१२ जेष्ठ २०७९ बिहीबार

कोरोना खोप लगाउन मान्दैनन् चेपाङ

जिल्लाको इच्छाकामना गाउँपालिका तथा कालिका, राप्ती, खैरहनी, माडी नगरपालिका र भरतपुर महानगरपालिकामा चेपाङको बसोबास रहेको छ। यी पालिकामा विसं २०६८ सालको जनगणनाअनुसार २८ हजार ९८९ चेपाङको बसोबास रहेको छ। त्यसमध्ये अहिलेसम्म छ हजार ३२७ अर्थात २१ दशमलव ८२ प्रतिशत चेपाङले कोरोनाविरुद्धको खोप लगाएका छन्। जिल्लामा रहेका सात पालिकामध्ये राप्तीमा दुई हजार ७०० चेपाङले खोप लगाएका छन्।

चेपाङ समुदायलाई खाद्यान्न सहयोग

दक्षिणी भेगमा पर्ने बेनिघाट रोराङ–२, को लाईपुर, खर्च, पान्चलिङ, भल्टार, थरीगाउ र बासखोलाका बिपन्न ६५ घर परिवारलाई प्रतिघर एक बोरा चामल सहित दाल, तेल, नुन, चिनी, साबुन पुर्याएका छन्।

भोकमरीको चपेटामा चेपाङ समुदायः खाने अन्न छैन, कन्दमुल सकियो, भोकै सुत्नुपर्छ

‘पोहोर तिर बैशाखसम्म खान पुगेको थियो यसपाली माघदेखि नै पेट अघाएको छैन’, उनले भनिन्, ‘हिजो बेलुका (बिहीबार बेलुका) कुखुरालाई भनेर राखेको आहारा खोले बनाएर खाए, भोलि के खाने, धुवाँ खान सक्दिन, ढुङगा चपाउन सक्दिन, खोज्न जान सक्दिन भोकै सुत्नुपर्छ ।’

चेपाङ समुदायमा भएको घटनाको निष्पक्ष छानबिन गर्न माग

जवाफदेहिता निगरानी समितिले चितवनको चेपाङ समुदायमा भएको घटनाको निष्पक्ष छानबिन गरी दोषीउपर कारवाही गर्न माग गरेको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्