२१ आश्विन २०८१ सोमबार
image/svg+xml

तीन सय विद्युतीय गाडी किन्ने योजना अलपत्र

गत पुस ९ गते बसेको मन्त्रिपरिषद् बैठकले राजधानी उपत्यकामा गुडाउने गरी तीन सय विद्युतीय बस किन्ने निर्णय गरेको थियो। निर्णय भएको पाँच महिना बितिसके पनि विद्युतीय बस किन्ने योजनाले मूर्त रुप लिन सकेको छैन।

प्रदेश सरकारलाई खेलौना उपहार !

दुई करोड बढी रुपैयाँ रकमान्तर गरेर ५४ वटा गाडी गरिद गरेको विरोधमा साझा विवेकशील पार्टी कर्णाली प्रदेश कमिटीले कर्णाली प्रदेश सरकारलाई खेलौना कार उपहार प्रदान गरेको छ। साझा विवेकशील पार्टी कर्णाली प्रदेशका संयोजक गेहेन्द्रप्रसाद दहालले विकास बजेट खर्च गर्न नसक्नु प्रदेश सरकारको असफलता भएको भन्दै विरोध स्वरुप खेलौना कार उपहार दिइएको बताए। नागरिकले दुई करोडबढी रकमान्तर गरेर गाडी खरिद गरेको समाचार प्रकाशित गरेको थियो।

भारतबाट कच्चा पदार्थ बोकेर आउने मालबाहक गाडी नरोक्न गृहको परिपत्र

सरकारले भारतबाट कच्चा पदार्थ बोकेर आउने मालबाहक गाडीहरु नरोक्न देशको तराईका जिल्ला प्रशासन कार्यालयमा परिपत्र गरेको छ।

दुई अर्बभन्दा बढी रकमान्तर, ५४ गाडी खरिद

हालसम्म ७.३७ प्रतिशतमात्रै विकास बजेट खर्च गर्न सकेको प्रदेश सरकारले रकमान्तर गरेको बजेटमध्येबाट ५४ वटा सवारीसाधन खरिद गरेको छ।

दुई अर्बबढी रकमान्तर, ५४ गाडी खरिद

आर्थिक वर्ष सकिनै लाग्दा कर्णाली प्रदेशका विभिन्न मन्त्रालयहरुले दुई खर्बबढी रकमान्तर गरेका छन्। हालसम्म ७.३७ प्रतिशत मात्रै विकास बजेट खर्च गर्न सकेको प्रदेश सरकारले रकमान्तर गरेको बजेट मध्येबाट ५४ वटा नयाँ सवारी–साधान गरिद गरेको छ।

स्थानीय तह : गाडी किन्नमै रु ११ करोड खर्च

डोटीका नौ स्थानीय तहले डेढ वर्षको अवधिमा गाडी खरीदमा झण्डै रु ११ करोड खर्च गरेका छन्। स्थानीय तहको निर्वाचन भइसकेपछि विसं २०७४ साउनदेखि विसं २०७५ चैतसम्मको अवधिमा रु १० करोड ९३ लाख ८६ हजार ८२९ गाडी खरीदमा खर्च गरेका छन्।

विकास बजेटले गाडी किन्दै संसद्

अर्थ मन्त्रालयले विकास खर्चका लागि छुट्याएको ६ करोड १६ लाख रुपैयाँ गाडी खरिदका लागि रकमान्तर भएको छ। बजेट रकमान्तर भएपछि संसद् सचिवालयले ११ वटा स्कारपियो गाडी खरिदका लागि बोलपत्र आह्वान गरेको छ।

गाडीमा पनि गडबडी

२००७ सालअघि राणाकालमा काठमाडौंका शासकले भीमफेदीको बाटोबाट गाडी बोकाएर ल्याई गुडाएको इतिहास ताजै छ । त्यतिबेला गाडी बोक्नेमध्ये केही व्यक्तिबारे अहिलेसम्म समाचार बनिरहेकै छ । हामीकहाँ सडक यातायातको विकास ढिला भएको हो । राजधानी काठमाडौंमा मात्रै सडक रहेको बेलामा समेत गाडी बोकाएर ल्याई चढेका हाम्रो यसतर्फको व्यसन निकै चर्को छ । मुलुक जतिसुकै पछौटे अवस्थामा भए पनि राज्यका निकायको पहिलो प्राथमिकता महँगा गाडी किनेर चढ्नेमै हुन्छ । भारतका सरकारी कार्यालयमा हेर्ने हो भने अहिले पनि त्यहाँ सस्ता कारहरू प्रयोग भएको देखिन्छ । हामीकहाँ भने पाएसम्म महँगै गाडी किनेर प्रयोग गर्ने चलन छ । विशेष गरी राष्ट्रिय गौरव आयोजनाका गाडीको दुरुपयोग निकै ठूलो छ । मेलम्ची खानेपानी आयोजना, सिक्टा सिँचाइ आयोजना, चमेलिया जलविद्युत् आयोजना आदिका सवारीसाधनको दुरुपयोगको कथा बेग्लै छ । यी आयोजनासँग सरोकार राख्ने मन्त्रालय, विभाग र राजनीतिक नेतृत्वले सवारीसाधन आफूखुसी प्रयोग गरेको देखिन्छ । यसरी सवारीसाधन दुरुपयोग गर्दा आयोजनाको लागत त बढ्छ नै, सँगै अनियमितता गरी व्यक्तिगत लाभका लागि सवारी प्रयोग गरेको पनि देखिन्छ ।

कृषकको अनुदान काटेर मन्त्रालयलाई गाडी

कर्णाली प्रदेश सरकारले विभिन्न ६ कार्यक्रमबाट तीन करोड ४० लाख रकमान्तर गरी गाडी खरिद गर्न लागेको छ।

सिंहदरबारका पुराना गाडी प्रदेशमा

सिंहदरबार परिसरमा केही वर्षदेखि बा१झ ६५८४ नम्बरको गाडी प्रदेश ३ सरकारको मातहत पुगेको छ। उक्त गाडी प्रदेश ३ को प्रदेश प्रमुख कार्यालयका लागि हस्तान्तरण गरिएको हो। सिंहदरबार पसिरमा थन्काइएका पुराना गाडी प्रदेश सरकार, स्थानीय तह या अन्य कुनै सरकारी कार्यालयले लिन चाहे हस्तान्तरण गर्ने निर्णय प्रधानमन्त्री कार्यालयले गरेको छ। सो निर्णयपछि गाडीको अभाव भएका प्रदेश सरकार, स्थानीय तह र अन्य सरकारी कार्यालयले विधि र प्रक्रिया पु¥याई सिंहदरबारका पुराना गाडी लिन थालेका छन्।

संसदमा उठ्यो विलासी मोटरगाडी खरिदमा रोक लगाउने माग

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसदले विलासी मोटरगाडी खरिदमा रोक लगाउन माग गरेका छन्। प्रतिनिधिसभाको बैठकमा आगामी आर्थिक वर्षको बजेटका सिद्धान्त र प्राथमिकतामाथिको छलफलमा आफ्नो धारणा राख्दै सांसद डा.डिला संग्रौलाले विलासी गाडी खरिदमा वर्षेनी अरबौं रुपैयाँ फजुल खर्च हुने गरेको भन्दै रोक्न माग गरेकी हुन्।

सिंहदरबारका पुराना गाडी प्रदेशमा

सिंहदरबार परिसरमा केही वर्षदेखि बा१झ ६५८४ नम्बरको गाडी प्रदेश ३ सरकारको मातहत पुगेको छ। उक्त गाडी प्रदेश ३ को प्रदेश प्रमुख कार्यालयका लागि हस्तान्तरण गरिएको हो। सिंहदरबार पसिरमा थन्काइएका पुराना गाडी प्रदेश सरकार, स्थानीय तह या अन्य कुनै सरकारी कार्यालयले लिन चाहे हस्तान्तरण गर्ने निर्णय प्रधानमन्त्री कार्यालयले गरेको छ। सो निर्णयपछि गाडीको अभाव भएका प्रदेश सरकार, स्थानीय तह र अन्य सरकारी कार्यालयले विधि र प्रक्रिया पु¥याई सिंहदरबारका पुराना गाडी लिन थालेका छन्।

कुखुरा बोक्ने गाडी दुर्घटना हुँदा एकको मृत्यु

रुकुम (पश्चिम)मा पिकअप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। मुसिकोट नगरपालिका ६ भण्डारीकाँडामा कुखुरा बोक्ने गाडी दुर्घटना हुँदा त्रिवेणी गाउँपालिकाका अन्दाजी ४० वर्षीय लिलबहादुर बाँठाको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ। रुकुम (पूर्व)को रुकुमकोटबाट रुकुम (पश्चिम)को मुसीकोटतर्फ आउँदै गरेको लु १ च ७५१४ नम्बरको गाडी शनिबार दिउँसो ४ बजेतिर दुर्घटना भएको थियो।

पदाधिकारी मनोनयन नहुँदै ६ वटा गाडी

मुस्लिम आयोगले पदाधिकारी मनोनयन नगरी पदाधिकारीका लागि भन्दै ६ वटा नयाँ गाडी खरिद गर्ने प्रक्रिया सुरु गरेको छ। नयाँ गाडी खरिदका लागि २/३ दिनभित्रै टेन्डर प्रक्रिया सुरु गर्ने र तीमध्ये एउटा गाडीचाहिँ फास्ट ट्र्याकबाट तत्काल खरिद गर्ने गरी आयोगले तयारी सुरु गरेको हो।

खुम्बुमा पहिलो पटक गाडी पुग्यो

विश्वको सर्वोच्च शिखर सगरमाथा रहेको खुम्बुपासाङल्हामु गाउँपालिकामा पहिलोपटक गाडी पुगेको छ। सल्लेरीदेखि माप्यदूधकोशी गाउँपालिका हुँदै खुम्बुपासाङल्हामु–१ खरिखोला जोडिएको सडकको मङ्गलबार प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले उद्घाटन गरे।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्