२० वैशाख २०८१ बिहीबार
image/svg+xml

कवाडमा पनि बिकेनन् अर्बौंका चिनियाँ जहाज

नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) ले दोस्रो पटक लिलामका लागि राखेका पाँच चिनियाँ जहाज सकार्न कुनै पनि प्रस्ताव नपरेपछि मंगलबार पुनः ग्लोबल टेन्डर आह्वान गरिएको छ।

चिनियाँ जहाज लिलामबारे के भन्छन् सांसदहरु ?

उनीहरूले नेपाल एयरलाइन्सले चिनियाँ जहाज तीन वर्षदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ग्राउण्डेड गरेर कौडीको भरमा बेच्न लागेको भन्दै रोक्नुपर्ने धारणा राखे।

चिनियाँ जहाज लिलामी नगर्न सांसदहरुको माग

बिहीवार प्रतिनिधि सभाको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा बोल्दै अधिकांश सांसदहरुले नेपाल एयरलाइन्सले आज नै दुई वटा एमए–६० र तीन वटा वाई–१२ ई जहाज बेच्न लागेको जानकारी आएको भन्दै लिलामी रोक्नुपर्ने बताए।

चिनियाँ जहाजमा समितिको चासो

प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिले थन्काइएका चिनियाँ जहाजबारे चासो देखाएको छ।

चिनियाँ जहाजबारे सम्पूर्ण विवरणसहित समितिमा उपस्थित हुन सरकारलाई निर्देशन

प्रतिनिधि सभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिले चिनियाँ जहाजबारे सम्पूर्ण विवरणसहित समितिमा उपस्थित हुन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई निर्देशन दिएको छ।

पोखरामा चिनियाँ जहाज अवतरण

औपचारिक रूपमा सञ्चालनमा आएको ६ महिनापछि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलोपटक अन्तर्राष्ट्रिय गन्तव्यबाट आएको जहाज अवतरण गरेको छ। चीनको छेन्दुबाट आएको सिचुआन एयरलाइन्सको जहाज बुधबार बिहान पोखरा अवतरण गरेको हो।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा चिनियाँ जहाज अवतरण (तस्बिरहरू)

व्यावसायिकरूपमा सञ्चालनमा आएको छ महिनापछि कास्कीको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा आज पहिलो अन्तर्राष्ट्रिय उडानकाे अवतरण भएको छ।

चिनियाँ जहाज नउडाएरै घाटा

नेपाल वायुसेवा निगमले चीनसँग खरिद गरेका चिनियाँ जहाज अधिकांश समय नउडाएरै घाटामा गएको देखिएको छ। एभिएसन इन्डस्ट्रिज कर्पोरेसन चाइनासँग पौने चार अर्ब रुपैयाँमा खरिद गरिएका चारवटा विमान अधिकांश समय जमिनमै रहेको देखिएको छ। यी जहाज २०७१, २०७३ र २०७४ मा खरिद गरिएको हो।

२ अर्ब घाटा खाएर चिनियाँ जहाजकाे उडान बन्द

अनुदानको लोभले जस्तो पायो उस्तै वस्तु खरिद गर्दा परिणाम खराब निस्कन्छ भन्ने पछिल्लो उदाहरण नेपाल वायुसेवा निगमका चिनियाँ जहाज बनेका छन्। चीन सरकारले ४ वटा जहाज खरिद गरेमा दुइटा अनुदानमा दिने भनेपछि खरिद गरिएका जहाज निगमले अन्ततः २ अर्ब रुपैयाँ घाटा बेहोरेर बिक्री गर्ने निर्णय गरेको छ। निगमले ती जहाजको उडान स्थगन गरी बिक्री प्रक्रियामा जाने निर्णय लिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्