आगामी प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि सिट बाँडफाँटबारे छलफल गर्न सत्ता गठबन्धनको बैठक बस्दैछ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा दिउँसो २ बजे कार्यदल सदस्यसहित गठबन्धनका शीर्ष नेता सहभागी हुनेछन्।
सिट भागबण्डा गर्न गठबन्धन बैठक पटक पटक बस्दै आएपनि सहमति जुट्न सकेको छैन। सत्ता गठबन्धनमा रहेका माओवादी र नेकपा एकीकृत समाजवादीले सिट संख्यामा चाँडो सहमति जुटाउनुपर्ने पक्षमा छन्।
प्रकाशित: ६ आश्विन २०७९ ०६:३१ बिहीबार