७ आश्विन २०८१ सोमबार
image/svg+xml

मुलुकभरि श्रीपञ्चमी मनाइँदै, विद्यालयमा सरस्वती पूजा

आज सरस्वती पूजा अर्थात् श्रीपञ्चमी। माघ शुक्ल पञ्चमीका दिन विद्याकी देवी सरस्वतीको पूजा आराधना गरी यो पर्व मनाउने गरिन्छ। वसन्त पञ्चमीका दिन सरस्वतीको पूजा गरे विद्या, बुद्धि बढ्ने विश्वास सहित सरस्वतीको विशेष पुजाआराधना गरिन्छ।  आजको दिनमा ज्ञानका पारखीहरु सरस्वतीको उपासनामा व्यस्त बनेका छन। खासगरी बिद्यालयहरुमा सरस्वती पूजा धुमधामसंग मनाइदैछ।

हलेसीमा भुटानकी मुमा बडामरानी वाङ्चुक, पूजामा ब्यस्त

भुटानकी मुमा बडामहारानी ग्यालुम दोर्जी वाङ्मो वाङचुकले खोटाङको त्रि–धार्मिकस्थलको दर्शन गरेकी छन्। एक साता लामो नेपाल भ्रमणका क्रममा मुमा बडामहारानी वाङचुकले यहाँस्थित हेलसी महादेव मन्दिरमा पूजापाठ गरेकी हुन्।

पूजा नयाँ ‘मिस पूर्वाञ्चल’

झापा, भद्रपुरकी पूजा श्रेष्ठले ‘नेपाल आइस मिस पूर्वाञ्चल २०१८’ को उपाधि जितेकी छिन्। धरान–१५ स्थित इजी राइडर्समा भएको फिनालेमा उनले १३ प्रतिष्पर्धीलाई पछि पार्दै शीर्ष उपाधि जितेकी हुन्।

अाज नेपाल संवत् ११३९ र म्हः पूजा

नेपाल संवत् ११३९ आज देशभर विविध कार्यक्रम गरी मनाइँदैछ। यस संवत्लाई हाल नेवार समुदायले नयाँ वर्षका रुपमा मनाउने गरेका छन्।

धनधान्यकी देवी लक्ष्मीको पूजाआराधना गरी आज लक्ष्मीपूजा मनाइँदै

यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज साँझ ऐश्वर्य, धनधान्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजाआराधना गरी श्रद्धा भक्तिपूर्वक लक्ष्मीपूजा मनाइँदैछ।

अपराध अनुसन्धानमा कुकुरको प्रयोग भएको ५० वर्ष पुग्यो (फोटो फिचर)

नेपाल प्रहरीले अपराध अनुसन्धानका लागि कुकुरको प्रयोग गरेको ५० वर्ष पुगेको अवसरमा विशेष कार्यक्रम गरेर कुकुर पूजा गरेको छ।

गाईपूजाको मनोविज्ञान

हिन्दूहरूको दोस्रो ठूलो चाड तिहारको तेस्रो दिन गाईको पूजा गरेर गाईतिहार मनाउने चलन छ । मानव जीवनका लागि गाईको ठूलो महत्व भएका कारण नै वैदिक ऋषिमुनिहरूले (वैज्ञानिक) यस पर्व आविष्कार गरेका हुन्।

राष्ट्रपतिद्वारा पलाञ्चोक भगवती दर्शन

राष्ट्रपति विद्यादेवी भण्डारीले बडादशैंको अवसरमा महाअष्टमीका दिन आज बिहान पलाञ्चोक भगवती मन्दिरमा पूजाअर्चना गरेकी छिन्। काभ्रेपलाञ्चोक पाँचखाल नगरपालिका–९ पलाञ्चोकस्थित भगवती मन्दिरमा उनले जेठी छोरी उषाकिरण भण्डारीकासाथ करिब १५ मिनेट पूजाअर्चना गरेकी हुन्।

आज नवरात्रको पाँचौं दिन, स्कन्दमाताको पूजा गरिँदै

नवरात्रको पाँचौ दिन आज भगवती दुर्गाको पाँचौ रुप स्कन्दमाताको पूजाआराधना गरिँदै छ।

पूजालाई एभरेस्ट स्कुलको सहयोग

एभरेस्ट इङ्लिस स्कुल भक्तपुरका विद्यार्थीले म्याग्दीस्थित जामुनाखर्क माविको कक्षा ६ मा अध्ययनरत छात्रा पूजा खत्रीको पढाइका लागि ३५ हजार रुपैयाँ सहयोग गरेका छन्।

आज विश्वकर्मा पूजा र वास्तु दिवस

कन्या अर्थात् आश्विन सङ्क्रान्तिका दिन आज कालीगढले विश्वकर्माको पूजाआजा गरी विश्वकर्मा दिवस मनाउँदैछन्।

पूजालाई ११ लाख सहयोग

प्रधानाध्यापकलाई चरम गरिबीका कारण आफू विद्यालय आउन नसक्ने पत्र लेखेकी बेनी नगरपालिका–६, फोओठेकी १२ वर्षीया पूजा खत्रीको नाममा गरिमा विकास बैंक बेनी शाखामा खोलिएको खातामा बुधबारसम्म ११ लाख १३ हजार आर्थिक सहयोग जुटेको छ

आज श्रीकृष्ण जन्माष्टमी : भगवान श्रीकृष्णको पूजा–आराधना गरी मनाइँदै

भाद्र कृष्ण अष्टमीका दिन मनाइने ‘श्रीकृष्ण जन्माष्टमी’ आज देशभरी भगवान् श्रीकृष्णको पूजा–आराधना गरी श्रद्धा–भक्तिपूर्वक मनाइँदैछ।

मार्मिक पत्र लेखेकी बालिकालाई सहयोगको ओइरो

चरम गरिबीका कारण आफू विद्यालयमा नियमित आउन नसक्ने पत्र प्रधानाध्यापकलाई लेखेकी म्याग्दीकी एक बालिकालाई सहयोगको ओइरो लागेको छ।

गोरखा पुगेर पारस शाहले गरे कुलदेवताको पूजा

पूर्व युवराज पारस शाह बुधबार बिहान गोरखा पुगेर शाह बंसका कुलदेवता गोरखकालीको पूजा गरेका छन्। त्यस पछि उनले गोरखा संग्राहालयको अवलोकन गरे।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्