२० आश्विन २०८१ आइतबार
image/svg+xml

नक्कली पेस्तोल देखाएर लुट्ने तीन पक्राउ

नक्कली पेस्तोल देखाएर राजमार्ग क्षेत्रका जंगलमा लुटपाट गर्ने तीन जना पक्राउ परेका छन्। कोहलपुर प्रहरीले पुर्वपश्चिम राजमार्गको रोहनीखोला नजिक जंगलबाट नक्कली पेस्तोलसहित तीन जना पक्राउ गरेको हो।

अवैध पेस्तोल र म्याग्जिनसहित दुई पक्राउ

इटहरीमा पेस्तोल र म्याग्जिनसहित दुई जना पक्राउ परेका छन् । इटहरी उपमहानगरपालिका–१७ कान्छीचोकस्थित पूर्व–पश्चिम लोकमार्गमा चेकजाँच गर्ने क्रममा को.२८ प ५७७० नम्बरको मोटरसाइकलमा सबार इटहरी–६ बस्ने २५ वर्षीय अमितकुमार सिंहको साथबाट पेस्तोेल १ थान र ३ राउन्ड गोली लोड भएको म्याग्जिन १ थान बरामत भएको हो ।

आनन्द बजारमा हराएको  नेपाल प्रहरीको पेस्तोल फेला

चौध दिनअघि आनन्द बजारमा भएको झडपका क्रममा हराएको नेपाल प्रहरीको पेस्तोल र त्यसको म्यागजिन भेटिएको छ ।

'असईको पेस्तोल भारतीयले लुटे'

गत बिहीबार आनन्दबजारमा प्रहरी सहायक निरीक्षक (असई) माधव भट्टको सात राउन्ड गोली लोडेड पेस्तोल भारतीय पक्षले लुटेर लगेको खुलासा भएको छ। सुदूरपश्चिम क्षेत्रीय प्रहरी कार्यालय दिपायलका प्रमुख रोमन्द्र देउजाले असई भट्टको पेस्तोल लुटेर लगेको बताए।

नेपाल प्रहरीका असईको पेस्तोल भारतीयले लुटेको खुृलासा

गत बिहीबार एक नेपालीको मृत्यु हुनेगरी आनन्द बजारमा भारतीय सुरक्षाकर्मीसँग झडप हुँदा नेपाल प्रहरीका सहायक निरीक्षक माधव भट्टको ७ राउण्ड गोली लोडेड पेस्तोल समेत भारतीय पक्षले लुटेर लगेको खुलासा भएको छ।

आइफोन जस्तो देखिने पेस्तोल

आइफोन जस्तो देखिने पेस्तोलका कारण युरोपका प्रहरी हैरानीमा परेका छन्। यो पेस्तोलको साइज ९ मिलिमिटर छ र यसलाई सजिलै लुकाउन सकिन्छ। आइफोन जस्तो देखिने यो छोटो हतियार एउटा सुइच दबाए पछि हतियारमा बदलिन्छ।

रौतहटमा पेस्तोल सहित एक पक्राउ

रौतहट प्रहरीले अटोमेटिक पेस्तोल सहित एकजनालाई पक्राउ गरेको छ। शुक्रवार दिउँसो १० बजेको समयमा रौतहट सखुअवा ८ का २५ बर्षिय लालबाबु ठाकुरलाई अटोमेटिक पेस्तोल सहित पक्राउ गरेको हो।

नक्कली पेस्तोल भिरेर पासपोर्ट बनाउन आएका व्यक्ति नारायणहिटीबाट पक्राउ

काठमाडौं—काठमाडौं महानगरपालिका–२ राहदानी शाखामा राहदानी बनाउन आएका एक जना पक्राउ परेका छन्।

पेस्तोलसहित दुई पक्राउ

प्रहरीले सिरहाको मिर्चैया–१ बाट पेस्तोलसहित दुइजनालाई पक्राउ गरेको छ। पक्राउ पर्ने धनुषा सिंयाही मड्यान–३ का नागेन्द्र यादब(२४) र सिरहा विद्यानगर–८ का जाहिर राईन(३४) रहेको इलाका प्रहरी कार्यालय मिर्चैयाका डिएसपी श्यामसिंह चौधरीले जानकारी दिए।

बेवारिसे झोलामा १० लाख नगद र पेस्तोल

दार्चुला- घुसा गाविस वडा नम्बर ८ धनबोरामा एक थान पेस्तोल सहित वेवारिसे सामान फेला परेको छ। वेवारिसे अवस्थामा स्थानीयले २ झोलामा सामान देखेपछि खण्डेश्वरी प्रहरीलाई खबर गरेका थिए।

जाउलाखेलमा पेस्तोल देखाएर आतंक मच्चाउने पक्राउ

ललितपुर—ललितपुर जावलाखेल प्रहरी परिसरले पेस्तोल बोकेर आतंक मच्याउने एक व्यक्तिलाई पक्राउ गरेको छ।

ससुराली घरमा पेस्तोल राख्ने पक्राउ

सुर्खेत—भेरीगङ्गा नगरपालिका–३ स्थित ससुराली बस्दै आएका रुकुम घेत्मा–४ घर भएका ४१ बर्षीय  तुलाराम थापालाई प्रहरीले १ थान कटुवा पेस्तोल र फ्युज जडान गरेको २ थान डेटोनेटरसहित पक्राउ गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्