७ चैत्र २०८२ शनिबार
image/svg+xml
समाज

शनिबारसम्म तराई र पहाडी भू-भागमा हावाहुरी चल्ने सम्भावना

आज राति र भोलिसम्म मधेश प्रदेश लगायत कोशी, बाग्मती, लुम्बिनी प्रदेशको तराई र पहाडी भूभागमा हावाहुरी चल्ने सम्भावना रहेको छ। 

हावाहुरी चलेपछि कमजोर रुख ढल्ने, कमजोर संरचना र छाना उड्ने, विद्युत तथा सञ्चार सेवा साथै हवाई तथा सडक यातायात समेत प्रभावित हुने जोखिम रहन सक्ने हुँदा त्यसको असरबाट बच्न आवश्यक उपाय  तथा सतर्कता अपनाउनुहुन जल तथा मौसम विज्ञान विभागले अनुरोध गरेको छ।  

यो प्रणालीलाई महाशाखा अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले निरन्तर अनुगमन गरिरहेको छ र सोही अनुसार नियमित रूपमा अद्यावधिक गर्ने जानकारी दिएको छ। अद्यावधिक मौसम सूचनाको जानकारी लिन पनि विभागले अनुरोध गरेको छ। 

प्रकाशित: ६ चैत्र २०८२ १७:०९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App