८ आश्विन २०८१ मंगलबार
image/svg+xml

फ्रिक्वेन्सी लिन अब प्रतिस्पर्धा

दूरसञ्चार सेवा प्रदायक कम्पनीहरुले आफूलाई चाहिने फ्रिक्वेन्सी लिन अब प्रतिस्पर्धा गर्नुपर्ने भएको छ।  यसअघि नेपाल दूरसञ्चार प्राधिकरणले तोकेको मूल्यमा फ्रिक्वेन्सी पाउँदै आएका सेवा प्रदायकले अब भने प्रतिस्पर्धाका आधारमा फ्रिक्वेन्सी लिनुपर्नेछ।

खोटो संकलनले उदयपुरको जंगल उजाडिदै, ६३ हजार सल्लाका रुख ताछियो

उदयपुरका विभिन्न सामुदायिक वन उपभोक्ता समूह (सावउस) मा सल्लाको खोटो निकाल्ने क्रम बढेपछि जिल्लाको वन उजाडिने खतरा बढेको छ।

लक्ष्यभन्दा बढी राजश्व संकलन

तनहुँको शुक्लागण्डकी नगरपालिकाले चालू आर्थिक वर्ष ०७५–७६ को ४ महिनामै वार्षिक लक्ष्यभन्दा बढी राजश्व संकलन गरेको छ।

वडा स्तरमै आय संकलन गर्न सफ्टवेयर तालिम

जिल्लाको सदरमुकाम रहेको भेरी नगरपालिकाका सवै वडाहरुमा आन्तरिक आय संकलन प्रकृया प्रभावकारी वनाउन जनप्रतिनिधि र कर्मचारीहरुका लागि ४ दिने  सफ्टवेयर जडान तथा सञ्चालन तालिम सदरमुकाम खलंगामा सुरु भएको छ।

बुढीखोलामा मनोमानी दोहन

मोरङको बुढीगंगा गाउँपालिकाले खोलाको गिटी बालुवा संकलनको ठेक्का लगाउन टेन्डर आह्वान गरेको छ। टेन्डर प्रस्ताव हाल्न अझै केही दिन बाँकी नै छ। तर, स्थानीय जनप्रतिनिधिकै संलग्नतामा बुढीखोलामा गिटी बालुवा उत्खनन भइरहेको छ।

विराटनगर भन्सारद्वारा लक्ष्यभन्दा बढि राजश्व संकलन

विराटनगर भन्सार कार्यालयले आर्थिक वर्ष २०७५÷७६ को पहिलो तीन महिनामा लक्ष्य भन्दा बढि राजश्व संकलन गरेको छ।

नदी सफाइबाट तीन टन फोहर संकलन

नेपालीहरुको महान पर्व विजया दशमीसँगै मनोहरा नदी तथा हनुमन्ते नदी सफाइ अभियानलाई निरन्तरता दिँदै आज तीन टन फोहर संकलन गरिएको छ। काठमाडौँ, भक्तपुर र ललितपुरको संगम स्थलमा शनिवार भएको मनोहरा सफाइ सम्पदा बचाउन महाअभियानको ८४औं हप्ता तथा हनुमन्ते नदी सफाइ अभियानको ३४औं हप्ताको संयुक्त कार्यक्रम सम्पन्न भएको हो।

एक महिनामा एकै वडाबाट २० लाख राजश्व संकलन

जुम्ला तातोपानी गाउँपालिकाको ४ नम्बर वडाले एक महिनामा २० लाख रुपैयाँ राजश्व संकलन गरेको छ।

मिश्रित निर्वाचन प्रणाली अपनाउन र पदाधिकारी मनोनित प्रावधान हटाउन सुझाव

कांग्रेसमा सभापतिलाई बलियो बनाएर लैजाने कि सामूहिक वा मिश्रित प्रणालीबाट जाने भन्ने बिषयमा बहस चलिरहँदा प्रदेश ५ का विभिन्न जिल्लाका नेताले मध्यमार्गी बाटो अपनाउनु पर्नेमा जोड दिएका छन्। विधान संशोधन सुझाव संकलनको प्रदेश ५ को भेलामा सहभागी जिल्ला सभापति, महाधिवेशन तथा महासमिति सदस्य र भातृ, भगिनी संस्थाका सभापतिहरुले सभापतीय तथा एकल संक्रमणीय निर्वाचन पद्धति तथा सामूहिक नेतृत्व पद्धतिमध्ये मिश्रित प्रणालीलाई अवलम्बन गर्दै पार्टीलाई कार्यकर्ता केन्द्रित गराउनुपर्ने सुझाव दिएका हुन्।

रसुवागढी भन्सारमा सोमबारदेखि राजश्व संकलन सुरु हुने

रसुवागढी भन्सार कार्यालयमा सोमबारदेखि राजश्व सङ्कलन हुने भएको छ। बाढीपहिरोको कारण एक महिना ठप्प भएको नाकामा सवारी सञ्चालन सुरु भएको भएपनि व्यापारी आउने क्रम भर्खरै सुरु भएकाले राजश्व उठाउने कार्य ढिला भएको हो।

सात सर्तमा संशोधन परेन

सूचना संकलनमा कडाइ गर्दै प्रतिनिधिसभामा सरकारले दर्ता गराएको वैयक्तिक सूचनाको गोपनीयतासम्बन्धी विधेयकमा सांसदहरूको पनि समर्थन देखिएको छ ।

रसुवागढी भन्सारको काम प्रभावित, लक्ष्य ५० करोड, संकलन २६ करोड

चीनसँगको अन्तर्राष्ट्रिय व्यापारिक नाका रसुवागढीमा १९ दिनदेखि सवारी सञ्चालन हुन सकेको छैन्।  जिल्लाको गोसाइँकुण्ड गाउँपालिका–२ घट्टेखोलामा बाढीले क्षति पुर्याएको पुल मर्मत हुन नसक्दा सवारी साधन सञ्चालन नभएको हो।

निर्देशिका विपरित खोटो संकलनले सल्लेरी वन सुक्दै

डडेल्धुराका सल्लेरी वनमा निर्देशिका विपरित खोटो संकलन भइरहेको छ। सामुदायिक वनका पदाधिकारी,  खोटो संकलन गर्ने कम्पनी र वनकर्मीको मिलेमतोमा निर्देशिका विपरित खोटो संकलन भइरहेको हो।

राहदानीबाट ११ लाख राजस्व संकलन

एक वर्ष अघिदेखि वैदेशिक रोजगारीको लागि विदेश जान चाहनेका लागि राहदानी दिने अनुमति पाएको उदयपुरको इलाका प्रशासन कार्यालय कटारीले एक वर्षभित्र राहदानी शुल्कबाट ११ लाख ५० हजार राजश्व संकलन गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्