७ जेष्ठ २०८१ सोमबार
image/svg+xml

नेपाल-भारत परियोजनाको समीक्षा

नेपाल-भारत निरीक्षण संयन्त्रको तेस्रो बैठक बुधबार राजधानीमा सम्पन्न भएको छ। संयन्त्रमा नेपालतर्फको नेतृत्व परराष्ट्र सचिव शंकरदास बैरागी र भारततर्फको नेतृत्व भारतीय राजदूत सन्जिभसिंह पुरीले गरेका थिए।  बैठकमा नेपाल र भारतको सहयोगमा सञ्चालनमा रहेका आर्थिक तथा विकास परियोजनाको समीक्षा गरिएको थियो।

नेपाल-भारत सीमाबारे रिट

नेपाल–भारत खुला सीमाका कारण नेपालीले समय–समयमा समस्या झेल्नुपरेको भन्दै सरकारविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता भएको छ।

नेपाल-भारत सम्बन्ध सुधार्न बहस

उपप्रधान एंव गृहमन्त्री विमलेन्द्र निधिले नेपाल र भारतबीचको सम्बन्ध सरकार–सरकार र जनता–जनताबीच एकैनास नरहेको टिप्पणी गरेका छन्। दुई देशबीचको परस्पर सम्बन्धलाई गतिशील बनाउन सरकारीस्तरमा मात्रै केन्द्रित गरेर नहुने उनले बताए।

नेपाल-भारतका साझा कुरा

'ग्रेटर नेपाल'को मुद्दाले नेपाल–भारत सम्बन्धमा केही मात्रामा 'बार्गेनिङ' बुँदाको काम त गर्ला, तर यस्ता असम्भव लक्ष्य बोकेका अभियानले साझा र विशाल सांस्कृतिक एकताको बाटोमा अप्ठेरा र अनावश्यक सतर्कताको नीति बढाएको देखिन्छ।

नेपाल-भारतबीच प्रसारण लाइनबारे छलफल

अन्तरदेशीय प्रसारणलाइन निर्माण, विद्युत व्यापार, यसअघि भएका सम्झौता र तिनको कार्यन्वयनमा भएको प्रगति लगायत विषयमा सोमबार नेपाल–भारत सहसचिवस्तरीय संयुक्त कार्य समूह (जेडब्ल्युजी) बैठकमा छलफल भएको छ।

नेपाल-भारतको ऊर्जासचिव बैठक

फागुन पहिलो साता काठमाडौंमा आयोजना हुन लागेको नेपाल र भारतका ऊर्जा सचिवको संयुक्त बैठकमा प्रसारण लाइनको निर्माण तथा सञ्चालन नै प्रमुख एजेन्डाका हुने भएको छ।

नेपाल-भारत सम्बन्ध मजबुद बनाउने काम चुनाैतीपूर्ण: राजदूत राय

नेपालका लागि भारतीय राजदूत रञ्जित रायले नेपाल-भारत सम्बन्धलाई थप मजबुद बनाउने भन्ने विषयमा चुनौती रहेको बताएका छन्। उनले त्यसतर्फ दुवै पक्षले सोच्नुपर्ने पनि बताए। द्विपक्षीय सम्बन्धमा समय समयमा केही समस्याहरु पैदा हुनु स्वभाविक भएको उल्लेख गर्दै राजदूत रायले भने,‘हामीवीचको सम्बन्धमा केही समस्याहरु आउँछन्, हामीवीच यति निकट सम्बन्ध छ, प्रगाढ सम्बन्ध छ, तर अब हाम्रो सम्बन्धलाई विकासको ट्रेण्डमा अघि बढाउनुपर्छ।’

नेपाल-भारत सम्बन्धको सिलसिला

प्रधान मन्त्री पुष्पकमल दाहाल मित्रराष्ट्र भारतको चार दिने भ्रमण पूरा गरी आइतबार स्वदेश फर्कंदैछन्। भ्रमणको दोस्रो दिनमै भारतीय समकक्षी नरेन्द्र मोदीलगायतसँग भेटघाट सम्पन्न गरेका छन्। भेटघाट तथा विभिन्न चरणका छलफलको निचोडका रूपमा २५ बुँदे संयुक्त विज्ञप्तिसमेत जारी भइसकेको छ।

नेपाल-भारत सीमा क्षेत्रबाट हतियारसहित चारजना पक्राउ

रौतहट–रौतहटमा सशस्त्र प्रहरीले हतियार सहित चारजनालाई पक्राउ गरेको छ। उनीहरुबाट दुई थान पेस्तोल वरामद भएको छ। रौतहट रामपुरखापका समेन्द्र पटेल, राकेश सिं, राकेश पटेल र कमलेश पटेलाई पक्राउ गरिएको हो।

भलिबलमा नेपाल-भारत भिड्दै

नेपाल र भारतको महिला भलिबल टोलीले पाँच महिनापछि बिहीबार त्रिपुरेश्वरस्थित कभर्डहलमा पुनः एकअर्काविरुद्ध खेल्दैछन्। विश्व भलिबलमा आफ्नो प्रभाव विस्तार गरिरहेको टोली हो भारत। भारतले अहिलेसम्म दक्षिण एसियाली खेलकुद(साग) मा तीनपटक महिला भलिबल समावेश हुँदा सबैमा स्वर्ण पदक जितेको छ। दक्षिण एसियाको शीर्ष टोली भारत विश्व वरीयतामा ५७औं स्थानमा छ भने नेपाल वरीयताविहीन छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्