१५ असार २०८१ शनिबार
image/svg+xml

भारतमा ‘ओमीक्रोन' भाइरस देखिएसँगै वीरगञ्ज नाकामा उच्च सतर्कता

भारतमा ओमिक्रोनका सङ्क्रमित भेटिएसँगै पुनः जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रमार्फत आवश्यक सजगता अपाउने गरी तयारी अघि बढाइएको पर्साका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले बताए।

अफगानी नागरिक रोक्न जमुनाह नाकामा उच्च सतर्कता

नेपालगञ्ज नाकाबाट अफगानी नागरिकलगायत कुनै पनि संदिग्ध व्यक्तिलाई भित्रिन नदिन सुरक्षाकर्मीलाई कडाइका साथ निगरानी गर्न निर्देशन दिइएको बाँकेका प्रमुख जिल्ला अधिकारी सूर्य खत्रीले जानकारी दिए।

कोरोना मैदानको एप्रोनधारी कमान्डर डा. सुनिल

डा. बुढाथोकी पातारासी गाउँपालिकामा खटिए। उनी एक महिना बसे। गाउँमा गएर कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सचेतना फैलाउने, पिसिआर टेस्ट गर्ने र संक्रमितको अवस्था हेरेर उपचार विधि अपनाउन थाले। उनी कोरोना कालमा निकै जोखिमपूर्ण ठाउँमा खटिए। उनले त्यही ठाउँबाटै औधि माया पाए। अहिले उनी पुगेका हरेक बस्तीमा उनकै चर्चा हुन्छ। स्थानीय टेलिफोन गरेर स्वास्थ्य परामर्श लिन्छन्। स्वास्थ्यकर्मी फोन गरेर स्वास्थ्य क्षेत्रमा देखिएका समस्या राख्छन्।

नारायणीले सतर्कता तह पार गर्‍याे : उच्च सतर्कता अपनाउन आग्रह

“नारायणी नदीमा पानीको बहाव बढ्दै गएको छ,” पङ्गेनीले भने, “नदीको जलाधार क्षेत्रमा निरन्तर वर्षा भइरहेकाले नदीमा ठूलो बाढी आउन सक्ने भएकाले नदी तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन जरुरी छ।”

६ हजार रोपनी सरकारी जग्गा अतिक्रमण

गाई आनुवंशिक स्रोत केन्द्रका नाममा जग्गाधनी प्रमाणपुर्जा भएको १ हजार ५ सय ४६ दशमलब ३२ रोपनी जग्गा मात्र अतिक्रमित नदेखिएको सतर्कता केन्द्रले जनाएको छ । तर आनुवंशिक स्रोत केन्द्रको नाममा नापनक्सा भएको तर जग्गाधनी प्रमाणपत्र पाउन बाँकी रहेको ५ हजार १ सय २८ दशमलब ८६ रोपनी जग्गा पूरै अतिक्रमण गरिएकोे प्रतिवेदनमा उल्लेख छ।

बिहीबारदेखि मनसुन सक्रिय हुने

बिहीबार प्रदेश नं १, २, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको तथा शुक्रबार, शनिबार प्रदेश नं १, २, वाग्मती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा धेरै भारी वर्षाको सम्भावना रहेको हुनाले मौसम पूर्वानुमान महाशाखाले आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ।

मर्स्याङदी नदीले सतर्कता तह पार गर्‍यो

अविरल वर्षाका कारण तनहुँको बन्दीपुरस्थित विमलनगरमा मर्स्याङदी नदीले जलसतह सतर्कता पार गरेको छ। मङ्गलबारदेखि परेको वर्षाका कारण आज मर्स्याङदी नदीले जलसतह सतर्कता पार गरेको हो।

कोरानाका कारण थुनुवाको मृत्युपछि कारागारमा उच्च सतर्कता

कारागार कार्यालयभित्र रहेको क्वारेन्टिनमा अहिले रहेका २२ जनालाई नियमित स्वास्थ्य परीक्षणदेखि खानपानमा समेत ध्यान दिन लागिएको हो। उनले भने, 'अहिले समस्या छैन, समस्या आउँछ कि भनेर सावधानी अपनाएका छौं।'

सेयरमा सतर्कता

सेयर कारोबार बढेसँगै दोस्रो बजारमा अनेकन विकृति पनि सुरु भएका छन्। पछिल्लो समय बजारमा विभिन्नखालका चलखेल गरिएका गुनासा नियमनकारी संस्था धितोपत्र बोर्डमा आइरहेका छन्।

चक्रवातको असर मंगलबारदेखि, पर्वतारोहीलाई सतर्कता अपनाउन आग्रह

पूर्वीमध्य बङ्गालको खाडीमा रहेको न्यून–चापीय क्षेत्रमा परिणत भई बनेको चक्रवातका कारण मंगलबारदेखि नेपालका विभिन्न भूभागमा हावाहुरी, वर्षा र हिमपातको सम्भावना देखिएको छ।

बढ्दै कोरोना संक्रमण, छैन स्वास्थ्य सतर्कता

विराटनगरमा भेला, सभा खेलकुदका कार्यक्रम पनि निर्वाध रुपमा सञ्चालन भइरहेको छ। विराटनगरको शहिद रंगशालामा विराट गोल्डकप प्रतियोगिता सञ्चालन भइरहेको छ। प्रतियोयिगता हेर्न हज्जारौं दर्शक एकैपटक रंगशालामा दैनिक भेला हुने गरेका छन्। यतिमात्रै हैन विराटनगरमा राजनीतिक भेला, जुलुसदेखि विभिन्न खालका औपचारिक कार्यक्रमसमेत आयोजना भइरहेका छन्।

बढ्दै कोरोना संक्रमण, छैन स्वास्थ्य सतर्कता

प्रदेश १ मा कोरोना संक्रमितको संख्या दिनानुदिन बढ्दै गएको छ। बिहीबार प्रदेश १ मा १६ जनामा कोरोना संक्रमण देखिएको छ। बुधबार २० जनामा देखिएको थियो।

सरकारद्वारा रात्रिकालीन व्यवसाय तथा रेष्टुरेन्ट राति ९ बजेपछि बन्द गर्न निर्देशन

सरकारले देशभर रात्रिकालीन व्यवसाय तथा रेष्टुरेन्टहरु राति ९ बजेपछि कडाइका साथ बन्द गर्न गराउन निर्देशन दिएको छ।

सीमादेखि अस्पतालसम्म कोरोनाप्रति उच्च सतर्कता

प्रदेशमा सोमबारसम्म सक्रिय संक्रमितको संख्या ५६ पुगेको छ। भारतसँगको खुला सीमाना तथा नाता सम्बन्धका कारण सीमापारि फैलिएको कोरोना संक्रमणबाट प्रदेश उच्च जोखिममा छ। यस प्रदेशका आठ वटै जिल्लाको सीमाना भारतसँग जोडिएको छ।

सङ्क्रमण फैलिन नदिन सिरहामा सतर्कता, सीमा नाकामा हेल्थ डेस्क स्थापना

भारतमा तीव्र गतिमा कोरोना सङ्क्रमण फैलिन थालेपछि त्यसको जोखिम सिरहामा पनि पर्न सक्ने भन्दै भारतसँग जोडिएको सिरहाको माडर, ठाडी, बरियारपट्टी, औरही र नवराजपुर नाकामा हेल्थ डेस्क स्थापना गरिएको जिल्ला स्वास्थ्य कार्यालय सिरहाले जनाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्