७ आश्विन २०८१ सोमबार
image/svg+xml
समाज

आज नवरात्रको पाँचौं दिन, स्कन्दमाताको पूजा गरिँदै

काठमाडौं – नवरात्रको पाँचौ दिन आज भगवती दुर्गाको पाँचौ रुप स्कन्दमाताको पूजाआराधना गरिँदै छ।

स्कन्दन कुमारकी माता भएकीले यिनको नाम स्कन्दन माता भएको पुराणमा उल्लेख छ। गोरो वर्ण भएकी चार हात भएकी यिनको काखमा छ मुख भएका स्कन्द कुमार छन्। स्कन्द माताको यो रुपलाई मातृरुप मानिन्छ।

स्कन्दमाताको वाहन सिंह हो। उनलाई भगवान शिवकी पत्नीका रुपमा लिइन्छ। कमलको आसनमा बसेकी हुनाले उनलाई पद्मासना देवी पनि भनिन्छ ।

हिन्दूहरुकी देवी शक्तिरुपा नवदुर्गाका नौवटा स्वरुप छन्। जसलाई नवरात्रभर हरेक दिन फरक–फरक स्वरुपमा पूजा आराधना गरिन्छ।

प्रकाशित: २८ आश्विन २०७५ ०३:२८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App