गृहमन्त्रीको १९१ दिन: चुनौतीपूर्ण समयमा सफलतापूर्वक निर्वाचन र सुशासनमा सुधार
मन्त्रालयको जिम्मेवारीबाट बिदा लिँदै गर्दा गृहमन्त्री अर्यालले भने, ‘हामीले ‘अवस्थालाई सामान्यीकरण’ गर्यौँ। त्यसपछि कानुनी राज्य पुनः स्थापना गर्यौँ। हामीले स्पष्ट रूपमा बुझ्यौँ-सुशासनको अभावकै कारण विद्रोह भएको हो। त्यसैले सुशासन सुधार, सेवा प्रवाहलाई छिटो, पारदर्शी र प्रभावकारी बनाउने कामलाई प्राथमिकतामा राख्यौँ।’

