‘ओबिओआरमा नेपालको सहभागिताले दुई छिमेकीबीचको सम्बन्ध नयाँ उचाईमा’
चीनका लागि नेपाली राजदूत लीलामणि पौडेलले वान बेल्ड वान रोड (ओबिओआर) परियोजनामा नेपालको सहभागिताले दुई छिमेकीबीचको सम्बन्धलाई नयाँ उचाई प्रदान गर्ने बताएका छन्। २५६१ औं बुद्ध जयन्तीका अवसरमा नेपाली दूतावास बेइजिङले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै बुधबार उनले सो सहभागिताले दुई छिमेकीबीच आर्थिक मात्र नभई सांस्कृतिक निकटता बढाउने विश्वास व्यक्त गरे।