१२ मंसिर २०८१ बुधबार
image/svg+xml

सुन प्रकरणमाथि पोखरेलको टिप्पणी: सत्तारुढ दलबाट अरुको गालामा बियाँ टास्ने धन्दा जारी छ

नेकपा एमालेका महासचिव शंकर पोखरेलले सुन प्रकरण सत्तारुढ दलले अर्को दललाई आक्षेप लगाउन खोजेको टिप्पणी गरेका छन्।

सचिव राउतले कामकाज गर्न पाउने

सर्वोच्च अदालतले थुनामुक्त गर्ने आदेशसँगै सञ्चार तथा सूचनाप्रविधि मन्त्रालयलका सचिव कृष्णबहादुर राउतले कामकाज गर्न पाउनुहुने भएका छन्।

ललितानिवास प्रकरणमा पक्राउ परेका राउतलाई थुनामुक्त गर्न आदेश

ललितानिवास जग्गा प्रकरणमा पक्राउ परेका सचिव कृष्णबहादुर राउतलाई सर्वोच्च अदालतले थुनामुक्त गर्न आदेश दिएको छ।

कांग्रेस बाराका सचिव कुट्ने प्रहरीलाई कारबाही हुन्छ: प्रहरी महानिरीक्षक कुवर

नेपाली काँग्रेस बाराका सचिव भैयाराम यादवलाई जिल्ला प्रहरी कार्यालय कलैया, बारा भित्रै कुटपिट गरेर घाइते बनाउने कार्यमा संलग्न रहेका प्रहरीलाई कारबाही गरिने प्रहरी महानिरीक्षक वसन्त कुवरले प्रतिबद्धता गरेका छन्।

सदस्य–सचिव र जुडो प्रशिक्षक मन्सुरीबीच भेट

राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङ र जर्मनीबाट नेपाल आएका जुडो प्रशिक्षक मोहम्मद मन्सुरीबीच आज भेटघाट भएको छ।चीनको हाङझावमा हुने १९ औं एसियाली खेलकुदमा सहभागी हुने जुडो खेलाडीलाई प्रशिक्षण दिन मन्सुरी दुई दिनअघि नेपाल आएका हुन्।

काँग्रेस बाराका सचिव कुट्ने प्रहरीलाई निलम्बनको माग गर्दै कलैयामा प्रदर्शन

नेपाली काँग्रेस बाराका सचिव भैयाराम यादवलाई जिल्ला प्रहरी कार्यालय कलैया, बारा भित्रै कुटपिट गरेर घाइते बनाउने कार्यमा संलग्न रहेका प्रहरीलाई निलम्बनको माग गर्दै आज पनि कलैयामा प्रदर्शन गरिएको छ।

सचिवको हाजिरीमा मन्त्रीको रातो घेरा !

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा अहिले आफूमातहतका कर्मचारीहरू कार्यालयमा आए/नआएको विषयमा छड्के गर्ने र नआएको पाइए हाजिरी कापीमा रातो घेरा लगाउने होडबाजी नै चलेको छ।

राय दिने न्यायाधीशलाई उन्मुक्ति

चर्चित ललिता निवास जग्गा प्रकरणमा तत्कालीन भौतिक, योजना तथा निर्माण मन्त्रालयबाट टिप्पणी उठ्दा ऐननियम हेर्ने कानुन विभागका उपसचिव हालका न्यायाधीश विनोदकुमार गौतमलाई उन्मुक्ति दिएर उनकै रायका आधारमा टिप्पणी उठाउने तत्कालीन अधिकृत एवं हालका सञ्चार सचिव कृष्णबहादुर राउतलाई पक्राउ गरिएको छ।

एमाले सचिवालय बैठक सम्पन्न, बागमती प्रदेश इन्चार्जमा गुरु बराल

नेकपा एमाले सचिवालय बैठक सम्पन्न भएको छ। आज बसेको बैठकले बागमती प्रदेशको इन्चार्ज गुरु बराललाई दिएको छ।

नेकपा एमालेको सचिवालय बैठक बस्दै

पछिल्लो राजनीतिक घटनाक्रमको समीक्षा गर्न नेकपा एमालेले सचिवालय बैठक बोलाएको छ। शनिबार दिउँसो १ बजे ललितपुर, च्यासलस्थित पार्टी मुख्यालयमा बस्नेगरी सचिवालय बैठक बोलाएको हो।

नेकपा एसको सचिवालय बैठक आज पनि बस्दै

नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय सचिवालय बैठक आज पनि बस्दै छ। शुक्रबार सुरु भएको बैठक नेताहरूले बोल्न क्रम जारी रहेकाले शनिबार बिहान पुनः बस्ने गरी स्थगित भएको प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए।

सचिवालयको कार्यसूची तय गर्न एमाले केन्द्रीय कार्यालय बैठक बस्दै

नेकपा (एमाले) को केन्द्रीय कार्यालयको बैठक आज बस्दै छ। ललितपुरको च्यासलस्थित पार्टी मुख्यालयमा सचिवालय बैठकको कार्यसूची तय गर्नका लागि कार्यालयको बैठक बस्न थालेको केन्द्रीय कार्यालय सचिव डा भीष्म अधिकारीले जानकारी दिए।

सचिव राउतलाई २४ घण्टाभित्र अदालतमा पेश गर्न सर्वोच्चको आदेश

सर्वोच्च अदालतले ललिता निवास प्रकरणमा पक्राउ परेका सचिव कृष्णबहादुर राउतलाई २४ घण्टाभित्र अदालतमा पेश गर्न आदेश दिएको छ।

राष्ट्रिय सहमतिको सरकार बनाउन आवश्यक: महासचिव गुरुङ

नेकपा (माओवादी केन्द्र) का महासचिव देव गुरुङले असंलग्न परराष्ट्रनीति कमजोर बन्दै गइरहेको बताएका छन।

एमालेले डाक्यो सचिवालय बैठक

पछिल्लो राजनीतिक विकासक्रमको समीक्षा गर्न नेकपा (एमाले)ले सचिवालय बैठक डाकेको छ। ललितपुर, च्यासलस्थित पार्टी मुख्यालयमा यही असार ३० गते सचिवालय बैठक डाकिएको एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्