२० आश्विन २०८१ आइतबार
image/svg+xml

गौचन हत्यामा संलग्न दुई जना पेस्तोलसहित पक्राउ

शरदकुमार गौचन हत्यामा संलग्न रगेको आरोपमा कपनबाट बशन्त थेबे र धनराज योङहाङ पक्राउ परेका छन्। बिहीबार बेलुका ८ राउन्ड गोली र २ वटा पेस्तोलसहित उनीहरु पक्राउ परेका हुन्।

गोकर्णमा पेस्तोलसहित युवक पक्राउ

गोकर्णेश्वर नगरपालिकाबाट एक युवकलाई प्रहरीले कटुवा पेस्तोलसहित सोमबार पक्राउ गरेको छ । ललितपुरको गोदावरी नगरपालिका–५ बस्ने सिन्धुपाल्चोक, चौताराका धीरेन ओप्ठलाई एक एक थान कटुवा पेस्तोल र पेस्तोलमा लाग्ने एसएलआरको गोली र दुई थान रडसहित प्रहरीले पक्राउ गरेको हो ।

पेस्तोलसहित २ पक्राउ

मंसिर १० मा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन मिति नजिकिँदै गर्दा रोल्पा प्रहरीले घरेलु हतियारसहित दुई जनालाई पक्राउ गरेको छ । बुधबार दिउँसोे एक थान घरेलु हतियार पेस्तोलसहित रोल्पा सदरमुकाम हँुदै काठमाडौँ जाँदै गरेको बा४ख २६०८ नं को बसमा चढेका माडी गाउँपालिका ३ तालाबाङका श्यामबहादुर घर्तीमगर र रामसिंह घर्तीमगरलाई प्रहरीले पक्राउ गरेको हो ।

पेस्तोलधारीलाई पक्राउ गर्न लोकतान्त्रिक गठबन्धनको माग

गोरखाको भिमसेन गाउँपालिका धावामा मंगलवार भेटिएको पेस्तोलधारीलाई पक्राउ गरी कानुनी कारवाही गर्न गोरखाका लोकतान्त्रीक गठबन्धनमा आवद्ध दलहरुले माग गरेका छन्। मूख्य निर्वाचन अधिकृतको कार्यालयमा उजुरी गर्दै उनीहरुले निर्वाचन बिथोल्न उमेद्धवार नै हतियार सहित हिडेको भेटिनु निर्वाचन आचारसंहित बिपरित भएको बताएका छन्।

गाेरखामा माओवादी उम्मेदवारको साथबाट पेस्तोल र गोली बरामद

गोरखामा माओवादी केन्द्रका समानुपातिक उम्मेदवार सुशिला सिम्खडा चढेको मोटरसाईकलबाट प्रहरीले पेस्तोलसहित तीन राउण्ड गोली बरामद गरेको छ। निर्वाचन लक्षित सुरक्षा चेकजाँचका क्रममा भिमसेन गाउँपालिका ३ धावाबाट प्रहरीले बा ७३प ३३८३ नम्बरको मोटरसाईकलबाट उक्त हतियार फेला पारेको हो ।

अटोमेटिक पेस्तोल र ५१ राउन्ड गोलीसहित दुई भारतीय सुटर पक्राउ

काठमाडौंको कमलादीस्थित हेरिटेज प्जालाबाट अटोमेटिक पेस्तोल र ५१ राउण्ड गोलीसहित २ जना भारतीय नागरिक पक्राउ परेका छन्।

इटहरीमा पेस्तोल देखाएर पाँच तोला सुन लुटियो

इटहरीको व्यस्त बजारमा रहेको रोयल गोल्ड सुनचाँदी पसलबाट पाँच तोलाको सुनको सिक्री लुटिएको छ। मंगलबार मध्याह्न ग्राहक बनेर आएका एक व्यक्तिले पेस्तोल देखाएर पाँच तोलाको सुनको सिक्री लुटेर भागेको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ।

कटुवा पेस्तोल फेला

सशस्त्र प्रहरी बलको टोलीले बुधबार कमलामाई नगरपालिका–६ धनसारे खोलाबाट बेवारिसे अवस्थामा एक थान कटुवा पेस्तोल फेला पारेको छ।  सशस्त्र प्रहरी बल जिल्ला सुरक्षा बेस क्याम्पका प्रहरी नायब निरीक्षक कृष्णविक्रम बानियाँको टोलीले घारीमा लुकाई राखेको अवस्थामा उक्त पेस्तोल फेला पारेको हो।

विर्तामोडमा दिनदहाडै पेस्तोल तेर्साएर सुनपसल लुटपाट

झापाको एउटा मुख्य सहर विर्तामोडमा बिहीबार दिनदहाडैसुन पसलमा फिल्मी शैलीमा लुटपाट भएको छ। इलाका प्रहरी कार्यलय विर्तामोडदेखि करिब दुुई सय मिटर नजिकै चोकमा रहेको अष्टलक्ष्मी ज्वेलर्सबाट दिउँसोे २ः४५ बजे अढाई तोला बराबरको सुनको गहना लुुटिएको हो।

कटुवा पेस्तोल र गोलीसहित पक्राउ

कपिलवस्तुको कृष्णनगर नगरपालिका–७ बुटहनियामा कटुवा पेस्तोल र गोलीसहित एकजना आइतबार पक्राउ परेका छन्।

पेस्तोल सहित भारतीय नागरिक पक्राउ

वीरगन्जको रामटोलबाट मोटरसाइकल चेकजाँचको क्रममा एक थान नलकटुवा पेस्तोल र त्यसमा लाग्ने ३ राउण्ड गोलीसहित एक जना भारतीयलाई प्रहरीले पक्राउ गरेको छ।

चार थान कटुवा पेस्तोल सहित पक्राउ

तुल्सिपुर उपमहानगरपालिका–४ सिमखोला बस्ने ६२ वर्षीय बिक्रम कामीलाई प्रहरीले हतियार सहित पक्राउ गरेको छ।

धादिङमा पेस्तोल र खुँडासहित ६ जना पक्राउ

धादिङको विभिन्न स्थानबाट पेस्तोल र खुँडा बोक्ने ६ जना पक्राउ परेका छन् । उत्तरी धादिङको खनियाबास गाउँपालिका वडा नं ५ सत्यदेवीबाट पेस्तोल सहित दुई जना पक्राउ परेका छन् । ८७

बाग्लुङमा पेस्तोल र ११ राउण्ड गोली सहित एक युवा पक्राउ

जिल्लाको बुर्तिबाङबाट एक युवा हतियार सहित पक्राउ परेका छन्। बुधबार साँझ बुर्तिबाङको एक होटलमा फायरिङ गरेर भाग्दै गरेको श्याम रेश्मीलाई पक्राउ पेस्तोल र ११ थान गोलीसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्