विश्व विनोद
बाबा कापी किन्दिनुस् न
आज लेख्दा स्कुलमा कापी सके मैले,
यौटा कापी किन्दिनुस् न लौन बाबा अैले ।
कलम पनि सकिएको छ नि मेरो आज,
कापी–कलम नहुँदा लाग्छ मलाई लाज ।
कापी भए लेख्थेँ, पढ्थेँ, कोर्थें नयाँ चित्र,
त्यही कापी नभएर रुँदैछु म भित्र ।
साथीसंँगी सबको भने कापी –कलम हुने,
आफूचाहिँ कापी–कलम नभएर रुने।
संसारकै प्यारो बाबा पाएको छु मेरै,
मलाई पुग्ने कापी–कलम किन्दिनुस् न धेरै।
प्रकाशित: ६ असार २०७८ १२:११ आइतबार