२ मंसिर २०८१ आइतबार
image/svg+xml

बाबुराम भट्टराईले ट्विटरमा नाम राखे 'नियमित हात धोऔं'

समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईले आफ्नो ट्विटरको नाम 'नियमित हात धोऔं' राखेका छन्।

सरकारले भन्यो : घरबाहिर ननिस्कनु, २५ जना भन्दा बढी भेला नहुनु

सरकारले अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन र सार्वजनिक स्थलमा २५ जना भन्दा बढी भेला नहुन सबैलाई आव्हन गरेको छ।

वैशाख १८ सम्म सिनेमा हल, जीम र डान्स बार बन्द गर्ने सरकारको निर्णय

कोरोना भाइरसको सङ्क्रमण नियन्त्रणका लागि सरकारले सिनेमा हल, खेलस्थल, जिम, नाइट डान्स बार तथा क्लब लगायतलाई बन्द गर्ने निर्णय गरेको छ।

सावुन पानीले हात धुने ३३ प्रतिशत मात्रै !

कोरोना भाइरसबाट बच्नको लागि सावुन पानीले हात धुनुलाई प्रभावकारी मानिएको छ। विश्व स्वास्थ्य संगठनले पनि बारम्बार सावुन पानीले हात धुन अपिल गरेको छ। तर धेरै मानिसहरु यो आधारभुत कुरामा समेत पहुँच राख्न नसक्ने अवस्थामा छन्।

कोरोनाविरुद्ध सेनाको आन्तरिक तयारी तीव्र (फोटोफिचर)

नेपाली सेनाले कोरोना संक्रमणको जोखिमलाई मध्यनजर गर्दै आफ्नो आन्तरिक तयारी तीव्र पारेको छ। सेनाले आन्तरिक तयारी स्वरुप सैनिक मुख्यालयमा अस्थायी टेन्ट निर्माण गरी आफ्ना चिकित्सकहरुलाई तामिल दिएको छ। उपत्यका बाहिरका नेपाली सेनाका अस्पतालहरुमा कार्यरत चिकित्सकहरुलाई तालिम दिएको हो।

कोरोना कहर : एनआरएनले बनायो समिति

विश्वव्यापी प्रकोप बनेको नोभेल कोरोना भइरसको नेपालमा सम्भावित संक्रमण र विस्तार रोक्न गैरआवासीय नेपाली संघ (एनआरएनए) ले उच्चस्तरीय समिति गठन गरेको छ।

युएईमा कोरोना संक्रमित २ नेपालीको अवस्था स्थिर , दूतावासका सेवाहरु कटौती

युएईमा कोरोना भाईरसको संक्रमण पुष्टि भएका २ नेपालीको अवस्था स्थिर रहेको नेपाली दूतावासले जनाएको छ। कोरोना भाईरसको रोकथाम तथा नियन्त्रणका लागी उच्च सतर्कता अपनाएको युएईले यसबाट प्रभावितहरुलाई व्यवस्थितरूपमा उपचार गरिरहेको दूतावासको भनाई छ।

कोरोना कहर : अमेरिकामा रहेका नेपालीमा त्रास, व्यवसाय ठप्प

विश्वभर फैलिरहेको कोरोना भाईरसको असर अमेरिकामा बस्ने नेपालीहरुमा पनि पर्न थालेको छ। हालसम्म अमेरिकास्थित दूतावास र गैरआवासीय नपाली संघका अनुसार हालसम्म कोहो पनि नेपाली संक्रमित भएका छैनन्। अमेरिकास्थित नेपाली दूतावासले भाईरस संक्रमणबाट बच्ने उपायका बारेमा विज्ञ डाक्टरहरुसंग सम्पर्क गर्न भनी सूचना दिई रहेको राजदूत डा अर्जुन कार्कीले बताए।

सीमा नाकामा कोरोना नियन्त्रणको प्रयास फितलो

टीकापुर नगरपालिका–९ खक्रौलास्थित सीमा नाकामा कोरोना नियन्त्रणको प्रयास निकै फितलो भएको छ। त्यहाँ दिनहुँ करीब २ हजारको संख्यामा मानिस ओहोरदोहोर गर्छन्। उनीहरु कसैलाई पनि कोरोना भाइरस भए नभएको बारेमा चेकजाँच गरिदैन।

बंशिलाघाटमा जन्तेढुंगा गाउँपालिकाको हेल्पडेस्क

कोरोना भाइरस भित्रिन नदिन खोटाङको जन्तेढुंगा गाउँपालिकाले प्रमुख नाकामा हेल्पडेक्स खडा गरेको छ। जताततै कोरोनाको त्रास फैलिरहेका बेला जन्तेढुंगा गाउँपालिकाले बराहपोखरी गाउँपालिका–५ पौवासेरामा पर्ने बंशिलाघाटमा स्वास्थ्यकर्मी खटाएर हेल्पडेस्क खडा गरेको हो। गत शुक्रबार बसेको गाउँ कार्यपालिकाको बैठकको निर्णय अनुसार बंशिलाघाटमा आइतबारदेखि हेल्पडेक्स स्थापना गरिएको गाउँपालिकाका स्वास्थ्य शाखा संयोजक पवन पोखरेलले बताए।

कोरोना भाइरसको संक्रमणविरुद्ध मानव शरीर कसरी लड्‍छ ?

अस्ट्रेलियाका वैज्ञानिकहरुले कोरोना भाइरसका विरुद्ध मानव शरीरले कसरी प्रतिरोध गर्छ भन्नेबारे अध्ययन गरेका छन्। उनीहरुको सोध नेचर मेडिसीन जर्नलमा प्रकाशित भएको छ।

स्वास्थ्य जाँचविना नेपाल–भारत प्रवेश गर्न नपाइने

विश्वव्यापीरूपमा फैलिँदै गएको कोरोना भाइरसको सङ्क्रमण रोकथामका लागि स्वास्थ्य जाँचबिना नेपाल–भारत प्रवेशमा रोक लगाइने भएको छ।

दुरुपयोग नहोस् सहुलियत

यतिबेला कोरोना भाइरस (कोभिड–१९) ले विश्व नै आतंकित छ। गत डिसेम्बर अन्त्यतिर चीनको उहानमा देखापरेको यो भाइरस अहिले १४० मुलुक पुगिसकेको छ। विश्व स्वास्थ्य संगठनले यसको संक्रमणलाई ‘महामारी’ भनिसकेको छ।

कोरोना भाइरस र हाम्रो भान्छा

घिउ वा तेलमा मेथी र बेसार फुराएर तरकारीलगायत परिकार बनाउने तरिका, दूधमा बेसार मिसाएर सेवन गर्ने संस्कार, अनि तातो पानीमा कागती र मह मिसाएर पिउने प्रचलन आफैंमा रोग निरोधात्मक उपाय हुन्।

रसुवा भन्सारले फागुनमा २.५ प्रतिशत राजस्व उठायाे

विश्वव्यापी फैलिएको कोरोना भाइरस (कोभिड–१९) का कारण रसुवागढी नाका बन्द भएपछि राजस्व संकलन प्रभावित भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्