२२ आश्विन २०८१ मंगलबार
image/svg+xml

कालीगण्डकी नदीमा कायाकिङ र र्‍याफ्टिङ प्रतियोगिता हुने

कालिगण्डकी नदीमा राष्ट्रिय र्‍याफ्टिङ तथा कायाकिङ प्रतियोगिता हुने भएको छ। गण्डकी प्रदेश खेलकुद परिषद र नेपाल र्‍याफ्टिङ एण्ड कनुसंघको सयुंक्त आयोजनामा प्रतियोगिता गर्न थालिएको हो।

स्थानीय तहमा ‘ह्वाइट गोल्ड’: कतै नदीमै, कतै खोसाखोस

‘स्थानीय तहका लागि ह्वाइट गोल्ड मानिएको ढुंगा गिटी, बालुवालाई निश्चित मात्रामा उत्खनन गर्नु ठीक हो तर अहिले जथाभावी भइरहेको छ । जथाभावी होइन, सन्तुलन मिलाएर निकाल्नुपर्छ । ५० औं वर्षदेखि नदीखोलामा जम्मा भएको सामग्री केही वर्षमै निकाले निमिट्यान्न पार्ने हो भने यसले दीर्घकालीन असर निम्त्याउँछ : दीपकबावु कँडेल, प्रमुख, पालुङटार नगरपालिका

प्रधानमन्त्री ओली भन्छन्ः विद्युत बेचेर नेपाल धनी हुँदैछ

उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ दानास्थित २२० केभी सबस्टेशन, प्रसारण लाईन र पर्वतको कुश्मा नगरपालिका–२ खुर्कोटमा रहेको १३२ केभी क्षमताको प्रधानमन्त्री केपी शर्मा ओलीले विहीबार काठमाडौंबाटै भर्चुअल उदघाटन गरेका छन् ।

कालिगण्डकीले ब्यापक कटान

माथिल्लो क्षेत्रमा अधिक बर्षासँगै आएको बाढीले उत्तरी म्याग्दीमा ब्यापक क्षति पुर्‍याएको छ । सोमबार दिउँसो अन्नपूर्ण गाउँपालिका–३ दानाको रुप्से झरनामा बाढी आएपछि झरना नजिक रहेको करिब ७० लाखको लागतमा निर्मित सुर्वण खत्रीको रेष्टुरेन्ट, पार्किङमा राखिएको बस, स्काभेटर समेत बगाएको छ ।

जोमसोम–कोरला नाका तीन दिन बन्द हुने

राष्ट्रिय गौरवको कालिगण्डकी करिडोर सडक आयोजनाअन्तर्गत मुस्ताङको जोमसोम–कोरला सडक तीन दिन बन्द गरिने भएको छ।

कालिगण्डकी नदीमा युवक बेपत्ता

वल्डलिंङ्क कम्युनिकेशनको फाईवर तार तान्नेक्रममा एक कर्मचारी कालिगण्डकी नदीमा बेपत्ता भएका छन्। इन्टरनेटको तार तान्ने क्रममा २४ वर्षिय जय किशोर यादव कालीगण्डकी नदीमा बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ।

मुख्यमन्त्रीलाई म फकाउँछु,  तिनाउमा कालिगण्डकीको पानी आउँछः महासचिव पौडेल

हरेक पटक बुटवलमा हुने कार्यक्रममा कालिगण्डकी डाइभर्सनको कुरा उठाउने नेता पौडेलले आर्थिक वर्ष २०७६/७७ को अन्त्यसम्ममा डाइभर्सनको विस्तृत अध्ययन प्रतिवेदन (डिपिआर) तयार हुने दावी गरे।

कालिगण्डकी डाईभर्सन गर्दा देवघाटको अवस्था के हुन्छ ?

काठमाडौं- नेपाल कम्युनिस्ट पार्टीका सांसद खगराज अधिकारीले कालिगण्डकी डाईभर्सनबारे प्रष्ट पार्न माग गरेका छन्। सोमबार संसदको शून्य समयमा बोल्दै अधिकारीले कालिगण्डकी डाईभर्सनले पवित्र धाम देवघाट, केलादीघाट र सबै धामहरुको के अवस्था हुन्छ ? भन्दै प्रश्न गरे।

कालिगण्डकीमा र्‍याफ्टिङ महोत्सव

कालीगण्डकी नदीमा र्‍याफ्टिङ महोत्सव गरिएको छ। पाल्पा र स्याङ्जाको उत्तरवाहिनी क्षेत्रबाट शुक्रबार सुरु भएको र्‍याफ्टीङ महोत्सव शनिबार पुट्टारघाटसम्म पुगेर सकिँदैछ।

पहिराेले कालीगण्डकी नदी थुनियाे, सावधानी अपनाउन आग्रह

मुस्ताङको घरापजोङ गाउँपालिका-१ मा गएको पहिरोका कारण कालीगण्डकी नदी केहि मात्रामा थुनिन पुगेको छ।

कालिगण्डकीमा खसेको जीपका चालक एकसातापछि सम्पर्कमा आए

रघुगंगा गाउँपालिका–१ तिप्ल्याङबाट कालिगण्डकीमा खसेको जीपका चालक एक सातापछि सम्पर्कमा आएका छन्। अन्नपूर्ण गाउँपालिका–७ घराम्दी देखि बेनी आउँदै गरेको लु २ च २४५४ नम्बरको जीप तिप्ल्याङको काले ओडार र गाँउगोडाको सीमानामा दुर्घटना हुँदा बेनी नगरपालिका–९ काउलेगौँडाका ३२ बर्षीय रवी खड्का र घराम्दीकी २० बर्षीया सबिता नेपाली  सम्पर्कविहिन भएका थिए।

कालिगण्डकी दोहन रोक्न अदालतको आदेश

उच्च अदालत पोखराको बागलुङ इजलासले कालिगण्डकी नदीमा डोजर, स्काभेटर प्रयोग गरेर गिटी, बालुवा निकाल्न रोक लगाएको छ। बागलुङ नगरपालिका—१ का टेकबहादुर सार्कीले कालिगण्डकी नदीको वहाव परिवर्तन गर्ने गरी ढुंगा, गिटी, बालुवा झिक्दा वातावरणीय रूपमा नकारात्मक प्रभाव परेकाले त्यसलाई रोक्न माग गर्दै दिएको निवेदनमा अदालतले निषेधाज्ञायुक्त परमादेश जारी गरेको हो।

एक्साभेटर लगाएर कालिगण्डकी दोहन

अव्यवस्थितरुपमा गिटी वालुवा झिक्दा कालिगण्डकी नदी संकटमा परेको छ। उच्च अधिकारीहरुकै मिलेमतोमा नदीमा दोहन बढेको हो। निर्माण सामाग्री अभाव भएको बहाना बनाएर क्रसर ब्यवसायीले खुलमखुला नदीमा एक्साभेटर र डोजर लगाएर दोहन तिब्र पारेका हुन। केही दिनअघि जिल्ला समन्वय समितिमा गोप्य छलफल गरी क्रसर ब्यवसायीले नदीमा नदीजन्य बस्तुको उत्खनन्लाई तिब्र बनाएका हुन।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्