१० मंसिर २०८१ सोमबार
image/svg+xml

आदिवासी आन्दोलित

संघीय सरकारले समृद्धिको बहानामा आदिवासी जनजातिको अधिकार कटौटी गरेको भन्दै आदिवासी जनजातिले विरोध गरेका छन्।

संसद् भवन प्रमुखविरुद्ध कर्मचारी आन्दोलित

बानेश्वरस्थित संघीय संसद्भवनमा कार्यरत कर्मचारीहरुले सो भवनका प्रमुख कार्यकारी निर्देशक पुरुषोत्तम आमात्यविरुद्ध आन्दोलन चर्काएका छन।

काभ्रे कारागारका कैदीबन्दी आन्दोलित

जिल्ला कारागार काभ्रेका कैदीबन्दीले आन्तरिक व्यवस्थापकका रूपमा कारागारभित्र खटिएका नाइके र सहनाइकेहरूले ज्यादती गरेको भन्दै आन्दोलन गरेका छन्।

डोटीमा पनि नर्सहरु आन्दोलित

भक्तपुरमा मानव अंग प्रत्यारोप केन्द्रबाट नर्सहरुलाई निकालिएको बिरोधमा डोटी जिल्ला अस्पतालमा कार्यरत नर्सहरुले पनि बिरोध जनाएका छन्।

११ बुँदे माग राख्दै देशभरका नर्सहरू आन्दोलित

दुर्गममा काम गर्ने नर्सहरूलाई उचित पारिश्रमिक सुरक्षाको प्रत्याभूति सहितका विभिन्न ११ बुँदे माग राख्दै कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाका नर्सहरूले दैनिक तीन घण्टा नियमित काम छाड्दै आएका छन् । नर्सले काम नगरेपछि अस्पतालले दिने सेवा प्रभावित बनेको छ।

सिमेन्ट र छडको मूल्य बढाएपछि हार्डवेयर व्यवसायी आन्दोलित

सिमेन्ट र छड उत्पादन गर्ने कम्पनीहरुले एकाएक सिमेन्ट र छडको मूल्य बढाएपछि पोखराका हार्डवेयर व्यवसायी आन्दोलित भएका छन्।

सिमेन्ट र छडको मूल्य बढाएपछि हार्डवेयर व्यवसायी आन्दोलित

सिमेन्ट र छड उत्पादन गर्ने कम्पनीहरुले एकाएक सिमेन्ट र छडको मूल्य बढाएपछि पोखराका हार्डवेयर व्यवसायी आन्दोलित भएका छन्।

गाउँपालिकाको केन्द्र माग गर्दै सल्यानवासी आन्दोलित

गाउँपालिकाको केन्द्र माग गर्दै सोलुखुम्बु सल्यानका स्थानीयहरू आन्दोलित बनेका छन्। सल्यानका स्थानीयवासीले नेचा सल्यान गाउँपालिकाको केन्द्र सल्यानमा राखिनुपर्ने माग राखेका छन् । राज्य पुनर्संरचनामा गाउँपालिकाको केन्द्र नेचामा राखिएको र सोही केन्द्र आफूहरूलाई अपायक परेको भन्दै सल्यानमा केन्द्र कायम गर्न माग राख्दै गएको पौष १० गतेदेखि आन्दोलनमा उत्रिएका हुन्। आन्दोलनमा रहेका सल्यानका स्थानीय केन्द्रको माग राख्दै स्थानीय विकास मन्त्रालय सम्म गुहार्न पुगेका छन्।

सफाई कामदार आन्दोलित, अमरगढी नपामा तालाबन्दि

डडेल्धुरामा अमरगढी नगरपालिका बजार क्षेत्र सरसफाई गर्ने कामदारहरुले नगरपालिकाको कार्यालयको कामकाज ठप्प पारेका छन् । डडेल्धुरा सदरमुकाम बागबजार, तुफानडाडा, खलंगा, किर्तीपुर, पोखरा बजार क्षेत्र सरसफाई गर्दै आएका कामदारहरुले महिनौसम्म आफुले तलब नपाएको भन्दै नगरपालिकाको सम्पुर्ण काम ठप्प पारेका हुन् ।

तलब माग गर्दै रौतहटका शिक्षकहरू आन्दोलित, भोलीदेखि शैक्षिक संस्था बन्द गर्ने

तलब भता माग गर्दै रौतहटका शिक्षकहरू आन्दोलित भएका छन् । गत साउन महिना देखि हालसम्म तलब र  भता नपाएपछि शिक्षकहरू मंगलबारदेखि जिल्लाको सम्पूर्ण शैक्षिक संस्था बन्द गर्ने गरी आन्दोलमा उत्रिएका हुन्।  तलव भताको माग गर्दै शिक्षकहरू सोमबार जिल्ला प्रशासन कार्यालय अगाडि दवाव स्वरुप शान्तिपूर्ण धर्ना प्रदर्शन गर्दा स्थानीय प्रशासनले प्रहरी मार्फत बल प्रयोग गरेर दुव्र्यवहार गरेको भन्दै मंगलवार देखि अनिश्चितकालिन विद्यालय बन्द गरेर जिल्ला शिक्षा कार्यालयमा धर्ना दिने शिक्षकहरूले निर्णय गरेका छन्।

कार्गो भाडा बढेपछि व्यवसायी आन्दोलित

सोलुखुम्बुको पर्यटकीय क्षेत्र खुम्बुमा ढुवानी सेवा दिदैं आएको श्री एयरलाईन्सले २० रुपैंया प्रतिकेजी शुल्क बढाएपछि व्यवसायीहरु आन्दोलनमा उत्रिएका छन् । फाप्लु विमानस्थलवाट कार्गो उडान भर्दै आएको श्री एयरलाईन्सले ढुवानी भाडा बढाएपछि विरोध स्वरुप खुम्बुका व्यवसायीहरुले श्री एयरबाट ढुवानी नगर्ने घोषण गरेका छन् । लुक्ला प्रतिकेजी ७० रुपैंया र स्याङबोचे प्रतिकेजी ९० रुपैंयाले खाद्य तथा निर्माण सामाग्री ढुवानी गर्दै आएको श्री एयरको हेलिकप्टरको भाडा प्रतिकेजी २० रुपैंया बृद्धि गरिएपछि व्यवसायीहरु रुष्ट देखिएका छन् ।

साझाका करार कर्मचारी आन्दोलित

साझा प्रकाशनका अस्थायी कर्मचारीहरू तलब सुविधा माग गर्दै आन्दोलित भएका छन् । चाडपर्वका बेला दुई महिनादेखि तलब सुविधा नपाएको भन्दै उनीहरू आन्दोलित भएका हुन् । अनियमिततानको आरोपमा शिक्षा मन्त्रालयबाट बर्खास्तमा परेका अध्यक्ष तथा महाप्रबन्धक डोलिन्द्रप्रसाद शर्माको कार्यकालमा करारमा नियुक्त कर्मचारी सेवा सुविधाको माग गर्दै आन्दोलित भएका हुन्।

सम्बन्धनविरुद्ध चिकित्सक संघ आन्दोलित

काठमाडौं नेसनल मेडिकल कलेजलाई त्रिविले दिएको सम्बन्धन खारेजीविरुद्ध चिकित्सकको साझा संस्था नेपाल चिकित्सक संघले देशव्यापी आन्दोलन घोषणा गरेको छ।

हत्यारालार्इ कारबाहीको माग गर्दै धनगढीका महिला आन्दोलित

हत्यामा संलग्न अपराधीलाई प्रहरीले अझै कारवाही गर्न नसकेको भन्दै धनगढीका महिलाहरू आन्दोलित भएका छन् ।

भेनेजुयलाका राष्ट्रपति विरुद्ध महिलाहरू आन्दोलित

सेतो कपडा लगाएका हजारौँ महिलाहरुले भेनेजुयलाको राजधानीमा शनिबार बृहत् र्यालीसहित विरोध प्रदर्शन गरेका छन् ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्