१० मंसिर २०८१ सोमबार
image/svg+xml

अतीतको याद

उकाली चढ्दै ओराली झर्दै, पुगिने ठाउँमा, सिरसिरे बतास त्यो चिसो पानी, पाइन्छ गाँउमा।खेतको धान बारीको सब्जी , टिपेर ल्याएको, भुटेका मकै साँधेको गुन्द्रुक, खाजामा खाएको। बितेका दिन फर्केर हेर्दा, आनन्द यो मन, चतुरे बजार मान्छेको हजार, रमाइला ती दिन।

अब त खाँदै खान्न

रातभरि प्याकमाथि प्याक थप्दै एउटा हातमा सेकुवा अनि अर्काै हातले गिलास च्याप्दै अरूलाई तथानाम गाली गर्ने अनि म मात्रै राम्रो छु दुनियाँसारा बेकार भन्ने सोच बिहानीको झिसमिसेसँगै एकैपटक कता बिलाई जान्छ होला । ओहो बडो अचम्मको कुरा रातभरको नशा उत्रिन नपाउँदै बिहान उठेर भगवानसामु एक अनजान बन्दै कसरी प्रस्तुत हुन सक्छ यो मान्छेको जात ।

यो रक्सी किन भा यति सस्तो

आसेपासेलाई संगठित गर्दै पद र प्रतिष्ठाको दुरुपयोग गर्दै राज्य ढिकुटीको दोहन गर्दै गरिव–दुखीमाथि शोषण गर्दै मतमा मात्तिएर श्रावमा लठ्ठिएर औकात देखाउँदै आउँछ कस्तो यो रक्सी आज किन भा’छ यति धेरै सस्तो।

समयको महत्व

तपाईको कामदारले ५० सेन्ट भनेकाले तपाईले कम गरिदिनुहुन्छ भनेर पो अनुरोध गरेको भनेर उसले आफ्नो कुरा दोह्रायो । त्यसपछि ती किताब पसलका मालिकले उत्तर दिंदै भने ५० सेन्ट पुस्तकको मोल हो अनि १० सेन्ट मेरो समयको मूल्य हो । तपाईंले जति अबेला गर्नुहुन्छ, जति मेरो समय लिनुहुन्छ जति ढिला गर्नुहुन्छ, यसको मूल्य त्यति नै बढेर उक्त रकम यसै पुस्तकमा थपिएर जान्छ भनेर प्रष्ट पारिदिए । त्यसपछि उक्त विद्यार्थीले बाध्य भएर साहूजीले भने बमोजिमको ६० सेन्ट तिरेर उक्त पुस्तक किने । समयको महत्व र मूल्य बताउने पसलका मालिक थिए बेन्जामिन फ्रेंकलिन । जो पछि गएर अमेरिकाका प्रख्यात आविष्कारक, राजनीतिज्ञ तथा दार्शनिक बने।

बाबा कापी किन्दिनुस् न

साथीसंँगी सबको भने कापी –कलम हुने, आफूचाहिँ कापी–कलम नभएर रुने। संसारकै प्यारो बाबा पाएको छु मेरै, मलाई पुग्ने कापी–कलम किन्दिनुस् न धेरै।

पुतली

फुर्फुर गर्दै पुतली, उड्यो फूलमाथि, हेर – हेर आकाशमा,पानी परयो साथी। रंगीचंगी पुतलीको, रंगीचंगी नाना,फूलै फूल डुली हिँड्दा,पाउने रैछ खाना। कता बस्छ होला आज, पानी पर्दाखेरि, यौटा घर बनाइदिम् कि, बगैंचाकोनेरि।

कहानी हो कि कथा अरे हेलिकप्टर घुम्छ

अझै सरकार छ रे हेलिकप्टर घुम्छ, कठै! कति मान्छे मरे हेलिकप्टर घुम्छ। भाको सम्पत्ति सकियो घरखेत सकियो,कहानी हो कि कथा अरे हेलिकप्टर घुम्छ। निरन्तर बाढी तथा पहिरो रातभरि, कति भयवाह तरे हेलिकप्टर घुम्छ।

नन्दीराज्य

शम्भोलाई ठट्ठाको भावमा देखेर नन्दीले भने, ‘मनुवाले मेरा सन्तानलाई त के आफ्ना कुटुम्बलाई समेत भोकलाग्दा खाना र तिर्खालाग्दा पानी दिंदा रहेनछन्। त्यसैले शौचालयको व्यवस्था पनि नगरेका रे। भएकामा पनि आफ्नै सुखसुविधाका लागि दस्तुर लिंदारहेछन्। त्यही भएर पुनः आफ्नो स्वरूपमा आई मैले लघुशंका गर्नु परेको थियो प्रभु।’

लाउँछु बैना पिरतीमा दिन्नौ भने घात

लाउँछु बैना पिरतीमा दिन्नौ भने घात, आज भारी बर्साद भो सँगै परेको रात। खहरे यो उर्लिरह्यो, पीडा जिन्दगीको , वर्षौं लाग्छ हृदयका सकिनलाई बात।

पिताजीसँगको रमाइलो यात्रा

जुन वेला हामी यो यात्रा गर्दै थियौँ, त्यतिवेला नेपाली साहित्यमा पिताजीको उचाइ लगभग सगरमाथाको हाराहारी कायम भइसकेथ्यो। पिताजीलाई कसैले ढगाउन र हल्लाउन नसक्ने अवस्था बनिसकेथ्यो। घरपरिवारमा पनि आमाले सधैँ मानसम्मान गर्ने। हामीलाई समेत मानसम्मान गर्न लगाउने हुँदा पिताजीलाई हामीले वात्सल्य पिता होइन, एउटा सर्वमान्य व्यक्तिका रूपमा ग्रहण गर्‍यौँ।

व्रत

के निसन्तान हुनुमा मेरो मात्रै कमजोरी हो ? उनको कमजोरी हुन सक्दैन ? कहिलेकाहीँ त मलाई आफ्नो मातृत्व जाँच्न मन हुन्थ्यो, कुनै परपुरुषसँग सम्बन्ध राखेर। छ्या, मेरो मनमा कस्ता पापी कुरा आउन थालेका हुन् ! म आफ्नो मनलाई रोक्न खोज्थेँ तर वेला वेला बहकिन्थ्यो।

कुमालेको चक्र

यसरी नै एकदिन घर पुग्दा बच्चा गुँडमा थिएनन्। रानी चरी डाँको छोडेर रुन थाली। भाले सुगाले घाइते मुटु लिएर यताउता खोजी गर्यो। कतै पत्तो लागेन। बच्चाको सम्झनाले रानी दिनदिनै दुर्बल देखिन थाली र भालेले गुँड छोडेर अन्तै जाने निर्णय गर्यो।त्यतिबेला पल्लो गुँडको बुढो सुगाले भन्यो– छोरी यो कुमालेको चक्र हो । तिमीले पनि आफ्ना बाबुआमालाई त्यागेर आयौ। उनीहरूलाई पनि आफ्ना सन्तानले यसरी नै त्याग्नेछन्। यसरी नै यो क्रम निरन्तर चलिरहने छ....,चलिरहने छ ।

स्कूल पढ्दाका उरन्ठेउला दिनहरू

बिमलीले अब तँलाई मार्छु भन्दै हातमा हँसिया बोकेर लखेटी । म डोको–सोको छाडेर खेतैखेत हामफालेर भागें । लखेट्दा–लखेट्दै नभटेपछि बिमलीले ढुङ्गो टिपेर टुनुनु–न हानी । मेरा टाउकैमा लाग्यो र भलभली रगत आयो । म रुँदै थचक्क बसें । बिमली डराई र मेरो छेउमा आएर किन त्यसो भनेको त ? भन्दै वनमारा निचोरेर टाउकामा लाइदिई । रगत लागेको कपाल मजेत्रोले पुछिदिई । अनि सँगै घाँस काट्न थाल्यौँ । बिमलीले मलाई पनि घाँस काटिदिई । त्यसपछि हामी सँगै घर फर्कियौं । मैले त्यो चोट कसैलाई देखाइनँ । पछि आमाले जुम्रा हेर्दा ठूलो खत देख्नुभएछ । ‘हन के भको टाउकामा ? केले चोट लाग्यो ?’ भनेर सोध्नुभयो । मैले अस्ति नै लडेर चोट लागेको हो भनेर ढाँटे । यस्तो हुँदा पनि किन भनिनस् ? भनेर आमाले कराउनुभयो । म भने बिमलीलाई सम्झेर मनमनै हाँसे ।

मेरो जन्मभूमि

एक दिनको कुरा हो । हामी खोलाको छेउमा बसेर माछा मार्न लागेका थियौँ । खोलाले मेरो जुत्ता नै बगाएर लग्यो । अँध्यारो बढ्दै गएको थियो। हामीले निकै प्रयास गरयौँ तर सफल भएनौँ । बरु जुत्ता निकाल्ने हुँदा मेरो ज्यान नै त्यस खोलामा झन्डै गएको थियो । पानीको वहावसँगै बग्दै गएको मेरो जुत्ता निकै तल पुग्यो । एउटा मान्छेले त्यो जुत्ता भिकिदियो। हामीले उसलाई धन्यवाद दियौँ । त्यस दिनदेखि हामी घुम्न जाँदा चाँडै नै घर फर्केर आउन थाल्यौँ ।

आमा

आमाको स्नेहमा फुरुङ्ङ हुँदै प्रभातले मनमनै भन्यो, ‘धन्य भगवान्, मलाई यति धेरै माया गर्ने आमा दिएर तिमीले मलाई टुहुरो हुनबाट बचायौं ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्