१३ आश्विन २०८१ आइतबार
image/svg+xml
समाज

सचिव राउतलाई २४ घण्टाभित्र अदालतमा पेश गर्न सर्वोच्चको आदेश

सर्वोच्च अदालतले ललिता निवास प्रकरणमा पक्राउ परेका सचिव कृष्णबहादुर राउतलाई २४ घण्टाभित्र अदालतमा पेश गर्न आदेश दिएको छ।

राउतको बन्दी प्रतक्षीकरण रिटमा सुनुवाइ गर्दै न्यायाधीश तिलप्रसाद श्रेष्ठको इजलासले २४ घण्टाभित्र बन्दीलाई हाजिर गराउन आदेश दिएको हो।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले केही दिनअघि सचिव राउतलाई विराटनगर जान लाग्दा काठमाडौं एयरपोर्टबाट नियन्त्रणमा लिएको थियो।

ललिता निवासको सरकारी जग्गा कीर्ते गरी व्यक्तिको नाममा दर्ता गरिएको प्रकरणमा तत्कालीन शाखा अधिकृत रहेका राउतले टिप्पणी उठाएको आरोप सीआईबीको छ।

पक्राउ गरेपछि उनलाई गैरकानुनी थुनामा राखेको भन्दै सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरण रिट परेको थियो।

प्रकाशित: २८ असार २०८० १०:४८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App