६ चैत्र २०८२ शुक्रबार
image/svg+xml
खेल

साउथ अफ्रिकाविरुद्ध न्युजिल्यान्डको प्रभावशाली जित

साउथ अफ्रिकाविरुद्धको तेस्रो टी-२० क्रिकेटमा न्युजिल्यान्ड विजयी भएको छ। अक्ल्यान्डमा भएको खेलमा घरेलु टोलीले साउथ अफ्रिकालाई ८ विकेटले पराजित गरेको हो। योसँगै न्युजिल्यान्डले पाँच खेलको सिरिजमा २-१ को अग्रता लिएको छ।  

साउथ अफ्रिकाले दिएको १३७ रनको मध्यम लक्ष्य न्युजिल्यान्डले १६.२ ओभरमा २ विकेट गुमाएर पूरा गरेको हो। उसको जितमा टम लाथमले नटआउट ६३ र डेभोन कोन्वेले ३९ रनको योगदान गरे।  

यसअघि पहिला ब्याटिङ गरेको भ्रमणकारी टोलीले निर्धारित ओभरमा ९ विकेट गुमाएर १३६ रन बनाएको थियो। कुनै ब्याट्सम्यान जम्न नसकेको साउथ अफ्रिकाका लागि ओबानी मोकोनाले सर्वाधिक २६ रन बनाए।  

किबिज टोलीका लागि कायल जेमिन्सन, मिचेल सान्टर र बेन सियर्सले समान २ विकेट लिए।  

पहिलो खेलमा साउथ अफ्रिका ७ विकेटले विजयी भएको थियो। दोस्रोमा भने न्युजिल्यान्डले ६८ रनको जित निकालेको थियो।  

चौथो खेल आइतबार विलिङटनमा हुनेछ। 

प्रकाशित: ६ चैत्र २०८२ १७:२० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App