९ मंसिर २०८१ आइतबार
image/svg+xml

‘सहर सोचजस्तै भएन’

गाउँभन्दा अलि फरक, आधुनिकता झल्कने, मौलिकता बोकेको र सुविधायुक्त ठाउँ नै सहर हो। मेरो विचारमा सहर सर्वगुण सम्पन्न हुनुपर्छ। सहरमा बस्नेहरुको जीवन सुरक्षित र सुखदायी हुनुपर्छ। पूर्वाधारयुक्त निर्माण व्यवस्थित किसिमले गरिएका हुन्छ। त्यहाँ ऐतिहासिक कलाकृति सजाइएको हुन्छ। तर, दुभाग्र्य ! हाम्रा सहर हामीले जे सोचका थियौं त्यही किसिमका भएनन्। सहरमा फोहरै फोहर मात्रै देखिन्छ। यातायात पनि अस्तव्यस्त छ। सहर यस्तो होला भनेर जुन परिकल्पनाका साथ गाउँबाट सहर पसिन्छ त्यो अनुसारको सहर देखिन्न। सहर पसेपछि झन् दुःख सुरु हुन्छन्।

गैगए, भक्त तामाङ ‘नयाँ घर’को सपनामै

भूकम्प गएको ४५ महिना बितेछ। यसले गरेको विनाश, दिएको चोट र क्षतिको कुरा धेरै गरियो। बोलियो अनि लेखियो पनि। तर समस्याहरू खातका खात बाँकी छन्। लेखाइको माध्यमबाट सरोकारवालाहरूको ध्यानाकर्षण र पीडितलाई न्याय दिलाउन सकिन्छ कि भनेर लेख्ने प्रयास निरन्तर गरिरहेकी छु।

‘काठमाडौंले आफ्नो अस्तित्व गुमाइसकेको छ’

पोखरा र धरान निकै मनपर्छ। पोखरा नेपालको शान्त र रमणीय सहरभित्र पर्छ। यो सहरको सबै पक्ष व्यवस्थित छ। पोखरामा धुँवाधुलो र प्रदूषण कतै देखिँदैन। फराकिला सडक, फेवाताल र सहर वरिपरिका पर्यटकीय मार्गले पोखरा पर्यटकको आकर्षण केन्द्र बनेको छ।

‘काठमाडौं असहज बन्दै छ’

विकास थोरै भए पनि त्यतिबेलाको काठमाडौं सरल थियो। काठमाडौंमा बस्न रमाइलो लाग्थ्यो। बाहिरबाट र यहाँका स्थानीयबीच त्यति राम्रो सम्बन्ध नभए पनि त्यतिबेला काठमाडौं राम्रो लाग्थ्यो। त्यतिबेला यो ठाउँ निकै शान्त थियो। सबैतिर सुन्दर थियो।

शहिद दिवसलाई औपचारिकतामा मात्र सिमित नगरियोस्

शहिद सम्मानित शब्द हो। शहीद चेतनाका स्रोत, क्रान्तिका अग्रणी योद्धा हुन्। शहीदहरुले आफ्नो जीवनको प्रवाहनगरी मुलुकवासीलाई निरंकुशताबाट मुक्तपारे। जनतालाई अधिकार दिलाए, कर्तव्य सिकाए। आफु उभिएको माटोलाई माया गर्न सिकाए।

यसरी पो हुन्छ कि मातृभूमिको सम्मान ?

विश्वभरका मानिसको सपना थलो– अमेरिका। डाक्टर, प्राध्यापक,इन्जिनियर, होटल सञ्चालक धेरै पद र ओहोदामा देखिए नेपालीहरू। दाजु–भाइमात्र हैन, दिदी–बहिनी पनि डा. हेड नर्स,वैज्ञानिक आदि पदमा आसीन देख्दा खुसी चुलिनु स्वाभाविकै थियो। यात्राका क्रममाभेटिएका उर्मिला निर्दोषी, कमला न्यौपाने, डा. सविना, मिना भट्टाई, सुस्मिता अधिकारी, प्रतिमा आचार्य आदिको अवस्था र स्थिति सराहनीय लाग्यो।

'सहर बैगुन र विरतक्त लाग्दाे बनेकाे छु'

मलाई घरहरू टाँसिएको र मनहरू टाढिएको ठाउँ जस्तो लाग्दछ सहर । गाउँमा घर टाढाटाढा हुन्छन् तर मन नजिक हुन्छ । सहर कंक्रिटको जंगल हो । जहाँ बर्सात्को पानीले निकास पाउँदैन । कोलाहल, धुलोधुवाँ र भीडभाडबाट हैरान भएर सहरबासीहरू ‘फ्रेस’ हुन बाहिर घुमफिरमा जान थालेका छन् । यहाँ सबै एकले अर्कालाई पछार्ने दौडमा छन् तर कोही पनि गन्तव्यमा पुगेका छैनन् ।

सगरमाथा सपना

वर्ष दिन अगाडि माघमा हरि बुढा मगरलाई ललितपुरस्थित उनकै घरमा भेट्दा अनुहार उदास थियो।  दुबै खुट्टा गुमे पनि सगरमाथा चुचुरो चुम्ने उनको सपना सरकारी नियमका कारण अन्यौलमा थियो।  सरकारले पर्वतारोहण सम्बन्धी नियमावली २०५९ संशोधन गरी दुई हात वा खुट्टा नभएको वा दुवै आँखाले देख्न नसक्नेलाई आरोहण अनुमतिमा रोक लगाएका कारण सन् २०१९ मा सगरमाथा चढ्ने योजना ‘पोष्टपोन्ड’ गर्दे उनी बेलायत लागेका थिए।

‘काठमाडौं झन्झन बिग्रँदै गएको छ’

सुविधायुक्त ठाउँ नै सहर हो। सहरभित्र अनेक कलासंस्कृति र सभ्यता लुकेका हुन्छन्। सहरको जनघनत्व बढी भए पनि त्यहाँको प्रशासनले सहरका हरेक पक्षलाई चुस्त दुरुस्त राखेको हुन्छ।

‘सहर दिक्कलाग्दो छ’

सबै कुराको सुविधा भएको ठाउँ हो सहर। सहर मान्छेको रहर हो। आधारभूत आवश्यकता पूरा गर्न सक्ने सुविधायुक्त बस्ती नै सहर हो। सहरमा खानेपानी, शिक्षा, स्वास्थ्य, सुरक्षा, यातायात जस्ता सबैखाले सुविधा हुन्छन्। यहाँ रोजगारीका लागि अवसर पाइन्छन्।

‘काठमाडौंलाई भाडाको घर सम्झियौंँ’

व्यवस्थित भौतिक पूर्वाधार भएको सुविधायुक्त ठाउँ नै सहर हो। सहरमा इतिहास र मौलिकता झल्कने गरी आधुनिकताले छाप छाडेको हुन्छ। त्यहाँ देशका मुख्य चिनारीहरू सजाएर राखिएका हुन्छन्। गाउँ र सहरको समिश्रण छनक पनि सहरमा भेटिन्छ।

‘काठमाडौंले बढी भार खेप्यो’

‘जगल्टिएका तारलाई हेर्दा थाहा हुन्छ, काठमाडौं कति कुरूप र असुरक्षित छ भन्ने। यसले सहरलाई नै भद्रगोल बनाएको छ। तारलाई भूमिगत बनाउन जरुरी छ। यहाँको जनघनत्व पनि बढी छ। अर्को कुरा, सहरमा नीति–नियमको अभ्यास नै राम्ररी भएन। त्यसकारण पनि सहर बिग्रियो भन्ने लाग्छ।’

पानी छैन, केबलकारको सपना !

दक्षिण ललितपुरमा पर्नेे माझखण्डवासीलाई हिउँद–बर्खा खानेपानीको हाहाकार पर्छ। पशुपालन, कृषि र पर्यटन सम्भावना बोकेको यो क्षेत्रमा सबैभन्दा ठूलो समस्या भनेकै खानेपानी हो। पानी नहुँदा किसानहरूले खेतिपाती गर्न पाएका छैनन्।

कांग्रेसको निद्रा

जर्मन कवि जोन गोथेको शब्द सापटी लिएर भन्नुपर्दा, ‘साना सपना नदेख्नुहोस्, तिनमा मानव हृदय हल्लाउने तागत हुँदैन।’ निश्चय नै गणतन्त्र आएको १२ वर्ष हुनलाग्दा पनि हाम्रा राजनीतिक नायकहरू साना सपना नै विपना बनाउने भनेर दललाई गुटीय गञ्जकभित्र बन्दी पार्ने दुष्प्रयासमा ज्यूँका त्यूँ छन्।

‘सहरमा लुकेको सम्भावना खोजी भएन’

तपाईँको बुझाईमा सहर भनेको के हो ? मानवीय आवश्यता परिपूर्ति गर्न सक्ने सुविधासम्पन्न व्यवस्थित बस्तीलाई नै सहर मान्न सकिन्छ। मसँग विदेशी मुलुकका सुविधासम्पन्न सहर घुमेको अनुभव छ। त्यसकारण पनि मैले सहरलाई अलि फरक ढंगले बुझेको छु। शिक्षा, स्वास्थ्य, रोजगार, सुरक्षा, उद्योगलगायत यावत पक्षलाई व्यवस्थित पारेर बनाइएको भूगोल सहर हो। सहरको जनघनत्व स्वभाविक रूपमै बढी हुन्छ। तर, त्यही अनुसारको पूर्वतयारी पनि अपनाइएको हुन्छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्