१९ असार २०८१ बुधबार
image/svg+xml
समाज

भ्रष्टाचार गर्ने २१ जनाविरुद्ध मुद्दा

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले सवारी चालक अनुमतिपत्रमा चलखेल गरेको भन्दै कर्मचारी, बिचौलिया गरी १७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता गरेको छ।

यातायात व्यवस्था कार्यालय, सवारी चालक अनुमतिपत्र एकान्तकुना ललितपुरका तत्कालीन कार्यालय प्रमुखहरू सम्बरबहादुर कार्की र राजुभाई कुस्मा, मेकानिकल इन्जिनियर विजयराज गिरीसमेत १२ जना कर्मचारी र ५ जना बिचौलियासमेत गरी १७ जनाउपर गैरकानुनी रूपमा सरकारी कागजात सच्याएर भ्रष्टाचार गरेको भन्दै मंगलबार आरोप–पत्र दर्ता गरेको हो।

एकान्तकुनामा ‘सिन्धुली फोटोकपी सेन्टर’का सञ्चालक बाबुराम शर्मा समेतले विचौलिया मार्फत चालक अनुमति पत्र सेटिङ गरेको भन्दै भ्रष्टाचार मुद्दा दर्ता भएको हो।

सवारी चालक अनुमतिपत्रको नवीकरण गर्ने सम्बन्धमा गलत नियतले मातहतका कर्मचारीहरूलाई अख्तियारी प्रदान गरेको र मेकानिकल इन्जिनियर विजयराज गिरी, सहायक स्तर कमल स्याङतान, सिनियर मेकानिक्स अच्युतप्रसाद फुयाल, करार सेवामा कार्यरत कम्प्युटर अपरेटरहरू प्रकाश कार्की, रेजु भट्टराई, रोशन राजभण्डारी, श्यामसुन्दर चौधरी, लक्ष्मी श्रेष्ठ, माया सेठी, रिचा श्रेष्ठ समेतले सवारी चालक अनुमतिपत्रको नवीकरण गर्दा पदको दुरूपयोग गरेका थिए।

आफ्नो जिम्मेवारी अन्तर्गतको काममा अख्तियारीको दुरूपयोग गरी आव २०७७/०७८ र २०८९/०७९ साउन र भदौ महिनामा १४ महिनाको अवधिमा विचौलियाहरू हरिभक्त श्रेष्ठ, बाबुराम शर्मा भन्ने उद्धवबहादुर खत्री, दीपक विश्वकर्मा, गणेश अधिकारी र नरेन शाक्य समेतको मिलेमतोमा नवीकरण नभएका, स्वतः रद्द भएका सवारी चालकको नाममा जारी भएको सवारी चालक अनुमति पत्र गैरकानुनी रूपमा नवीकरणको बाटोबाट काम गरेको भेटिएको हो।

त्यसैगरी ५ सय ३३ जना नयाँ व्यक्तिको नाममा जारी गरेर सरकारी कागजात सच्याई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ११ बमोजिमको कसुर गरेकोले अख्तियारको ठहर छ। भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ११ बमोजिम कसुर गरेको भन्दै सजायको मागदाबीसहित विशेष अदालत काठमाडौंमा आरोपपत्र दर्ता भएको हो।

प्रकाशित: ८ असार २०७९ ०५:१७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App