आयोगको सहमतिबिना निर्वाचन क्षेत्र नछाड्न निर्वाचन अधिृकतलाई निर्देशन
आयोगले आज प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन, २०७९ का लागि यही असोज १५ देखि २० गतेभित्र निर्वाचन अधिकृतको कार्यालय स्थापना गर्ने निर्णय गरेको छ।
आयोगले आज प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन, २०७९ का लागि यही असोज १५ देखि २० गतेभित्र निर्वाचन अधिकृतको कार्यालय स्थापना गर्ने निर्णय गरेको छ।
नेपाली सेनाबाट सेवानिवृत्त २ जनाले आवेदन दिएका छन्। ४ सय ५२ पुरुष तथा १ सय २६ महिला गरी ५ सय ७८ जनाले भने पहिलोपटक म्यादी प्रहरीका लागि आवेदन दिएका छन्। डिएसपी राईका अनुसार कति संख्यामा म्यादी प्रहरीमा भर्ना लिने भन्ने चाँहि यकिन भएको छैन।
आसन्न प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनलाई लक्षित गर्दै नेपाली सेनासहितका सुरक्षा निकायका प्रमुखबीचमा सैनिक मुख्यालयमा छलफल भएको छ।
हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपासमा अवस्थित रहेको छ।
मधेस प्रदेशमा रहेका वीरगन्ज, जीतपुरसिमरा, बारा, रौतहट, लालबन्दी, वर्दिवास, मलङ्गवा, गौशाला, जनकपुरधाम, जलेश्वर, महोत्तरी, गोलबजार, रामनगर मिर्चैया, सिरहा, लहान, सलार्ही क्षेत्रका कूल १६ वटा उद्योग वाणिज्य संघका अगुवाले मौन विरोध र्यालीअघि भएको वृहत् अन्तरसंवादमा सहभागी भए।
निर्वाचन बहिष्कार गर्ने राजनीति दलहरुमा मोहन वैद्य नेतृत्वको क्रान्तिकारी माओवादी, नेपाल कम्युनिष्ट पार्टी (बहुमत), नेकपा (मसाल) र माओवादी कम्युनिष्ट पार्टी नेपालले आगामी निर्वाचन बहिष्कार गरेका हुन्।
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्ट,आन्तरिक मामिला तथा कानुन मन्त्री डा. राणबहादुर रावल अछामको तुर्माखाद, ढकारी र कमलबजार गाउँपालिकामा गएर राहत रकम हस्तान्तरण गरेका हुन्।
गएको स्थानीय तह चुनावमा ९८ मतदान केन्द्र र २ सय ५८ मतदान केन्द्र रहेकोमा आउँदो चुनावमा १ सय १ मतदानस्थल र २ सय ६४ मतदान केन्द्र कायम गरिएको छ। गएको स्थानीय तह चुनावमा सबभन्दा बढी मतदाता त्रियुगा नगरपालिकामा थिए।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा दिउँसो २ बजे कार्यदल सदस्यसहित गठबन्धनका शीर्ष नेता सहभागी हुनेछन्।
प्रदेश १ मा कृषि, पर्यटन र पूर्वाधार रोजगार सिर्जना गर्ने क्षेत्र भए पनि त्यसलाई स्थानीय तहले उपयोग गर्न नसक्दा एकातर्फ युवा बेरोजगार बनेका छन् भने अर्कातर्फ स्थानीय तहको आम्दानीको स्रोत पनि बढ्न सकेको छैन।
नेपाल रिपब्लिक मिडियाले १ नम्बर प्रदेशको राजधानी विराटनगरमा ‘नागरिक संवाद कार्यक्रम–२०७९’ आयोजना गर्यो।
निर्वाचन आयोगले आसन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि मुख्य निर्वाचन अधिृकत र निर्वाचन अधिृकत नियुक्त गरेको छ।
बागमती प्रदेशमा डेंगी सङ्क्रमणबाट ११ जनाको मृत्यु भएको छ। स्वास्थ्य निर्देशनालय बागमती प्रदेशको तथ्याङ्क अनुसार उक्त सङ्क्रमणका कारण मकवानपुरसहित अन्य छ जिल्लामा गरी ११ जनाको मृत्यु भएको हो।
कञ्चनपुरमा बच्चा चोर्न खोजेको आरोपमा प्रहरीले चारजनालाई पक्राउ गरेको छ। शुक्लाफाँटा नगरपालिका–८ मा बच्चा चोर्न लागेको आरोपमा उनीहरुलाई पक्राउ गरिएको हो।
संविधानले जनसंख्याका आधारमा समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत प्रतिनिधिसभा र प्रदेशसभामा प्रतिनिधित्व गराउने व्यवस्था गरे पनि पुरानै जनसंख्याका आधारमा दलहरूले उम्मेदवारको बन्दसूची बुझाएका छन्।