५ जेष्ठ २०८१ शनिबार
image/svg+xml
खेल

सदस्य–सचिव र जुडो प्रशिक्षक मन्सुरीबीच भेट

राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङ र जर्मनीबाट नेपाल आएका जुडो प्रशिक्षक मोहम्मद मन्सुरीबीच आज भेटघाट भएको छ।चीनको हाङझावमा हुने १९ औं एसियाली खेलकुदमा सहभागी हुने जुडो खेलाडीलाई प्रशिक्षण दिन मन्सुरी दुई दिनअघि नेपाल आएका हुन्।

भेटका अवसरमा सदस्य–सचिव घिसिङले मन्सुरीसंग प्रशिक्षणको योजनालगायतका बारेमा जिज्ञासा राख्दै प्रशिक्षणमा परिषद्ले सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए।

इरानका पूर्व मुख्य प्रशिक्षक सातौं डान मन्सुरीलाई अन्तर्राष्ट्रिय जुडो महासंघ (आईजेएफ) ले पठाएको नेपाल जुडो संघका अध्यक्ष दीपकहर्ष वज्राचार्यले जनाएका छन्।

तत्कालका लागि उनी (मन्सुरी) लाई १९ औं एसियाली खेलकुदको तयारीमा केन्द्रीत गराउने छौं। थप कुरा एसियाली खेलकुद पछि हुनेछ।अध्यक्ष वज्राचार्यले भने।

हाङझाव एसियाडका लागि जुडोबाट समान ४–४ पुरुष/महिला गरी ८ खेलाडी प्रशिक्षणमा छन्।उनीहरुले नयाँबजारको खुशिबुँस्थित बहुउद्देश्यीय मार्सल केन्द्र (एमएमएसी) मा दिनको २ चरणमा प्रशिक्षण गरिरहेका छन् ।

प्रकाशित: ५ श्रावण २०८० ०९:१० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App