनी दिएका छन्। भारतीय टेलिभिजन आजतकसँगको एक अन्तरवार्ताका क्रममा मुशर्रफले पाकिस्तान एक शक्तिशाली राष्ट्र भएको भन्दै नेपाल र भुटान जस्तो कमजोर नसोच्न भारतलाई चेतावनी दिएका हुन्।

पाकिस्तानलाई विश्व समुदायबाट एक्लाउने भारतीय प्रधानमन्त्री मोदीको चेतावनी

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पाकिस्तानलाई विश्व समुदायबाट एक्लाउने बताएको अल इन्डिया रेडियोले जनाएको छ । शनिबार एक कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा भारतीय प्रधानमन्त्री मोदीले पाकिस्तानलाई विश्व समुदायबाट एक्लाउने बताएका हुन् ।

बम आतंक फैलाउनेलाई कडा कारवाही गर्न चेतावनी

विद्यालय क्षेत्रमा बम आतंक फैलाइएको घटनामा संलग्नहरुलाई तत्काल कडा कारवाही नगरिए संयुक्त रुपमा आन्दोलनमा उत्रिने हिसान, प्याब्सन र एन प्याब्सनले चेतावनी दिएका छन्। बम पड्काइएका र बम राखिएका विद्यालयहरुको स्थलगत अवलोकन गरेका तीनै संगठनका प्रमुखहरुले मंगलबार नै संयुक्त पत्रकार संमेलनमार्फत प्रेस विज्ञप्ती जारी गर्दै यस्तो चेतावनी दिएका हुन्।

पकिस्तानले भारतलाई दियो परमाणु हमलाको चेतावनी

पाकिस्तानले भारतलाई परमाणु हमलाको चेतावनी दिएको छ। आइतबार काश्मिरमा एक भारतीय सैन्य क्याम्पमा भएको आतंकबारी हमलापछि भारत र पाकिस्तानबिच फेरी वाकयुद्ध सुरु भएको छ। उक्त हमलापछि भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले हमलामा पाकिस्ताको हात रहेको भन्दै आफुहरु चुप लागेर नबस्ने बताएका थिए । तर पाकिस्तानले भने उक्त हमला आफ¬हरुले नगरेको भन्दै त्यसको प्रतिबाद गरेको थियो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्