७ वैशाख २०८१ शुक्रबार
समाज

लुम्बिनी ,कर्णाली र सुदूरपश्चिम प्रदेशमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना

फाइल तस्बिर

हाल मनसुनको न्यून चापीय रेखा  सरदर स्थानको आसपासमा अवस्थित रहेको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसाार देशभर आंशिकदेखि सामान्य बदली  रही प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका एक/दुई स्थानमा हल्का वर्षा भइरहेको छ।

आज दिउँसो देशभर आंशिक देखि सामान्य बदली रहनेछ। लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। सुदूरपश्चिम प्रदेशका एक/दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। 

त्यस्तै राती देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। देशका तराई भू-भागका केही  स्थानहरुमा र बाँकी भू-भागका थोरै स्थानहरुमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। 

प्रकाशित: ७ आश्विन २०७९ ००:५१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App