९ मंसिर २०८१ आइतबार
image/svg+xml

बन्न सकेन चालक अनुमतिपत्र ‘स्मार्ट’

एक वर्ष पहिले चालक अनुमतिपत्र नवीकरणका लागि एकान्तकुनास्थित कार्यालयमा गएका भक्तपुरका पुजन फुँयाल यसबीचमा तीन पटकसम्म कार्यालय पुगिसकेका छन्। यस पटक पहिले यातायात विभागमा सम्पर्क गर्दा सन् २०२१ का सबै कार्ड छापी सकिएको भनेकाले आफू कार्यालय पुगेको उनले बताए।

बैंककमा चिनियाँ क्यासिनो सञ्चालक पक्राउ

'सरकारी वकिलले अर्को हप्ता फौजदारी अदालतमा (अस्थायी गिरफ्तारी) का लागि अनुरोध पेश गर्नेछन्।' इन्टरपोलले मे २०२१ मा प्रकाशित गरेको र एएफपीले प्राप्त गरेको रेड नोटिसमा भनिएको छ, 'उनी चीनमा क्यासिनो सञ्चालनसँग सम्बन्धित आपराधिक आरोपको सामना गरिरहेका छन् र उनलाई अधिकतम १० वर्षको जेल सजाय हुन सक्छ।'

ट्र्याक्टर चालक मृतावस्थामा फेला

हिङ्माङको नाकबाट रगत बगिरहेको देखिएको घटनास्थलमा पुगेको प्रहरी निरीक्षक रोमणराज अर्यालले बताएर्। 'अनुसन्धान भइरहेको छ, उनले भने, 'शव परीक्षण रिपोर्ट आएपछि मात्र यथार्थ भन्न सकिन्छ।'

प्रसाईंले दुबईबाट १६ जनाको शव ल्याउने

१६ जनाको शव ल्याउनका लागि दुबईका अध्यक्ष शेख महम्मद जायद अल नायनसँग कुरा गरेको र दुवईस्थित विभिन्न नेपाली संघसंस्थासँग समन्वय गरिसकेको उनले बताए। प्रतिशव ४ लाख नेपाली रुपैयाँ आफैं खर्च गरेर ल्याउने उनले बताएका हुन्।

युवा संघद्वारा यातायात कार्यालय घेराउ

सवारी चालक अनुमति पत्र वितवरणमा ढिलासुस्ती भएको भन्दै राष्ट्रिय युवा संघ नेपालले सोमबार यातायात व्यवस्था कार्यालय घेराउ गरेको छ। संघले अनुमति पत्र वितरणमा व्यापक लापरवाही, अनियमितता हुने गरेको भन्दै कार्यालय घेराउ गरेको हो।

चितवनबाट लाइसेन्स वितरण प्रकृया रोक्न सर्वोच्चको आदेश

सर्वोच्च अदालतले चितवनबाट सवारी चालक अनुमतिपत्र (लाइसेन्स) वितरणको प्रकृया रोक्न आदेश दिएको छ। अनियमिता भएको भन्दै निवेदन परेपछि अर्को निर्णय नहुँदासम्म सम्पूर्ण काम रोक्न सर्वोच्च अदालतले आदेश दिएको हो।

चालक अनुमति पत्रको प्रयोगात्मक परीक्षा साउनदेखि चितवनबाट

जिल्लामा पहिलो पटक सवारी चालक अनुमतिपत्रको प्रयोगात्मक परीक्षा हुने भएको छ। आगामी साउन दोस्रो साताबाट परीक्षा लिने गरी तयारी गरिएको छ।

सिप्रदीको राष्ट्रिय सवारी चालक प्रशिक्षण कार्यक्रम सम्पन्न

सिप्रदी ट्रेडिङ प्रालि र सिप्रदीयन सहायता संस्थाको सहकार्यमा राष्ट्रिय सवारी चालक तालिम कार्यक्रम सम्पन्न भएको छ।

सरकारको निर्णयप्रति आपत्ति जनाउँदै वायुसेवा सञ्चालक संघ

वायुसेवा सञ्चालक संघले एक विज्ञप्ति जारी गर्दै सरकारको निर्णयप्रति आपत्ति जनाएको छ। वायुसेवा सञ्चालकहरूले हवाई इन्धनको मूल्य नघटाएको भन्दै सरकारप्रति आपत्ति जनाएको हो।

भ्रष्टाचार गर्ने २१ जनाविरुद्ध मुद्दा

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले सवारी चालक अनुमतिपत्रमा चलखेल गरेको भन्दै कर्मचारी, बिचौलिया गरी १७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता गरेको छ।

वायुसेवा संघको गैरजिम्मेवारी आपत्कालीन उडान पनि नगर्ने

वायुसेवा सञ्चालक संघले बुधबारदेखि देशभर आन्तरिक उडान बन्द गर्ने घोषणा गरेको छ। नेपाल नागरिक उड्डयन प्राधिकरणले दुई दिनअघि विभिन्न कम्पनीका ५५ वटा विमान र हेलिकोप्टरले रातिको समयमा काठमाडौंबाहिर तोकिएका आधार विमानस्थलमा पार्किङ गर्नुपर्ने निर्णय गरेको थियो।

जेठ दोस्रो सातादेखि सवारी चालक अनुमतिपत्र

बागमती प्रदेशको श्रम, रोजगार तथा यातायात मन्त्रालयका सचिव नेत्र शर्माका अनुसार यही वैशाख २ गते प्रयोगात्मक परीक्षाका लागि परामर्श सेवा प्रस्ताव आह्वान गरिएको छ।

बझाङमा जीप दुर्घटना हुँदा चालकको मृत्यु

बझाङको छविसपाथिभेरा गाउँपालिका–१ भाँडेबजारस्थित किन्द्राल भिरमा जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ।

दुई महिनामा बाँकी सेवाग्राहीको चालक अनुमतिपत्र परीक्षा लिइसकिने

अबको दुई महिनामा चालक अनुमतिपत्र परीक्षाका लागि फारम भरेका सबैको परीक्षा लिइसकिने योजना बनाइएको छ।

ग्रिनलाइन सेन्टर प्रालिका संचालक अमित अग्रवाल पक्राउ

बैंकिङ कसुरको मुद्दामा मदिरा स्टोर ग्रिनलाइन सेन्टर प्रालिका सञ्चालक अग्रवाललाई चेक बाउन्सको उजुरीका आधारमा प्रहरी परिसर काठमाडौंले पक्राउ गरेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्