कमजोर सिकाइ आधा घटाउने विश्व बैंकको लक्ष्य
विश्व बैंकले सन् २०३० सम्ममा कमजोर सिकाइ (लर्निङ पोभर्टी) आधा घटाउने लक्ष्य सार्वजनिक गरेको छ। उसले यसका लागि सरकार, परिवार र समुदायको सहकार्य आवश्यक रहने बताएको छ। १० वर्षको विद्यार्थीले सामान्य कथा पढ्न र बुझ्न नसक्ने अवस्थालाई कमजोर सिकाइ भनेर परिभाषित गरिएको छ।