८ आश्विन २०८१ मंगलबार
image/svg+xml
समाज

मुलुकभरि श्रीपञ्चमी मनाइँदै, विद्यालयमा सरस्वती पूजा

काठमाडौं - आज सरस्वती पूजा अर्थात् श्रीपञ्चमी। माघ शुक्ल पञ्चमीका दिन विद्याकी देवी सरस्वतीको पूजा आराधना गरी यो पर्व मनाउने गरिन्छ। वसन्त पञ्चमीका दिन सरस्वतीको पूजा गरे विद्या, बुद्धि बढ्ने विश्वास सहित सरस्वतीको विशेष पुजाआराधना गरिन्छ।  आजको दिनमा ज्ञानका पारखीहरु सरस्वतीको उपासनामा व्यस्त बनेका छन। खासगरी बिद्यालयहरुमा सरस्वती पूजा धुमधामसंग मनाइदैछ।

विद्यालय नपठाइएका साना बालबालिकालाई आजकै दिनदेखि अक्षरारम्भ गराउने चलन छ। आजका दिन लेखपढ गर्न सिकाए राम्रो विद्या आउने जनविश्वास छ। चन्द्रमाजस्तो गोरो वर्ण भएकी तथा हातमा वीणा र पुस्तक लिएकी विद्याकी देवी सरस्वतीलाई भक्तजनले भारती, शारदा, हंसवाहिनी, जगन्माता, वागीश्वरी, कौमारी, वरदायिनी, बुद्धिधात्री, ब्रह्मचारिणी, चन्द्रघण्टा र भुवनेश्वरीजस्ता नामले पुकार्छन्।

बिद्याकी देवी सरस्वतीको जन्मदिनको उपलक्ष्यमा सरस्वती पूजा गरिदै आएको धार्मिक बिश्वास रही आएको छ। ब्रम्हाले संसार सृष्टि गरेपछि त्यसमा बाणी भर्ने कामको लागि सरस्वतीलाई जन्म दिएको पण्डितहरु बताउछन। आजको दिनबाट नै बसन्त ऋतु आरम्भ हुने हुँदा आजको दिनलाई बसन्त पंचमी पनि भन्दछन्। केटाकेटीलाई आजको दिन अक्षराम्भ गराउनु शुभ रहने बिश्वास गरिन्छ।  

प्रकाशित: २७ माघ २०७५ ०५:१५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App