नेपाल, भारत, बंगलादेश र भुटानका ऊर्जा सचिवबीच भर्चुअल बैठक
नेपाल, भारत, बंगलादेश र भुटानका ऊर्जा सचिवहरुले कोरोना भाइरस (कोभिड–१९) का कारण ऊर्जा उत्पादन, माग र वितरणमा भोग्नुपरेका समस्याबारे छलफल गरेका छन्।
नेपाल, भारत, बंगलादेश र भुटानका ऊर्जा सचिवहरुले कोरोना भाइरस (कोभिड–१९) का कारण ऊर्जा उत्पादन, माग र वितरणमा भोग्नुपरेका समस्याबारे छलफल गरेका छन्।
ऊर्जा, जलश्रोत तथा सिंचाइमन्त्री वर्षमान पुनले छिमेकी भारत समक्ष नेपालबाट विद्युत खरिद गर्न आग्रह गरेका छन्। यसअघि नेपालले भारतबाट विद्युत खरिद गर्दै आएकामा अब छिट्टै नेपाल विद्युतमा आत्मनिर्भर हुने भन्दै विद्युत खरिदका लागि आवश्यक प्रक्रिया छिट्टै सक्न आग्रह गरे।
सरकारले संघ (केन्द्र), प्रदेश र स्थानीय तहबीच जलश्रोतको स्वामित्व तथा क्षेत्राधिकारको बाँडफाँड गर्ने भएको छ। ऊर्जा, जलश्रोत तथा सिंचाइ मन्त्रालयले तयार पारेको प्रस्तावित जलश्रोत नीतिमा तीनै तहका सरकारबीच जलश्रोतको क्षेत्राधिकार स्पष्ट गरिने उल्लेख छ। ठूला केन्द्रमा, मझौला प्रदेशमा र साना स्रोत स्थानीय तहमा रहने प्रस्ताव नीतिमा छ।
छिमेकी भारतले केपी शर्मा ओली नेतृत्वमा नेकपाको सरकार बनेपछि द्विपक्षीय साझेदारीमा सबैभन्दा उल्लेख्य काम उर्जा क्षेत्रमा भएको बताएको छ।
उर्जा, जलश्रोत तथा सिँचाइ र वन तथा वातावरण मन्त्रालयबीच विकास आयोजनाका काम छिटोछरितो र प्रभावकारी कसरी बनाउने भन्नेबारे मंगलबार छलफल भएको छ।
प्रदेश सरकारले ‘कर्णाली उज्यालो कार्यक्रम’ कार्यान्वयनका लागि वैकल्पिक उर्जा प्रवद्र्धन केन्द्रसँग संझौता गरेको छ। मंगलबार मुख्यमन्त्री महेन्द्रवहादुर शाहीको उपस्थितिमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव लक्ष्मीकुमारी वस्नेत र वैकल्पिक उर्जा प्रवद्र्धन केन्द्रका कार्यकारी निर्देशक मधुसुधन अधिकारीबीच समझदारी–पत्रमा हस्ताक्षर भएको छ।
संयुक्त अरब इमिरेट्स (यूएइ) ले नेपालमा सहरी फोहोरबाट आधुनिक उर्जा उत्पादन प्रयोजनका लागि एक करोड अमेरकी डलर (करिब १ अर्ब १३ करोड) रुपैयाँ सहुलियतपूर्ण कर्जा दिने भएको छ।
उर्जा, जलस्रोत तथा सिँचाईमन्त्री बर्षमान पुनले नेपाल विद्युतमा आत्मनिर्भर बन्दै गएको बताएका छन्।
उर्जा, जलस्रोत तथा सिंचाइमन्त्री वर्षमान पुनले खोटाङ, ओखलढुंगा र सोलुखुम्बुको सीमानामा बन्न लागेको ६ सय ३५ मेगावाटको दुधकोसी जलासययुक्त विद्युत आयोजनास्थलको मंगलबार निरीक्षण गरेका छन्।
नेपालमा कति परिमाणमा जलविद्युत् उत्पादन गर्न सकिन्छ भन्ने यकिन तथ्यांक अहिलेसम्म छैन । मुलुकको आर्थिक विकासका लागि ऊर्जा क्षेत्रको भूमिका महत्वपूर्ण रहेको सबैले स्वीकार गरेको कुरा हो ।
नेपालमा उर्जा क्षेत्रमा लगानी बढाउनका लागि राजधानी काठमाडौंमा उर्जा सम्मेलन सुरु भएको छ।
आगामी बिहिबार देखि राजधानी काठमाण्डौमा उर्जा सम्मेलन हुने भएको छ। आयोजक स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था नेपाल (इपान)ले सोमबार पत्रकार सम्मेलन गरी सम्मेलनबारे जानकारी गराएको हो।
जापान सरकारको औपचारिक निमन्त्रणामा जापान भ्रमणमा आएका उर्जामन्त्री वर्षमान पुन आफ्नै देशको राजदुतबाट अपमानित हुनुपरेको छ।
नेपाल विद्युत् प्राधिकरणले ३४ औ बार्षिक उत्सवको अवसरमा कर्मचारीहरुलाई बोनस दिने भएको छ। आइतबार प्रज्ञाप्रतिष्ठानमा आयोजित प्राधिकरणको ३४ औ बार्षिकोत्सवको विशेष समारोहलाई सम्बोधन गर्दै उर्जा जलश्रोत तथा सिंचाई मन्त्री बर्षमान पुनले प्राधिकरणले आर्जन गरेको मुनाफाबाट कर्मचारीलाई बोनस उपलब्ध गराउने निर्णय भएको जानकारी दिए।
स्वतन्त्र उर्जा उत्पादकको संस्था, नेपाल (इप्पान)ले भारत र बंगलादेशसँग निजी क्षेत्रलाई पनि विद्युत विक्री वितरण गर्न पाउने कानुनी व्यवस्था गर्न सरकारसँग माग गरेको छ।